मुख्य समाचार
भदौ १४ गतेदेखि १६ गतेसम्म काठमाडौंमा ‘थाई फिल्म फेस्टिभल
भदौ १४ गतेदेखि १६ गतेसम्म काठमाडौंमा ‘थाई फिल्म फेस्टिभल

। भदौ १४ गतेदेखि १६ गतेसम्म काठमाडौंमा ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ को आयोजना हुने भएको छ । नेपालस्थित थाई दूतावासले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी दिएको हो ।

नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ वर्ष पूरा भएको अवसरमा फेस्टिभल आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा थाई राजदूत सुवापोंग सिरिसोनेले बताए ।

क्यूएफएक्सको छाया हलमा आयोजना हुने फेस्टिभलमा कुल ६ फिल्म देखाइने भएको छ । फेस्टिभलको ओपनिङ फिल्मको रुपमा समकालीन थाई समाजको वास्तविक कथामा आधारित फिल्म ‘हाउ टु मेक मिलियन्स बिफोर ग्राण्ड्मा डाइज’ छ ।

व्यावसायिक सेफ बन्ने सपना बोकेकी २६ वर्षीया महिलाको संघर्षमा आधारित फिल्म ‘प्याड थाई द मुभी’, गे पुरुषको रोमान्समा आधारित फिल्म ‘टुगेदर द मुभी’, अन्य फिल्महरु ‘अन्डरटेकर’, ‘ड्रिम अ लिटल ड्रिम’, ‘ब्रोकन सोर्ड हिरो’ छन् ।
यी फिल्म नेपाली दर्शकलाई समेत रुचिकर हुने आशा राजदूत सिरिसोनेले व्यक्त गरे । ‘लामो समयदेखिको नेपाल र थाइल्याण्डबीचको मित्रतालाई मनाउन र फिल्मको विश्वव्यापी भाषा मार्फत नेपाली जनतालाई जोड्न थाई दूतावासले नेपालमा फेस्टिभल गर्न लागेको हो,’ राजदूतले भने ।

फेस्टिभलमा देखाइन लागिएका फिल्ममा ड्रामा, कमेडी, रोमान्स, हरर र थाइल्याण्डको मार्सल आर्ट्समा आधारित मुवय थाईका फिल्म छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । आजपाको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, निशुल्क स्वास्थ्य र शिक्षा लगाएतका बिषयलाई समावेश गरिएको छ । घोषणापत्र ...
। दिल्ली हाई कोर्टले बिहीबार अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । ‘चेक बाउन्स’ मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीश स्वर्णकान्ता शर्माको एक इजलासमा सुनुवाइ भैरहेको थियो । इजलासले अभिनेता पक्षका वकिलको अनुरोधमा जमानत निवेदनमाथिको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको हो । प्रतिवादीलाई नोटिससमेत जारी गरिएको छ । अदालतले त्यसपछि मुद्दाको सुनुवाइ सोमबारसम्मका ...
— राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कले समेत सधैं सम्झिरहने वरिष्ठ अभिनेता सुनिल थापाको योगदान भावीपुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताएका छन् । वरिष्ठ अभिनेता सुनिल थापाको निधनले आफू दुःखी भएको बताउँदै राष्ट्रपति पौडेलले सचिवालयमार्फत समवेदना सन्देश थापाको परिवालाई पठाएका हुन् । 'अभिनय, मोडलिङ, खेलकुद र चलचित्र क्षेत्रमा योगदान दिनुभएका थापा लाखौं ...
। ९ करोड भारुको ऋण र चेक बाउन्सको मुद्दामा तिहाड जेल जानु अघि राजपाल यादवले आफ्नो कुरा राखेका थिए । उनले आफू आर्थिक संकटमा परेको र मद्दत माग्न जाने ठाउँ समेत नभएको बताएका थिए । यस्तो अप्ठ्यारो समयमा अभिनेता सोनू सूद उनको सहारा बनेका छन् । सोनूले राजपाललाई एउटा फिल्मको प्रस्ताव दिने जनाउँदै तुरुन्तै केही ‘साइनिङ ...
। पपस्टार ब्रिट्नी स्पीयर्सले आफ्नो सम्पूर्ण संगीत सूची (क्याटलग) का अधिकार बिक्री गरेकी छन् । ४४ वर्षीया गायिकाले ३० डिसेम्बरमा स्वतन्त्र संगीत प्रकाशक कम्पनी ‘प्राइमरी वेभ’ लाई करिब २० करोड अमेरिकी डलरमा अधिकार बेचेको बताइएको छ । लामो समयसम्म ‘कन्जरभेटरशिप’ को व्यवस्थामा रहेकी स्पीयर्सको व्यक्तिगत र पेशागत जीवन त्यसबाट प्रभावित भएको थियो । उनी बेबी वान ...