: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शैक्षिक क्षेत्रको सुधारका लागि विद्यार्थी संगठनहरुले पनि योगदान दिनुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित बृहत शैक्षिक अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेपालले शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्याहरुको समिक्षा गर्दै यस क्षेत्रको सुधारका लागि विद्यार्थी संगठनहरुले पनि योगदान दिनुपर्ने बताएका हुन् ।
सरकारी नीतिमा रहेका कमजोरीलाई सुधार गर्नुपर्ने विषयमा विश्वविद्यालय,सरकार लगाएतका निकायले बिशेष ध्यान दिनुपर्ने उनले बताए । अध्यक्ष नेपालले समयमा नै परीक्षा नहुने र समयमा नै नतिजा निकाल्न नसक्नुको कारण आफूले बुझ्न नपाएको धारणा राखे। समयसीमाप्रति गम्भीर नहुने र अपारदर्शीका विषयमा पनि विद्यार्थी संगठनले ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले देशलाई सुन्दर बनाउने र नेपाल राष्ट्रको इज्जत बढाउने काम गर्न विद्यार्थीहरुलाई सुझाव दिए ।
जापानको चिबा प्रान्तस्थित फुनाबाशी सहरको एक होटलमा ५ तारिखका दिन नेपाली विद्यार्थी २१ बर्षीय बादल छन्त्यालको हत्या आरोपमा प्रहरीले एक जापानी महिलालाई पक्राउ गरेको छ।
३२ बर्षीय आसाका मायु नाम गरेको महिला लाइ पक्राउ गरि अनुसन्धानको क्रममा, “मैले मेरो प्रेमीसँगै मर्न चाहें, त्यसैले चक्कु चोरी गरेँ” भन्ने बयान दिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
उनले उक्त ...