मुख्य समाचार
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने

। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी एन्फाको कार्यसमिति बैठकले प्रशिक्षक एनेसको सम्झौता थप नगर्ने निर्णय गरेको एन्फाका एक पदाधिकारीले जानकारी दिए ।

सन् २०२३ को मार्चमा नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएका एनेसको यसअघि तीन महिला सम्झाैता थप गरिएको थियो ।

गत सिजनमै उनको सम्झाैता सकिएको थियो र त्यसपछि एन्फाले उनलाई निरन्तरता दिने वा नयाँ प्रशिक्षक खोज्नेमा कुनै निर्णय गरेको थिएन ।



एन्फा बैठकमा नयाँ प्रशिक्षक ल्याउनुपर्ने र खुल्ला प्रतिस्पर्धाबाट प्रशिक्षक ल्याउने विषयमा छलफल भएको थियो ।

एनेसको सम्झाैता थप नगर्ने र नयाँ प्रशिक्षका लागि आह्वान गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।

नेपाली राष्ट्रिय टिमले अब आधिकारिक खेल अर्कै वर्ष मार्चमा एसियन कप छनोटको तेस्रो चरण खेल्नेछ ।

एनेसको प्रशिक्षणमा नेपालको प्रदर्शन

अल्बर्टो एनेस प्रशिक्षक भएर आएपछि नेपालले थ्री नेसन्स कप फुटबल, साफ च्याम्पियनसिप, विश्वकप छनोट र केही मैत्रीपूर्ण खेलहरु खेलेको छ । उनको प्रशिक्षणमा नेपालले पहिलो प्रतियोगिता प्रधानमन्त्री कप थ्री नेसन्स कप उपाधि जितेको छ ।

उक्त प्रतियोगितामा नेपालसहित लाओस र भुटान सहभागी थिए जहाँ नेपालले फाइनलमा लाओसलाई हराएर उपाधि जितेको थियो ।

त्यसपछि बेंगलुरुमा गत जुनमा भएको साप च्याम्पियनसिपमा साविक उपविजेताको रुपमा सहभागी नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

कुवेत र भारतसँग पराजित भएको नेपालले पाकिस्तानलाई मात्र पराजित गरेको थियो । त्यतिबेलै प्रशिक्षक एनेसले नेपाली टिम छाड्ने हल्ला चलेको थियो तर उनले बेंगलुरुमै नेपाली पत्रकारहरुसँग कुरा गर्दै आफूले नेपाली टिमसँगै हुने बताएका थिए ।

यस्तै फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले अहिलेसम्म ७ खेल खेल्यो । जसमा नेपालले लाओसविरुद्ध प्रारम्भिक चरणमा एक खेल जितेको थियो भने एक खेल बराबरी खेलेको थियो । त्यसयता विश्वकप छनोटको दोस्रो चरणमा नेपालले खेलेको सबै ५ खेलमा पराजित भएको छ ।

प्रारम्भिक चरणमा नेपालले लाओसलाई दुई लेगको खेलमा २-१ ले पराजित गरेको थियो । घरेलु मैदान १-१ को बराबरी खेलेको नेपालले अवे मैदानमा लाओसलाई १-० ले पराजित गरेको थियो ।

यस्तै विश्वकप छनोटको दोस्रो चरणमा भने नेपाल जितविहीन छ । युएईसँग दुवै खेलमा समान ४-० ले पराजित भएको नेपाल बहराइनसँग ५-० र ३-० ले पराजित भएको थियो । यस्तै घरेलु मैदानमा भएको यमन विरुद्धको खेलमा पनि नेपाल २-० ले पराजित भएको थियो ।

यस बाहेक एनेसको प्रशिक्षणमा नेपालले केही मैत्रीपूर्ण खेल पनि खेलेको थियो । जसमा साफ च्याम्पियनसिप अघि खेलिएको फिलिपिन्ससँग मैत्रीपूर्ण खेलमा नेपाल १-० ले पराजित भएको थियो ।

साफ च्याम्पियनसिपपछि नेपालले सिधै सेप्टेम्बरमा म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा पहिलो खेल बराबरी खेलेको नेपाल दोस्रो खेलमा पराजित भयो ।

यस्तै नेपालले मलेसिया र इंग्ल्याण्ड सी सँग अनअफिसियल खेल खेलेको थियो । तर दुवैमा नेपाल पराजित भएको थियो ।

एनेसको प्रशिक्षणमा नेपालले थ्री नेशन्स कपमा ३ खेल, साफ च्याम्पियनसिपमा ३ खेल, विश्वकप छनोटमा ७ खेल तथा ३ मैत्रीपूर्ण गरी कूल १६ खेल खेलेको छ । जसमा नेपालले जम्मा ४ खेल मात्र जितेको छ । यस्तै ३ खेल बराबरी खेल्दा १० खेलमा पराजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित