मुख्य समाचार
प्रसुति तथा स्त्री रोग अस्पतालबाट पछिल्लो एक वर्षमा २२ हजार ३७९ जनाले सुत्केरी सेवा लिए
प्रसुति तथा स्त्री रोग अस्पतालबाट पछिल्लो एक वर्षमा २२ हजार ३७९ जनाले सुत्केरी सेवा लिए

। थापाथालीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालबाट पछिल्लो एक वर्षमा २२ हजार ३७९ जनाले सुत्केरी सेवा लिएका छन् ।

सोमबार ६५ औं वार्षिक उत्सवको अवसरमा अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले १० हजार भन्दा बढीले शल्यक्रियामार्फत सन्तान जन्माएको जानकारी दिए ।

महिला स्वास्थ्यसम्बन्धी मुलुकको एकमात्र केन्द्रीय विशिष्टीकृत अस्पतालले मातृ शिशु स्वास्थ्यको क्षेत्रमा अमूल्य योगदान दिएको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताए ।

‘प्रसुति सेवाका लागि उक्त अस्पताल भरोसाको केन्द्र बनेको छ । नवजात शिशु तथा मातृ स्वास्थ्यको विषयमा विभिन्न तालिम तथा कार्यक्रमको लागि अस्पताल अहिले प्रमुख केन्द्रको रुपमा स्थापित भएको छ’, डा. अधिकारीले भने ।

कुन–कुन सेवा थपिए ?

हरेक दिन प्रसुति गृह अस्पतालमा ओपिडीमा आउनेको संख्या कम्तीमा ८ सयले सेवा लिन्छन् । अस्पतालको तथ्यांक अनुसार गत वर्ष मात्रै १ लाख ९४ हजार बिरामीहरुलाई यस अस्पतालबाट ओपिडी सेवा लिएको तथ्यांक छ ।

निःसन्तान तथा आईभीएफ सेवा त्यसो त प्रसुतिगृह अस्पतालले विसं २०६८ सालमै निःसन्तानलाई लक्षित गरी आईभीएफ सेवा सुरु गरेको थियो । तर विसं २०७२ सालको भूकम्पपछि स्थगन भएको थियो । सो सेवा आर्थिक वर्ष २०७८ ७९ देखि पुन सञ्चालनमा आएको छ ।

अहिलेसम्म त्यसबाट ५८ जनाले सन्तान जन्माएका निर्देशक डा . अधिकारीले बताए । गत आर्थिक वर्षमा ९ हजार ११ जनाले निःसन्तानसम्बन्धी समस्या भएका सेवाग्राहीहरुले ओपीडीबाट सेवा लिएको र त्यसमध्ये २२२ जना महिलाहरुले आईयूआई सेवा र २० जना निःसन्तान सेवाग्राहीहरुले आईभीएफ सेवा लिएका छन् ।

सेवाग्राहीको सहजताका लागि अस्पतालले अनलाइन टिकट सेवा र डिजिटल भुक्तानीको व्यवस्था गरेको छ । अस्पतालमा सेवाग्राहीको भिडभाडलाई व्यवस्थित गर्नका लागि अस्पतालमा तीनवटा काउन्टर थपिएको छ ।

अनलाइन टिकट काट्ने, बालबालिका, अपांग तथा ज्येष्ठ नागरिकलाई छुट्टै काउन्टरको व्यवस्था गरिएको डा. अधिकारी बताउँछन् । त्यसैगरी अस्पतालले फार्मेसी तथा बिलिङ काउन्टर पनि थप गरेको छ ।

अस्पतालको निःसन्तान दम्पतीका लागि सञ्चालित सेवालाई अझै प्रभावकारी र व्यवस्थित बनाउनका लागि स्वास्थ्य मन्त्रालयले इक्सी मेसिन प्रदान गरेको छ । आगामी दिनमा आईभीएफ सेवालाई थप व्यवस्थित बनाउने योजनामा रहेको डा. अधिकारीले बताए ।

त्यसैगरी, अस्पतालले गत १४ साउनदेखि ओपिडी समय बढाएको छ । बिहान ९ देखि ३ बजेसम्मको जनरल ओपिडी तथा अपरेसन सेवा अहिले ४ बजेसम्म पुर्‍याएको छ ।

गर्भावस्थाको शिशुको मुटुको जाँच ईको सेवा २०८१ जेष्ठ १ देखि नै सञ्चालनमा ल्याएको छ । नवजात शिशुको वंशाणुगत रोगको पहिचान गर्न न्यू बर्न स्क्रिनिङ सेवा २९ साउन देखि सञ्चालनमा ल्याइएको छ ।

यसबाट जन्मपश्चात हुने मानसिक सुस्तता, दीर्घरोग एवं नवजात तथा बाल मृत्युदर घटाउन थप टेवा पुग्ने अपेक्षा गरिएको डा. अधिकारी बताउँछन् ।

बच्चा गर्भमा नै बिकलाङ्ग भए नभएको वा मुटुमा समस्या भए नभएको पत्ता लगाउनका लागि अस्पताल गत जेठ देखि गर्भवतीहरुका लागि मुटुको इको कार्डियोग्राफी सेवा सुरु गरेको छ । डा. अधिकारीका अनुसार यसअघि उक्त सेवाका लागि अन्य निजी अस्पताल जानुपर्ने तथा महंगोमा पर्ने अवस्थाको अन्त्य भएको छ ।

अस्पतालको रक्तसञ्चार सेवालाई अझ गुणस्तरीय बनाउन एन्टीबडी टेष्टसमेत सञ्चालनमा ल्याइएको छ । ब्लड ट्रान्स्फ्यूजन सम्बन्धी हुने जटिलता न्यूनीकरण गर्न मद्दत पुग्ने डा. अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपीडी) सेवामार्फत एक आर्थिक वर्षमा अधिकतम २५ हजारसम्मको मात्र उपचार सुविधा पाउने भएका छन् । बोर्डले ओपीडी खर्चमा बढ्दो वित्तीय भार नियन्त्रण गर्दै बीमा कार्यक्रमलाई दिगो बनाउन उक्त सीमा तोक्ने निर्णय गरेको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बिमित बिरामीलाई ओपीडी सेवामा वार्षिक २५ हजारसम्मको सुविधा उपलब्ध गराइने ...
। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मी जिल्लामा एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ४६५ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माघ २५ गतेदेखि फागुन ४ गतेसम्म जिल्लाका २०७ वटा विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा ...
— भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको छ । मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण विभागले निपाह भाइरसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शंकास्पद बिरामी भेटिए वा पहिचान र परीक्षण गर्न विभागले मापदण्ड तय गरेको बताए । ‘निपाह र सामान्य रुखाखोकीको लक्षण ...
: भारत सरकारले निपाह भाइरसको संक्रमण हालसम्म दुई जनामा मात्र पुष्टि भएको बताएको छ। सञ्चारमाध्यममा गलत तथ्यांकहरू प्रस्तुत गरिएको बारे स्पष्ट पार्दै भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले हालसम्म दुई जनमा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको जनाएको छ। डिसेम्बरदेखि हालसम्म पश्चिम बंगालबाट दुई जनामा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको केन्द्रको भनाइ छ। ती दुई घटना ...
: बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयको यही माघ १४ गतेको निर्णयअनुसार उक्त अस्पताललाई थप ५० शय्याको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति प्रदान हो। सन् १९९९ मा किङ्गह्वी नेपाल स्वास्थ्य केन्द्रका रूपमा स्थापना भई सरकारको मन्त्रिपरिषदको निर्णयानुसार २००९ सेप्टेम्बर १४ मा ५० ...