मुख्य समाचार
साउदीमा १ महिनामा १६ जना नेपालीको मृत्यु
साउदीमा १ महिनामा १६ जना नेपालीको मृत्यु

: वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका नेपालीहरूको मृत्यु हुने संख्या बढ्दो देखिन्छ। गत साउन महिनामा मात्रै विभिन्न कारणल‍े १६ जना नेपालीको मृत्यु भएको छ।

नेपाली दूतावास स्रोतका अनुसार प्राकृतिक तर्फ ४ जना ,अज्ञाततर्फ ३ जना, सडक दुर्घटनातर्फ ५ जना, कार्य दुर्घटनातर्फ १ जना र आत्महत्यातर्फ ३ जना गरी १६ जनाको मृत्यु भएको हो। साथै नेपाली कामदारको मृत्यु संख्या बढ्दो रहेकाले यसलाई रोक्न खानपिन तथा स्वास्थ्य सुरक्षामा जोड दिन आग्रहसमेत गरेको छ।

साउदीको धेरै प्रक्रिया तथा नियम रहनुको साथै मृतकको इन्स्योरेन्स रकम उपलब्ध गराउने भएकाले शव ल्याउन करिब १ महिना लाग्छ। आत्महत्या केसमा अवस्था हेरी ३ महिनासम्म लाग्ने जानकारी दिए।


दुताबास रियादले प्रयोजनमा ल्याएको खुल्ला सुझाव पेटिकामा साउदीमा कार्यरत नेपालीले आफ्ना समस्या तथा सुझाव राख्नेको संख्या बढेको छ। समस्या तथा सुझावलाई दूतावासले सम्बन्धित कर्मचारी तथा सम्बन्धित निकायसँग छलफल गरी समाधानतर्फ लागी परेको बताए।

साउदीमा हाल ४ लाख नेपाली कार्यरत रहेको अनुमान गरिन्छ। दूतावास रियादले साउदीमा कार्यरत नेपालीले हकहितको लागि दूतावासमा कार्यरत कर्मचारीहरूको कार्य विभाजन अनुसारको सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सामान्य परिवारमा हुर्किएका २३ वर्षीय दिनेश नायक परिवारको आर्थिक अवस्था सुधार्ने उज्यालो भविष्यको सपना बोकेर २०८० असारमा अध्ययन भिसामा रुस उडे। दिनेशका बुबा कर्णसिंह नायकका अनुसार दिनेश २०८० असार ८ गते घरबाट रुसका लागि बिदा भएका थिए। काठमाडौंंको एक साता बसाइपछि रुस उडे। रुस पुगेपछि कलेजमा भर्ना पनि भएका थिए। होस्टेलमा ...
: भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको द न्यूज हिमाचलले उल्लेख गरेको छ। मृतकहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ का रहेको गाउँपालिका अध्यक्ष भरत गिरिले अन्नपूर्ण पोस्टसँग बताए। द न्यूज हिमाचलका ...
— उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ । एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको ...
: संयुक्त अरब इमिरेट्स ‘युएई’स्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेलको जिम्मेवारी खोसिएको छ। युएईमा बस्ने नेपालीहरू तथा श्रमिकहरूले दूतावासमा पठाएको उजुरीको विषयमा श्रम काउन्सिलर पौडेलले काम नै नगरी सिष्टममा पूरा गरिएको बनाएका थिए। परराष्ट मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दीपेन्द्र पौडेललाई फिर्ता बोलाइएको जानकारी दिए। उनी भन्छन्, 'उहाँलाई परराष्ट्र मन्त्रालयको सरुवा निर्देशिका बमोजिम सरुवा ...
— बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेका ...