मुख्य समाचार
ला लिगाको साविक विजेता रियल मड्रिड फेरि बराबरीमा रोकिए
ला लिगाको साविक विजेता रियल मड्रिड फेरि बराबरीमा रोकिए

। स्पानिस ला लिगाको साविक विजेता रियल मड्रिड फेरि बराबरीमा रोकिएको छ ।

भिनिसियस जुनियरले दोस्रो हाफमा गरेको पेनाल्टी गोल मद्दतमा रियलले लस पाल्मसँग १-१ को बराबरी खेलेको हो ।

रियलले सुरुमा पछि परे पनि पुनरागमन बराबरी गरेको हो ।

खेलको पाँचौ मिनेटमै अल्बर्टो मोलेइरोले गोल गर्दै घरेलु टोली लस पाल्मसलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा लस पाल्मसले त्यसलाई जोगाउन सकेन ।



केलिएन एमबाप्पेलाई भित्र्याएर टिम बलियो बनाएको रियलले मैदानमा त्यो अनुसारको प्रदर्शन देखाउन सकेको छैन । एमबाप्पेले लिगमा गोल गर्न सकेका छैनन् ।

नयाँ सिजन रियलको यो दोस्रो बराबरी हो । तीन खेलबाट ५ अंक जोडेको रियल पाँचौ स्थानमा छ । छिमेकी एट्लेटिको मड्रिडको पनि समान ५ अंक भए पनि रियल अंक तालिकामा पछि छ ।

यस सिजन तीन खेल खेल्दा शतप्रतिशत जित निकालेको बार्सिलोना ९ अंकसहित शीर्ष स्थानमा छ । भियारियाल ७ अंकसहित दोस्रो र सेल्टाभिगो ६ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित