मुख्य समाचार
खेलाडीको तलब ३० हजार, एन्फा महासचिवलाई २ लाख ७० हजार
खेलाडीको तलब ३० हजार, एन्फा महासचिवलाई २ लाख ७० हजार

। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमका खेलाडीसँगै महासचिवको तलब बढाउने निर्णय गर्‍यो ।

भदौ ११ र १३ मा बसेको बोर्ड बैठकले खेलाडीको तलब १८ हजारबाट ३० हजार पुर्‍याउने निर्णय गर्‍यो । सँगसँगै एन्फा महासचिव किरण राईको तलब १ लाख २० हजारबाट बढाएर झण्डै दुई लाख ७० हजार (२ हजार अमेरिकी डलर) बनाउने निर्णय गर्‍यो ।


एन्फा अध्यक्षमा पंकजबिक्रम नेम्वाङ निर्वाचित भएर आएसँगै २०७९ असार ८ मा पहिलो बैठकमै राईलाई महासचिवमा नियुक्त गर्ने निर्णय गरेका थिए । दुई वर्षपछि राईको तलब बढाउने प्रस्ताव पनि पंकजले नै लगेका हुन् । ‘महासचिवको तलब बढाउने आधार एउटा कामको मुल्याङ्कन हो । अर्को उहाँलाई आर्थिक रुपमा कमी नहोस् भनेर हो’, एन्फा अध्यक्ष नेम्वाङले भने ।

तर फुटबल विश्लेषकहरु भने महासचिवमा राई असक्षम पदाधिकारी बताउँछन् । उनी आएदेखि नेपाली फुटबल चलायमान हुन सकेको छैन । राइ महासचिव बनेदेखि ए र सी डिभिजन लिग प्रतियोगिता एक पटक मात्रै भएको छ । बी डिभिजन लिग हुन सकेको छैन ।



नियमित लिग र ब्यस्त घरेलु फुटबल अनिवार्य हुनुपर्ने हो । तर नेपाली फुटबल अस्तब्यस्त छ । फुटबलमा खेलेर बाँच्ने आधार नबनेपछि खेलाडी दिन प्रतिदिन विदेश पलायन भइरहेका छन् ।

एन्फा र राखेपबीच राम्रो समन्वय गर्न नसक्दा चार महिनाअघि नेपालको एकमात्रै अन्तर्राष्ट्रिय फुटबल रंगशाला दशरथले अन्तर्राष्ट्रिय मान्यता गुमाउन पुगेको थियो । रंगशालामा फुटबल खेल्न योग्य नभएपछि फिफा विश्वकप छनोट २०२६ को खेल नेपालले बहराइनमा गएर खेलेको थियो ।

अखिल नेपाल फुटबल खेलाडी संघका अध्यक्ष बिक्रम लामा अहिलेको अवस्थामा महासचिवको तलब बढ्नु सही नभएको बताउँछन् । ‘तलब भन्दा पनि प्रतियोगिता भयो कि भएनन् भन्ने कुरा मात्रै हो’, उनले अगाडि भने, ‘अहिलको अवस्था र फुटबलले राम्रो गर्न नसकेको अवस्थामा उहाँ (महासचिव) त्यो तलब लिनु राम्रो होइन ।’

उनका अनुसार अन्तर्राष्ट्रिय स्तरमा कुनै महासचिवको तलब ३/५/७ हजार डलर हुनसक्छ । तर त्यति तलब पाएका महासचिवले कस्तो कार्यक्रम दिएका छन्, हेर्नपर्छ ।

‘तीन लाख तलब खाँदा पनि समस्या होइन’, पूर्व खेलाडीसमेत रहेका लामाले अगाडि भने, ‘घरेलु प्रतियोगिता र कार्यक्रम मुख्य हो । फुटबल कार्यक्रम, युथ डेभलप्मेन्ट कार्यक्रम, महिला फुटबल, हाम्रो संरचना कन्सन(चिन्ता) को विषय हो ।’



एन्फा अध्यक्ष नेम्वाङले साफ मुलुकको तुलनामा महासचिवको तलब अझ कम भएको जवाफ दिन्छन् ।

साफमा भारत, भुटान, बंगलादेश, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका छन् । तर नेपालको भन्दा उनीको घरेलु प्रतियोगिता, संरचना र कार्यक्रम माथिल्लो स्तरमा छ । नियमित फुटबल हुँदै आएको छ । तर नेम्वाङले भने तलब मात्र तुलना गरे ।

‘महासचिव र कर्माचारीलाई कति तलब दिने एन्फा स्वतन्त्र छ । कार्यसमितिलाई जे सही लाग्छ त्यो सही निर्णय गर्न सक्छ । यो अस्वभाविक पनि छैन’, अध्ययक्ष पंकजले भने ।

फिफाले एन्फालाई चार वर्षको चक्रमा ८० लाख अमेरिकी डलर अनुदान दिने गर्दछ । अर्थात वार्षिक २० करोड (झण्डै २७ करोड) रुपैयाँ वार्षिक अनुदान दिन्छ ।

नेपाल क्रिकेट संघ (क्यान) लाई आईसीसीले वार्षिक १८ लाख (२४ करोड रुपैयाँ) अनुदान दिन्छ ।

क्यानमा जनरल म्यानेजरले सर्वाधिक मासिक तलब १ लाख ८० हजार र म्यानेजरको १ लाख ५९ हजार रुपैयाँ पाउँछन् । तलब अनुसार पछिल्लो समय काम पनि गरेको देखिन्छ । नयाँ नेतृत्व आएसँगै घरेलु संरचनामा पनि काम हुन थालेको छ ।

क्रिकेटमा पुरुषतर्फ ए ग्रेडका खेलाडीले १ लाख र महिलाले ५० हजार मासिक तलब पाउँछन् । सबैभन्दा कम इमर्जिङमा महिला २० हजार र पुरुष २५ हजारबाट सुरु हुन्छ ।

बिहीबार मात्र क्रिकेट संघले हरेक प्रदेशका महिला दुई र पुरुष तीन खेलाडीलाई मासिक १५ हजारको दरले तलब दिने निर्णय गरेको छ ।

एन्फामा भने ठीक उल्टो अवस्था छ । यो वर्ष ए डिभिजन लिग हुने नहुने टुंगो छैन । राष्ट्रिय टिमको अन्तर्राष्ट्रिय प्रतियोगिता तथा मैत्रीपूर्ण खेलको प्रदर्शनसमेत खस्किएको छ । एन्फाका महासचिव राईमाथि अनि अनियमितताको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित