मुख्य समाचार
पत्नीलाई परपुरुषसँग रंगेहात पक्रिंदा श्रीमानलाई उल्टै जेल सजाय
पत्नीलाई परपुरुषसँग रंगेहात पक्रिंदा श्रीमानलाई उल्टै जेल सजाय

आफ्नी धोकेबाज पत्नीलाई विवाहेत्तर सम्बन्धमा रंगेहात पक्रिएबापत एकजना ताइबानी पुरुषलाई उल्टै जेल सजाय भएको छ ।

ती व्यक्तिले आफ्नी पत्नी परपुरुषसँगको अवैध सम्बन्धमा रहेको बेला रंगेहात समाएका थिए । तर, अदालतले भने घरमा गोप्य क्यामेरा जडान गरेर पत्नीको गोपनीयता हनन् गरेको भन्दै उल्टै ती पुरुषलाई ३ महिनाको जेल सजाय सुनाएको हो ।

फान नामक ती व्यक्तिको धेरै वर्षअघि बिहे भएको थियो र सो दम्पतीका २ वटा सन्तान छन् । तर, उनलाई केही महिनाअघिदेखि नै आफ्नी पत्नीको परपुरुषसँग अनैतिक सम्बन्ध रहेको शंका लाग्यो । त्यसपछि उनले पत्नीको कर्तुतको पर्दाफास गर्नका लागि घरको बैठक कोठामा राखिने पियानोमा गोप्य ढंगले निगरानी क्यामेरा जडान गरे । त्यस्तै बेडरुममा रहेको कम्प्युटरसँगै पनि उनले अर्को क्यामेरा जडान गरे । त्यसरी क्यामेरा जडान गरेको दुई हप्तामै उनकी पत्नी एकजना अपरिचित पुरुषसँग बेडरुममै अन्तरंग क्रियाकलापमा संलग्न भएको दृश्य क्यामेरामा कैद भयो ।

आफ्नी पत्नी अर्कै पुरुषसँग सल्किएको सप्रमाण फेला पारेपछि उनले पत्नीसँग डिभोर्स मागे र सोही भिडियो क्लिपसहित डिभोर्सको मुद्दा हाल्ने निधो गरे ।



त्यसअघि सन् २०२२ को फेब्रुअरीमा उनले पत्नी र उनका वकिललाई सम्बन्ध विच्छेको छलफलका लागि बोलाएका थिए । तर, त्यसमा सहमति जुट्न नसकेपछि उनले पत्नीविरुद्ध आफ्नो सार्वजनिक छवि ध्वस्त बनाएको भन्दै अदालतमा अर्को मुद्दा हाले ।

तर, उनकी पत्नी पनि के कम ? पतिले आफ्नो सहमतिविना घरमा गोप्य क्यामेरा जडान गरेर आफ्नो गोपनीयता हनन् गरेको भन्दै उनले स्थानीय प्रहरी चौकीमा उजुरी दिइन् । साथै उनले सोही अभियोगमा अदालतमा समेत मुद्दा हालिन् ।

अदालतमा ती पुरुषले घरमा छोराछोरीहरूले आमा धेरैबेर बाथरुममा हराउने गरेको भनेपछि त्यही चिन्तालाई दूर गर्नका लागि क्यामेरा जडान गरेको जिकिर गरे । तर, न्यायाधीशले सो कुरा पत्याएनन् ।

अन्ततः गत वर्षको अन्त्यतिर ताओयुआन अदालतले सम्बन्धित व्यक्तिको सहमति तथा वैध कारण विनै अरु व्यक्तिको गोप्य गतिविधिको दृश्य खिचेको भन्दै फानलाई तीन महिनाको जेल सजाय सुनायो ।

उनले माथिल्लो अदालतमा पुनरावेदन गरेको भए पनि अदालतले तल्लो तहको फैसलालाई सदर गरेसँगै ती पुरुष ३ महिना जेल बस्नुपर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४ मा भारत आउने भएका छन्। उनको भ्रमण डिसेम्बर ५ सम्म रहनेछ। उनी प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत आउन लागेका हुन्। दुई नेताहरूबीच विश्वव्यापी मुद्दाहरूमा छलफल हुने जनाइएको छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४-५, २०२५ मा भारतको ...
: श्रीलंकामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको छ। २१ जना बेपत्ता भएको अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यो हालैका वर्षहरूमा देशमा भएको सबैभन्दा गम्भीर मौसम-सम्बन्धित विपत्तिमध्ये एक हो। श्रीलंकाको चिया बगान र बादुल्लामा पहिरोमा परी २१ जनाको मृत्यु भएको विपद् व्यवस्थापन केन्द्र (DMC) ले जनाएको छ। सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा ...
: हङकङको एक आवासीय क्षेत्रमा भएको भीषण आगलागीमा परी कम्तीमा ९४ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्।लगभग ३०० जना बेपत्ता भएको जनाइएको छ। बुधबार ताई पो क्षेत्रका आठमध्ये सात भवनमा आगो फैलिएको थियो। आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सुरक्षा दिन नसकेको भन्दै स्थानीयहरूले आक्रोश पोखेका छन्। आगलागी हुँदा भवनभित्र ...
: बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा आगलागीबाट करिब एक हजार ५०० झुपडी जल्दा हजारौं बासिन्दा घरबारविहीन भएका छन्। तर, आगलागीबाट कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । अग्निशमन सेवा तथा नागरिक सुरक्षा विभागका ड्युटी अफिसर रसिद बिन खालिदका अनुसार आगो लागेको १६ घण्टापछि मात्र पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो। अग्निशमन सेवाका निर्देशक ...
: अमेरिकाको वाशिंगटन डीसीमा गोलीबारी भएको छ। एफबीआई निर्देशक काश पटेलका अनुसार गोलीबारीमा राष्ट्रिय गार्डका दुई सदस्य गम्भीर घाइते भएका छन्। अधिकारीहरूका अनुसार आक्रमणकारीले स्थानीय समय अनुसार बिहान २:१५ बजे राष्ट्रिय गार्डका सदस्यहरूमाथि गोली चलाएका थिए। घटना ह्वाइट हाउस नजिकै भएको थियो। सीबीएस न्यूजका अनुसार संदिग्ध आक्रमणकारी अफगानी नागरिक रहमानउल्लाह लकनवाल हुन्। उनी २०२१ मा अमेरिका ...