मुख्य समाचार
भदौ १४ गतेदेखि १६ गतेसम्म काठमाडौंमा ‘थाई फिल्म फेस्टिभल
भदौ १४ गतेदेखि १६ गतेसम्म काठमाडौंमा ‘थाई फिल्म फेस्टिभल

। भदौ १४ गतेदेखि १६ गतेसम्म काठमाडौंमा ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ को आयोजना हुने भएको छ । नेपालस्थित थाई दूतावासले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी दिएको हो ।

नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ वर्ष पूरा भएको अवसरमा फेस्टिभल आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा थाई राजदूत सुवापोंग सिरिसोनेले बताए ।

क्यूएफएक्सको छाया हलमा आयोजना हुने फेस्टिभलमा कुल ६ फिल्म देखाइने भएको छ । फेस्टिभलको ओपनिङ फिल्मको रुपमा समकालीन थाई समाजको वास्तविक कथामा आधारित फिल्म ‘हाउ टु मेक मिलियन्स बिफोर ग्राण्ड्मा डाइज’ छ ।

व्यावसायिक सेफ बन्ने सपना बोकेकी २६ वर्षीया महिलाको संघर्षमा आधारित फिल्म ‘प्याड थाई द मुभी’, गे पुरुषको रोमान्समा आधारित फिल्म ‘टुगेदर द मुभी’, अन्य फिल्महरु ‘अन्डरटेकर’, ‘ड्रिम अ लिटल ड्रिम’, ‘ब्रोकन सोर्ड हिरो’ छन् ।
यी फिल्म नेपाली दर्शकलाई समेत रुचिकर हुने आशा राजदूत सिरिसोनेले व्यक्त गरे । ‘लामो समयदेखिको नेपाल र थाइल्याण्डबीचको मित्रतालाई मनाउन र फिल्मको विश्वव्यापी भाषा मार्फत नेपाली जनतालाई जोड्न थाई दूतावासले नेपालमा फेस्टिभल गर्न लागेको हो,’ राजदूतले भने ।

फेस्टिभलमा देखाइन लागिएका फिल्ममा ड्रामा, कमेडी, रोमान्स, हरर र थाइल्याण्डको मार्सल आर्ट्समा आधारित मुवय थाईका फिल्म छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ स्टार लिसा अहिले अभिनयमा केन्द्रित छिन् । आफ्नो देश थाइल्यान्डमा छायांकन गरिएको ‘द ह्वाइट लोटस’ सिजन ३ बाट अभिनयमा डेब्यू गरेकी उनको अभिनय रुचि यत्तिकैमा सीमित छैन । पपस्टार अभिनयमा फर्किँदैछन्, त्यो पनि पहिलोभन्दा ठूलो क्यानभासमा । डिसेम्बर ५ मा ‘टाइगो’ नामक कोरियाली फिल्ममा उनले अभिनय गर्ने हल्ला चलेको थियो । कोरियाली मिडियाले ...
। हलिउड स्टार लियोनार्दो डिक्याप्रियोलाई प्रतिष्ठित टाइम म्यागजिनले ‘इन्टरटेनर अफ द इयर २०२५’ को रुपमा घोषणा गरेको छ । विश्वचर्चित म्यागजिनले निर्देशक पल थोमस एन्डरसनको ब्ल्याक कमेडी फिल्म “वन ब्याटल आफ्टर अनदर’ मा उनको अभिनयको लागि डिक्याप्रियोलाई सम्मान गरेको हो । फिल्ममा, डिक्याप्रियोले एक पूर्वक्रान्तिकारीलाई आफ्नी छोरीसँग निरन्तर पागलपनसहित बाँचिरहेको पात्रको रुपमा चित्रण गरेका छन्, जबसम्म १६ ...
। रणवीर सिंह स्टारर बलिउड फिल्म ‘धुरन्धर’ ले अहिले भारतसहित अन्तर्राष्ट्रिय बजारमा पनि उछाल कमाइ गरिरहेको छ । नेपाली बक्सअफिसमा पनि यसको कमाइ उत्साहजनक देखिन्छ । भारतीय बक्सअफिसमा यसले छैटौं दिनसम्म १८८.६० करोड भारु कमाएको छ । यस सप्ताहन्तमा फिल्मले २०० करोड भारुको आँकडा पार गर्दै आफूलाई ब्लकबस्टरको रुपमा उभ्याउने निश्चित छ । शुक्रबार २८.६० करोड भारुको ...
। पपस्टार टेलर स्विफ्ट सन् २०२५ मा मनोरञ्जन तथा मिडिया क्षेत्रमा विश्वकै सबैभन्दा शक्तिशाली महिला घोषित भएकी छिन् । फोर्ब्स म्यागजिनले विहिबार यसवर्षको शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको छ । स्विफ्ट सूचीको २१ औं स्थानमा छिन् । मनोरञ्जन विधातर्फ उनी पहिलो स्थानमा हुँदा टेलिभिजन पर्सनालिटी तथा सामाजिक अभियन्ता ओफ्रा विन्फ्रे सूचीको दोस्रो स्थानमा छिन् । पपस्टार ...
। आउँदो शनिबार हुने ‘पोखरा विन्टर फेस्ट’मा चर्चित भारतीय गायक सञ्जु राठोडले प्रस्तुति दिने भएका छन् । लेकसाइडको खहरेस्थित क्लब क्याटवाकमा उक्त फेष्ट हुन लागेको हो । राठोडका गीतहरू गुलाबी सारी, सुन्दारी, गल्ती से मिस्टेक, चाल सिके सिके जस्ता गीत हिट छन् । उनी केही महिनाअघि पोखरा घुम्न आएका थिए । पोखरा मन परेका कारण सांगीतिक प्रस्तुति ...