मुख्य समाचार
नेपाल नेसनल हस्पिटलको फोहोर व्यवस्थापन अवस्था खराब
नेपाल नेसनल हस्पिटलको फोहोर व्यवस्थापन अवस्था खराब

। कलंकीस्थित नेपाल नेसनल हस्पिटलको फोहोर व्यवस्थापन अवस्था खराब देखिएको छ ।

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सोमबारदेखि सुरु गरेको अनुगमनमा उत्पादित फोहोर व्यवस्थापनमा चरम लापरबाही देखिएको वरिष्ठ शाखा अधिकृत सानुमैया महर्जनले जानकारी दिइन् ।

‘वार्डहरूबाट उत्पादन भएको फोहोर राख्न भवनको पछाडिपट्टि जस्ताले बारेको टहरा छ । टहरामा चार कोठा छन् । तीमध्ये पहिलो कोठामा सिरिन्ज र बोतल छरपष्ट थिए । दोस्रो कोठाको कुनामा कालो प्लास्टिकमा पोको पारेर फोहोरहरू राखिएका थिए,’ महर्जनले भनिन् ।

उनका अनुसार फोहोर छुट्याउन पूर्ण असुरक्षित भएर काम गरिरहेको देखिएको छ । यसअघि फागुन २०८० मा जोखिमपूर्ण फोहोर निर्मलीकरण गरेर व्यवस्थापन गर्छु भनेर अस्पतालले प्रतिबद्धता जनाएको थियो ।

१० चैत २०८० मा महानगरले गरेको अनुगमनमा पनि सुधार नहुँदा अस्पतालले पुनः प्रतिबद्धता दोहोर्‍याएपछि अनुगमन टोलीले सुधारको मौका दिएको थियो । यसपछि १६ चैतमा अस्पतालबाट एक जना व्यवस्थापक र एक जना फोहर व्यवस्थापनका फोकल पर्सनलाई बोलाएर स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन सम्बन्धी एकदिने तालिम महानगरले दिएको थियो ।

अनुगमन क्रममा वातावरण निरीक्षक सृष्टि श्रेष्ठले हस्पिटलले संक्रमित फोहर व्यवस्थापनमा चरम लापरबाही गरेको बताइन् । फोहोर संकलन गर्ने ठाउँ नजिकै हस्पिटलमा पार्किङ स्पेस बनाएको उनले बताइन् ।

अस्पताललाई के कारबाही गर्ने भन्ने महानगरले निर्णय गरिसकेको छैन । गत वर्ष महानगरभित्र ५० अस्पतालको फोहोर व्यवस्थापन अनुगमन भएकोमा व्यवस्थापनको गलत अभ्यास भएका २० को फोहर संकलनमा रोक लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
माननीय मन्त्रीज्यु, मलाई हराउने नाममा देशलाई नहराउनुहोला : मेयर बालेन
। तीन वटा सरकारी अस्पतालबाट मस्तिष्क पक्षाघात (ब्रेनस्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने भएको छ । अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट वर्ल्डवाइड’ को सहजीकरणमा उक्त औषधि उपलब्ध भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रारम्भिक चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमा यी औषधि उपलब्ध ...
व्यवस्थाविरोधी प्रदर्शनप्रति मौन रहने रास्वपाको रणनीति
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट नहटाइए संसद बहिष्कार गर्ने प्रभु साहको चेतावनी
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले शनिबारदेखि सुरु हुन लागेको १८औं संस्करणको इन्डियन प्रीमियर लिग (आईपीएल)का लागि केही नयाँ नियम लागू