मुख्य समाचार
अमेरिकाको टेक्ससमा नेपाली विद्यार्थीको गोली हानी हत्या
अमेरिकाको टेक्ससमा नेपाली विद्यार्थीको गोली हानी हत्या

: अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टन सहरको एक कम्युनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या गरिएको छ । हत्याबारे पूर्ण विवरण आउन भने बाँकी छ । प्रहरीले अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

मृतक नेपाली छात्रा मुना पाण्डे अध्ययनका लागि सन्, २०२१ मा अमेरिका आएको बताइएको छ । स्रोतका अनुसार मृतक विद्यार्थी मुना ह्युस्टन सहर नजिकैको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानपश्चात् शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

सोमबार अपराह्न अपार्टमेन्टको कोठाभित्र शव भएको जानकारी प्रहरीलाई दिइएको थियो । एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमका अनुसार मृतकका परिवारलाई घटनाबारे जानकारी दिइसकिएको छ । मृतककी आमा अनिता पाण्डे अधिकारीका अनुसार मुनाले चार दिनअघि फोनमा कुराकानी गरेकी थिइन् । मुना परिवारकी एक मात्र सन्तान थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएको अवस्थामा शव नेपाल लैजाने प्रक्रिया अत्यन्तै जटिल र खर्चिलो भएको भन्दै मृतकका परिवार र कोरियास्थित नेपाली समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्। नेपाल सरकारको स्पष्ट नीतिगत व्यवस्था नभएका कारण शोकमा डुबेका परिवारले शव नेपाल लैजान निकै सास्ती खेप्नु परिरहेको छ। विद्यार्थीको मृत्यु भएमा परिवारका सदस्य एवं कोरियास्थित नेपाली ...
: भारतको गोवास्थित नाइट क्लबमा आगलागीमा परी मृत्यु भएका २५ जनामध्ये चारजना नेपाली रहेको खुलेको छ। मृत्यु भएका चारैजना उक्त क्लबमा कार्यरत रहेको गोवा प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चूर्णबहादुर पुन,विवेक कटवाल,सुदीप र सविनको पहिचान खुलेको प्रहरीले जनाएको छ। चारैजनाको पोस्टमार्टम रिपोर्ट आइसकेको र गोवाको अस्पतालमा शव राखिएको जनाइएको छ। गोवा सरकारले नयाँ दिल्लीस्थित नेपाली ...
। बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ । बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, त्यसपछिका ८ वर्षसम्म समेत लाइसेन्स अर्थात् कडा निगरानीमा राख्ने फैसला सुनाएको हो । ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा ...
— दक्षिण कोरियामा पछिल्ला महिना शरणार्थी (शरणार्थी/मानवीय) प्रयोजनका लागि प्रदान गरिने जी–१ भिसासम्बन्धी भ्रामक प्रचार तीव्र रूपमा बढेको भन्दै सियोलस्थित नेपाली दूतावासले सजग रहन चेतावनी जारी गरेको छ । दूतावासले सामाजिक सञ्जालमार्फत ‘जी–१ भिसा सजिलै पाइन्छ’, ‘काम गर्न मिल्छ’, ‘बस्न मिल्छ’ जस्ता भ्रामक सामग्रीले नेपालीलाई गलत रूपमा आकर्षित गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो । दूतावासका ...
— भारतको उत्तर प्रदेशमा बस दुर्घटनामा केही नेपाली घाइते भएका छन् । उत्तर प्रदेशको बलरामपुर जिल्लाको फुलवरिया बाइपासमा भएको सडक दुर्घटनामा २१ जना नेपाली घाइते भएका छन् । सुनौलीबाट दिल्ली गइरहेको यूपी २२ एटी ०२४ नम्बरको बस मंगलबार बिहान यूपी २१ डीटी ५२३७ नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको हो । ट्रकसँग ठोक्किएपछि बसमा आगलागी भएको बलरामपुरका एसपी ...