मुख्य समाचार
श्रीलंका भ्रमणअघि कमलसहित तीन खेलाडी बाहिरिए
श्रीलंका भ्रमणअघि कमलसहित तीन खेलाडी बाहिरिए

। तीव्र गतिका बलर कमलसिंह ऐरीसहित तीन नेपाली क्रिकेट खेलाडी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज क्यानडा भ्रमणको बन्द प्रशिक्षणबाट बाहिरिएका छन् ।

नेपालले क्यानडा जानुअघि श्रीलंका डेभप्लमेन्टसँग खेल्ने तीन एकदिवसीय अभ्यास सिरिजलाई १९ सदस्यीय टोली घोषणा गर्दा कमलसँगै स्पिनर बसिर अहमद र सूर्य तामाङ बाहिरिएका हुन् ।


क्यानडा भ्रमणलाई नेपालले एक महिनाअघि २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको थियो । दुई हप्ता भारतको नेशनल क्रिकेट एकेडेमी बेंगलोरमा अभ्यास गरेर नेपाल दुई दिन अघि स्वदेश फर्किएको थियो ।

तीव्र गतिका बलरमा नेपालले सोमपाल कामी, करण केसी, रिजन ढकाल, गुलशन झा र आकाश चन्दलाई १९ सदस्य टोलीमा राखेको छ । आकाशलाई निरन्तरता दिएपछि कमल पर्न नसकेका हुन् । टी-२० विश्वकपमा रहेका प्रतिश जिसीलाई बाहिर राख्दै अर्का बायाँ हाते बलर रिजनलाई नेपालले टोलीमा समेटेको थियो ।



रिजनले गत फेब्रुअरीमा उनले क्यानडासँग दुई ओडीआई खेल खेलेका थिए । आकाशले नेपालबाट दुई ओडीआई र तीन टी–२० आई खेल खेली सकेका छन् । कमल टी-२० विश्वकप टोलीमा रहेपनि एकपनि खेल खेल्न पाएका थिएनन् । अन्तिम १४ सदस्यीय टोलीमा आकाश र रिजनमध्ये एकमात्रै पर्नेछन् ।

स्पिनरमा ललित राजवंशी, सन्दीप लामिछाने र सागर ढकाल छन् । पार्टटाइममा दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल पनि हुनेछन् । त्यसैले सूर्य र बसिर टोलीमा स्थान बनाउन सकेनन् ।

नेपालले श्रीलंका डेभ्लपमेन्ट टोलीसँग ३, ५ र ७ सेप्टेम्बरमा मा तीन एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ । श्रीलंका भ्रमणपछि नेपालले १४ सदस्य अन्तिम टोली घोषणा गर्नेछ । आईसीसी विश्वकप लिग–२ घरेलु टोली क्यानडासँगै, नेपाल र ओमानबीच सेप्टेम्बर तेस्रो सातादेखि प्रतिस्पर्धा हुनेछ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित