मुख्य समाचार
आर्सनललाई जोगाउने डेबिड रायाको उत्कृष्ट बचाउ
आर्सनललाई जोगाउने डेबिड रायाको उत्कृष्ट बचाउ

। लण्डन क्लब आर्सनलले गएराति प्रिमियर लिगमा एस्टन भिल्लालाई २-० ले पराजित गर्दै लगातार दोस्रो जित निकाल्यो । भिल्लापार्कमा भएको खेलमा लियोन्ड्रो ट्रोसार्ड र थोमस पार्टेले दोस्रो हाफमा गरेको गोलमा आर्सनलले ३ अंक जोड्न सफल भयो ।

पछिल्लो दुई सिजन च्याम्पियन म्यानचेष्टर सिटीभन्दा पछि रहँदै उपाधिबाट बन्चित भएको आर्सनलले नयाँ सिजनको सुरुवातमै महत्वपूर्ण जित हासिल गरेको हो । गतसिजनमा उपाधि होडमा रहँदा दुवै खेलमा एस्टल भिल्लासँग पराजित भएकाले पनि आर्सनलका लागि यो जित महत्वपूर्ण बनेको हो ।

डिसेम्बरमा भिल्ला पार्कमा भएको खेलमा आर्सनल एस्टन भिल्लासँग पराजित भएको थियो । यस्तै मध्य अप्रिलमा घरेलु मैदान एमिरेट्स स्टेडियममै भएको खेलमा एस्टन भिल्लासँग २-० ले पराजित भएपछि आर्सनलको गत सिजन उपाधि जित्ने सम्भावना सकिएको थियो ।

यस पटक सिजनको पहिलो खेलमा आर्सनलले एस्टन भिल्ला विरुद्ध अवे मैदानमै २-० को जित निकाल्यो । यसमा आर्सनलले संयमित भएर खेल्यो । जसमा भाग्य र चमक क्षणको मिश्रण पनि थियो ।



सबैभन्दा सम्झनलायक क्षण भनेको आर्सनलका गोलकिपर डेभिड रायले एस्टन भिल्लाका फरवार्ड ओली वाटकिन्सको प्रहारलाई उत्कृष्ट बचाउ गरे । जतिबेर खेल गोलरहित बराबरीमा चलिरहेको थियो । त्यो नै खेलको निर्णायक क्षण साबित भयो ।

इंग्ल्याण्डका अन्तरिम म्यानेजर लि कार्सलेको अगाडि वाट्किन्सले गोल गर्ने केही अवसर गुमाए । उनले पहिलो हाफमा गोल गर्ने राम्रो अवसर गुमाएका थिए । ५४औं मिनेटमा उनले गोलका लागि आफ्नो पालो आएका सोचेका थिए ।

एस्टन भिलल्का अमादोउ ओनानाको प्रहार आर्सनलका गाब्रिएललाई लाग्दै बारमा लागेर पर्केपछि वाटकिन्सले डाइभिङ हेड हानेका थिए । तर आर्सनलका किपर रायले डाइभ हान्दै उत्कृष्ट बचाउ गरे ।

रायले छिटो निर्णय लिँदै एक हातले उत्कृष्ट बचाउ गरे । खेलपछि रायले भने, ‘सबै हिरो हो किनकी हामीले सँगै काम गरेका छौँ । बल सेभ मैले मात्र गरेको होइन । गोलरहित बराबरीका लागि त्यो खेलको महत्वपूर्ण क्षण थियो । उनीहरुलाई अवसर थियो र म त्यहाँ थिएँ ।’

उनले वाटकिन्स त्यहाँ आइरहेको देखेर चाँडै निर्णय लिइहालेको बताए । यस्तो अवस्थामा वाटकिन्सले गोल गर्नुपर्ने थिए । तर रायको उत्कृष्ट बचाउको अघि उनको केही लागेन ।

त्यसमा खेलले अर्को मोड लियो । आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले खेलाडी परिवर्तन गरेपछि गोल पनि निस्कियो । उनले ६५औं मिनेटमा गाब्रीएल मार्टिनेलीको स्थानमा लियोन्ड्रो ट्रोसार्डलाई मैदान पठाएका थिए । ट्रोसार्डले त्यसको दुई मिनेटपछि नै गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

त्यसको दश मिनेटपछि अर्थात् ७७औं मिनेटमा थोमस पार्टेले बुकायो साकाको पासमा आर्सनलका लागि दोस्रो गोल गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम