मुख्य समाचार
ममता काफ्ले बेपत्ता प्रकरण : नरेशले श्रीमती मृत्युको कति समयपछि बिहे गर्न मिल्छ भनेर खोजेको भेटियो
ममता काफ्ले बेपत्ता प्रकरण : नरेशले श्रीमती मृत्युको कति समयपछि बिहे गर्न मिल्छ भनेर खोजेको भेटियो

। अमेरिकाको भर्जिनियाबाट ममता काफ्ले बेपत्ता हुनु महिनाअघि उनका श्रीमान् नरेश भट्टले गुगलमा ‘श्रीमतीको मृत्युको कति समयपछि विहे गर्न सकिन्छ’ भनेर खोजेको अनुसन्धान अधिकृतहरुले बताएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका नरेशलाई अदालतमा उपस्थित गराएका बेला सरकारी पक्षका वकिलहरुले उनले कम्प्युटरबाट त्यसबारे गुगलमा खोजी गरेको जिकिर गरेका हुन् ।




अमेरिकाको द वासिङ्टन पोस्टले लेखेअनुसार, वकिलहरुले ममताका साथीहरुले उनलाई घरमा श्रीमानबाट हिंसा हुने गरेको बयान दिएको पनि बताएका छन् । मनसास पार्क प्रहरीले भट्टको घरमा छापा पार्दा ममता मारिएको हुनसक्ने संकेतहरु फेला परेको वकिलहरुले भनेका छन् ।

छापा मारेको भोलिपल्ट ७ भदौमा मनसास पार्क प्रहरीले नरेशलाई घरबाटै पक्राउ गरेको थियो । उनलाई नियन्त्रणमा लिँदा प्रहरी अधिकृतहरुले घरको कार्पेट पनि निकालेर फरेन्सिक भ्यानमा हालेका थिए ।



प्रहरीले अन्तिममा घरमा रगतको ट्रेस खोज्नलाई ब्लूस्टार प्रविधि प्रयोग गरेको थियो । यसबाट आगाले देख्न नसकिने रगतको टाटाहरु पनि देख्न सकिन्छ ।
ममता काफ्ले गएको १५ साउनमा मनसास पार्कबाट बेपत्ता भएकी थिइन् । त्यसपछि अमेरिकाको नेपाली समुदाय र स्थानीय प्रहरीले उनको खोजीलाई तीव्र बनाएको थियो ।

‘बेडरुम र बाथरुमको रगतको मात्राले जीवित नरहने खालको चोटको संकेत गर्छ’, अभियोजनकर्ता तर्फकी वकिल सारा सामीले अदालतमा भनेकी छन्, ‘यो घटनाको हरेक संकेत के हो भने ममता जीवित छैनन् र शरीर नभए पनि अदालतले हत्याको अभियोग लगाउन सक्छ ।’

सोमबार उनलाई थुनामै राखेर अनुसन्धान अघि बढाउने कि बाहिर राखेर भन्ने विषयमा अदालतमा बहस भएको थियो । त्यसमा अधिकांश समय भट्ट पक्षका वकिलले शरीर नभेटिई यस्तो अभियोग लगाइएको भन्दै छाड्नुपर्ने जिकिर गरेका थिए ।

भट्ट पक्षका वकिलले ममताको पक्षमा नागरिकस्तरबाट दबाब बढिरहेका बेला हतारमा पर्याप्त प्रमाणबिनै मुद्दा लगिएको जिकिर गरेका थिए ।

‘यो मुद्दामा मृत शरीर भेटिनु अत्यन्त जरुरी हुन्छ’, भट्ट पक्षका वकिल सालेभ बेन अब्राहमले भने । उनले मिडियाको दबाबका कारण पनि नरेशलाई पक्राउ गरिएको दाबी गरे । ‘मनसास पार्क प्रहरी केही न केही गर्नलाई एकदमै दबाबमा थियो’, उनले अदालतसमक्ष दाबी गरे ।

लगत्तै सरकारी वकिल समीले भट्टको विपक्षमा भएका प्रमाणहरु अघि सारिन् । उनले नरेशले इन्टरनेटमा सर्च गरेको विषयहरुदेखि लिएर रगतको विवरण पनि प्रस्तुत गरिन् ।

अभियोजनकर्ता पक्षले भट्टमाथि अनुसन्धान अधिकारीहरुले शंका नै नगरेका बेला देश छाडेर जान लागेको जिकिर पनि गरेका थिए । उनले आफ्नो टेस्ला कार पनि पहिल्यै बिक्री गरिसकेका थिए भने घर पनि बिक्री गर्ने तयारीमा थिए ।

बाथरुमको भित्ता, सावर र भुइँमा उल्लेखनीय मात्रामा रगतको ट्रेस भेटिएको भनिएको छ । घटनास्थलमा गएकी एक अनुसन्धानकर्ताले आफूले त्यति धेरै रगत कहिल्यै नदेखेको बताएको पनि वकिल समीले भनेकी छन् ।
भट्टको घरमा भेटिएको रगतको परीक्षण प्रतिवेदन आउन बाँकी छ । तर, समीले अदालतमा प्रारम्भिक जाँचमा त्यो रगत मानिसकै भएको देखिएको बताएकी छन् ।

समीले ममता र नरेशबीचको सम्बन्ध नराम्रो भएको विषयमा थप विवरणहरु पनि प्रस्तुत गरिन् । गएको फेब्रुअरीमा पनि ममताले प्रहरीलाई घरमा बोलाएकी थिइन् । त्यसबेला अधिकारीहरुले उनीसँग कुरा गर्दा श्रीमानले आफ्ना कागजातहरु नदिएको र फोन पनि भाँचिदिएको बताएकी थिइन् ।

प्रहरीले अन्तिममा घरमा रगतको ट्रेस खोज्नलाई ब्लूस्टार प्रविधि प्रयोग गरेको थियो । यसबाट आगाले देख्न नसकिने रगतको टाटाहरु पनि देख्न सकिन्छ । त्यसक्रममा रगतका छिटाहरु बेडरुममा देखिएको अभियोजनकर्ता वकिल समीले भनेकी छन् ।

‘सबै विवरण हेर्दा अनुसन्धान अधिकृतहरुले केही बेडरुमदेखि बाथरुमसम्म केही घिसारिएको जस्तो देखिएको निष्कर्ष निकालेका छन्’, उनले अदालतमा भनेकी छन् ।

बाथरुमको भित्ता, सावर र भुइँमा उल्लेखनीय मात्रामा रगतको ट्रेस भेटिएको भनिएको छ । घटनास्थलमा गएकी एक अनुसन्धानकर्ताले आफूले त्यति धेरै रगत कहिल्यै नदेखेको बताएको पनि समीले भनेकी छन् ।

प्रहरीले घरमा छापा मार्दा बेडरुममा कार्पेट सफा गर्ने केमिकलको दुईवटा बट्टा फेला पारेको समेत उनले भनेकी छन् । बहसपछि अन्तिममा अदालतका लागि नरेश खतरा हुनसक्ने भन्दै न्यायाधीशले थुनामा राख्न आदेश दिए ।

यो मामिलामा अर्को सुनुवाइ दुई महिनापछि अक्टुबरमा हुने वासिङ्टन पोस्टले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इराकका लागि नेपालका गैरआवासीय राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हसन् । त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली ...
: इजरायलमा अपहृत नेपाली नागरिक विपिन जोशीको परिवारले लामो प्रतीक्षापछि उनको एउटा जीवनको संकेतसहितको भिडियो सार्वजनिक गरेको छ। यो भिडियो इजरायली सेनाले 'युद्धका दौरान प्राप्त सामग्री' (IDF spoils)मा फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत परिवारसम्म पुर्‍याइएको जनाइएको छ। परिवारका अनुसार उक्त भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ, जसमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देखिएको ...
श्रद्धा र आत्मीयताका साथ इजरायलमा नेपालीहरूको दशैं
। विदेशी जेलमा एक हजार भन्दा बढी नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही समयअघि सांसदको प्रश्नमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ हालै संघीय संसद् सचिवालयले प्रकाशन गरेको छ । जसमा १ हजार १७१ नेपाली विदेशी जेलमा रहेको उल्लेख छ । यसमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । बाँकी जानकारी मन्त्रालयले उपलब्ध गराएको छैन । ...
। बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुईजना वृद्ध नेपाली पैदलयात्रुको निधन भएको छ । फ्लीट रोडमा बुधबार बिहान करिब ६ः३० तिर निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षीय दुई नेपाली पैदलयात्रीको घट्नास्थलमै निधन भएको ह्याम्पसायर प्रहरीले जनाएको छ । प्रहरीले मादक पदार्थ वा लागूऔषध सेवन गरी लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको आरोपमा कार चालक वकिङहाम निवासी ...