मुख्य समाचार
खेलाडीको तलब ३० हजार, एन्फा महासचिवलाई २ लाख ७० हजार
खेलाडीको तलब ३० हजार, एन्फा महासचिवलाई २ लाख ७० हजार

। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमका खेलाडीसँगै महासचिवको तलब बढाउने निर्णय गर्‍यो ।

भदौ ११ र १३ मा बसेको बोर्ड बैठकले खेलाडीको तलब १८ हजारबाट ३० हजार पुर्‍याउने निर्णय गर्‍यो । सँगसँगै एन्फा महासचिव किरण राईको तलब १ लाख २० हजारबाट बढाएर झण्डै दुई लाख ७० हजार (२ हजार अमेरिकी डलर) बनाउने निर्णय गर्‍यो ।


एन्फा अध्यक्षमा पंकजबिक्रम नेम्वाङ निर्वाचित भएर आएसँगै २०७९ असार ८ मा पहिलो बैठकमै राईलाई महासचिवमा नियुक्त गर्ने निर्णय गरेका थिए । दुई वर्षपछि राईको तलब बढाउने प्रस्ताव पनि पंकजले नै लगेका हुन् । ‘महासचिवको तलब बढाउने आधार एउटा कामको मुल्याङ्कन हो । अर्को उहाँलाई आर्थिक रुपमा कमी नहोस् भनेर हो’, एन्फा अध्यक्ष नेम्वाङले भने ।

तर फुटबल विश्लेषकहरु भने महासचिवमा राई असक्षम पदाधिकारी बताउँछन् । उनी आएदेखि नेपाली फुटबल चलायमान हुन सकेको छैन । राइ महासचिव बनेदेखि ए र सी डिभिजन लिग प्रतियोगिता एक पटक मात्रै भएको छ । बी डिभिजन लिग हुन सकेको छैन ।



नियमित लिग र ब्यस्त घरेलु फुटबल अनिवार्य हुनुपर्ने हो । तर नेपाली फुटबल अस्तब्यस्त छ । फुटबलमा खेलेर बाँच्ने आधार नबनेपछि खेलाडी दिन प्रतिदिन विदेश पलायन भइरहेका छन् ।

एन्फा र राखेपबीच राम्रो समन्वय गर्न नसक्दा चार महिनाअघि नेपालको एकमात्रै अन्तर्राष्ट्रिय फुटबल रंगशाला दशरथले अन्तर्राष्ट्रिय मान्यता गुमाउन पुगेको थियो । रंगशालामा फुटबल खेल्न योग्य नभएपछि फिफा विश्वकप छनोट २०२६ को खेल नेपालले बहराइनमा गएर खेलेको थियो ।

अखिल नेपाल फुटबल खेलाडी संघका अध्यक्ष बिक्रम लामा अहिलेको अवस्थामा महासचिवको तलब बढ्नु सही नभएको बताउँछन् । ‘तलब भन्दा पनि प्रतियोगिता भयो कि भएनन् भन्ने कुरा मात्रै हो’, उनले अगाडि भने, ‘अहिलको अवस्था र फुटबलले राम्रो गर्न नसकेको अवस्थामा उहाँ (महासचिव) त्यो तलब लिनु राम्रो होइन ।’

उनका अनुसार अन्तर्राष्ट्रिय स्तरमा कुनै महासचिवको तलब ३/५/७ हजार डलर हुनसक्छ । तर त्यति तलब पाएका महासचिवले कस्तो कार्यक्रम दिएका छन्, हेर्नपर्छ ।

‘तीन लाख तलब खाँदा पनि समस्या होइन’, पूर्व खेलाडीसमेत रहेका लामाले अगाडि भने, ‘घरेलु प्रतियोगिता र कार्यक्रम मुख्य हो । फुटबल कार्यक्रम, युथ डेभलप्मेन्ट कार्यक्रम, महिला फुटबल, हाम्रो संरचना कन्सन(चिन्ता) को विषय हो ।’



एन्फा अध्यक्ष नेम्वाङले साफ मुलुकको तुलनामा महासचिवको तलब अझ कम भएको जवाफ दिन्छन् ।

साफमा भारत, भुटान, बंगलादेश, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका छन् । तर नेपालको भन्दा उनीको घरेलु प्रतियोगिता, संरचना र कार्यक्रम माथिल्लो स्तरमा छ । नियमित फुटबल हुँदै आएको छ । तर नेम्वाङले भने तलब मात्र तुलना गरे ।

‘महासचिव र कर्माचारीलाई कति तलब दिने एन्फा स्वतन्त्र छ । कार्यसमितिलाई जे सही लाग्छ त्यो सही निर्णय गर्न सक्छ । यो अस्वभाविक पनि छैन’, अध्ययक्ष पंकजले भने ।

फिफाले एन्फालाई चार वर्षको चक्रमा ८० लाख अमेरिकी डलर अनुदान दिने गर्दछ । अर्थात वार्षिक २० करोड (झण्डै २७ करोड) रुपैयाँ वार्षिक अनुदान दिन्छ ।

नेपाल क्रिकेट संघ (क्यान) लाई आईसीसीले वार्षिक १८ लाख (२४ करोड रुपैयाँ) अनुदान दिन्छ ।

क्यानमा जनरल म्यानेजरले सर्वाधिक मासिक तलब १ लाख ८० हजार र म्यानेजरको १ लाख ५९ हजार रुपैयाँ पाउँछन् । तलब अनुसार पछिल्लो समय काम पनि गरेको देखिन्छ । नयाँ नेतृत्व आएसँगै घरेलु संरचनामा पनि काम हुन थालेको छ ।

क्रिकेटमा पुरुषतर्फ ए ग्रेडका खेलाडीले १ लाख र महिलाले ५० हजार मासिक तलब पाउँछन् । सबैभन्दा कम इमर्जिङमा महिला २० हजार र पुरुष २५ हजारबाट सुरु हुन्छ ।

बिहीबार मात्र क्रिकेट संघले हरेक प्रदेशका महिला दुई र पुरुष तीन खेलाडीलाई मासिक १५ हजारको दरले तलब दिने निर्णय गरेको छ ।

एन्फामा भने ठीक उल्टो अवस्था छ । यो वर्ष ए डिभिजन लिग हुने नहुने टुंगो छैन । राष्ट्रिय टिमको अन्तर्राष्ट्रिय प्रतियोगिता तथा मैत्रीपूर्ण खेलको प्रदर्शनसमेत खस्किएको छ । एन्फाका महासचिव राईमाथि अनि अनियमितताको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...