मुख्य समाचार
एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने
एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने

। अखिल नेपाल फुटबल संघ (एन्फा) भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय गरेपछि अब नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने प्रकिया थाल्ने भएको छ ।

एन्फा कार्यसमितिको मंगलबार र बिहीबार बसेको बैठकले एनेसको सम्झौता थप नगर्ने निर्णय गरेको छ ।


साथै अब नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका लागि नयाँ प्रशिक्षक आवश्यक भएको छ । त्यसका लागि प्रो-लाइसेन्सप्राप्त प्रशिक्षकको नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको एन्फाले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपालले विश्वकप छनोट, एसियन कप छनोट जस्ता खेल खेल्नका लागि प्रो-लाइसेन्स प्राप्त कोच हुनुपर्ने भएकोले नेपालले फेरि विदेशी प्रशिक्षक नै ल्याउनुपर्ने भएको छ ।



नेपालमा अहिलेसम्म प्रो-लाइसेन्स प्राप्त प्रशिक्षक छैनन् ।

तर नेपालले अब खेल्ने अन्तर्राष्ट्रिय फुटबल खेल २०२५ मार्च अर्थात आगामी चैतमा रहेकोले तत्काल विदेशी प्रशिक्षक नियुक्त हुने सम्भावना कम छ । यस्तै नेपालले फिफा विन्डोमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका पनि छैन ।

त्यसैले तत्कालका लागि नेपाली अस्थायी प्रशिक्षक नै राख्ने सम्भावना छ ।

एन्फा प्रवक्ता सुरेश शाहले प्रो-लाइसेन्स प्राप्त कोच नियुक्तिको प्रक्रिया अघि बढाउने र त्यसअघि नेपालकै अस्थायी प्रशिक्षक नियुक्त गरेर काम अघि बढाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित