मुख्य समाचार
वीर अस्पतालको आकस्मिक कक्ष पुनर्निर्माण गरिने
वीर अस्पतालको आकस्मिक कक्ष पुनर्निर्माण गरिने

। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको पुरानो भवनमा रहेको आकस्मिक कक्ष पुनर्निर्माण (रेनोभेट) गरिने भएको छ ।

यसअघिका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आकस्मिक कक्षलाई सर्जिकल भवनमा सार्नका लागि सम्भावता अध्ययन गर्ने निर्देशन दिएका थिए । तर शहरी विकास भवनका इन्जिनियरले गरेको अध्ययनमा अहिले भइरहेको बेडसंख्या भन्दा बढाउन नसकिने र भुइँतल्लामा भएका उपकरण सार्न सम्भव नहुने राय दिइएको थियो ।


भुइँतल्लाको सिटी स्क्यान, एक्सरे, एमआरई रहेको स्थानमा सार्ने नमिल्ने भएकाले अब पुरानै भवनको आकस्मिक कक्षलाई पुनर्निर्माण गरी ठूलो ठाउँ बनाउन लागिएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए ।

‘सर्जिकल भवनमा ५० बेडभन्दा बढी सञ्चालन गर्न नसकिने भइयो । तर अहिलेको पुरानै ठाउँमा पुनर्निर्माण गर्दा ७५ बेडभन्दा राख्न सकिन्न’, डा. पौडेलले भने, ‘यस वर्षको बजेटको योजनामा छ । अब अगाडिदेखि पछाडिसम्मको भागलाई आकस्मिक कक्षमा विस्तार गरिनेछ ।’



शहरी विकास मन्त्रालयले भवनको नक्सा बनाइसकेको छ । मन्त्रालयले आउँदो हप्ता आकस्मिक कक्षलाई विस्तार गर्दा पर्ने लागतबारे जानकारी दिनेछ । त्यसपछि टेन्डर प्रक्रियामा जाने डा. पौडेलले बताए ।

पुनर्निर्माण भइरहँदा अस्पतालको सेवा प्रभावित हुन नदिन तीन खण्डमा बाँडेर काम हुनेछ ।

गम्भीर अवस्थामा पुगेका बिरामीका लागि छिटो र गुणस्तरीय सेवा दिन अस्पतालका आकस्मिक कक्षको आफ्नै मापदण्ड हुन्छ । तर गुणस्तरीय सेवा दिन बनेका वीरको आकस्मिक कक्ष भने अस्तव्यस्त अवस्था छ ।

आकस्मिक कक्षमा बिरामी आइपुगेको ६ घण्टाभित्र भर्ना गरिसक्नुपर्ने र भर्ना गर्न नसकेकालाई अन्य अस्पतालमा उचित सूचना दिएर रेफर गर्नुपर्ने नियम छ । तर यस्तो प्रक्रिया भने अपनाउन नसकिएको चिकित्सक बताउँछन् ।

पहेँलो र ग्रीन क्षेत्रमा भएका ८० प्रतिशत बिरामीलाई वार्डमा भर्ना गर्न २४ घण्टाभन्दा बढी कुर्नुपर्ने अवस्था छ । तर बाँकीले तीन–चार दिनसम्म पनि भर्नाका लागि आकस्मिक कक्षमै कुर्नुपर्छ । आकस्मिक कक्षमा एउटा बेडमा तीन जनासम्म बस्नुपर्ने अवस्था छ ।

वीरको आकस्मिक कक्षमा ४५ बेड छन् । तर दैनिक १५० जनासम्म बिरामी सेवाका लागि आउने गरेका छन् । पुनर्निर्माण भइसकेपछि आकस्मिक कक्षमा बिरामीले अहिले भोग्नुपरेको सास्ती अन्त्य हुने डा. पौडेल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपीडी) सेवामार्फत एक आर्थिक वर्षमा अधिकतम २५ हजारसम्मको मात्र उपचार सुविधा पाउने भएका छन् । बोर्डले ओपीडी खर्चमा बढ्दो वित्तीय भार नियन्त्रण गर्दै बीमा कार्यक्रमलाई दिगो बनाउन उक्त सीमा तोक्ने निर्णय गरेको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बिमित बिरामीलाई ओपीडी सेवामा वार्षिक २५ हजारसम्मको सुविधा उपलब्ध गराइने ...
। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मी जिल्लामा एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ४६५ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माघ २५ गतेदेखि फागुन ४ गतेसम्म जिल्लाका २०७ वटा विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा ...
— भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको छ । मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण विभागले निपाह भाइरसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शंकास्पद बिरामी भेटिए वा पहिचान र परीक्षण गर्न विभागले मापदण्ड तय गरेको बताए । ‘निपाह र सामान्य रुखाखोकीको लक्षण ...
: भारत सरकारले निपाह भाइरसको संक्रमण हालसम्म दुई जनामा मात्र पुष्टि भएको बताएको छ। सञ्चारमाध्यममा गलत तथ्यांकहरू प्रस्तुत गरिएको बारे स्पष्ट पार्दै भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले हालसम्म दुई जनमा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको जनाएको छ। डिसेम्बरदेखि हालसम्म पश्चिम बंगालबाट दुई जनामा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको केन्द्रको भनाइ छ। ती दुई घटना ...
: बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयको यही माघ १४ गतेको निर्णयअनुसार उक्त अस्पताललाई थप ५० शय्याको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति प्रदान हो। सन् १९९९ मा किङ्गह्वी नेपाल स्वास्थ्य केन्द्रका रूपमा स्थापना भई सरकारको मन्त्रिपरिषदको निर्णयानुसार २००९ सेप्टेम्बर १४ मा ५० ...