मुख्य समाचार
एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण
एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण

: सरकारले निजी दूरसञ्चार कम्पनी एनसेललाई पाँच वर्षका लागि नवीकरण गरेको छ। एनसेलले आइतबार थप १ अर्ब रुपैयाँ भुक्तानी गरेपछि सरकारले पाँच वर्षका लागि नवीकरण गरेको हो। यसअघि एनसेलले ४ अर्ब भुक्तानी गरेको थियो।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सन्तोष पौडेलले कूल ५ अर्ब भुक्तानी गरेपछि एनसेललाई नवीकरण गरिएको बताए। उनका अनुसार एनसेलले यसअघि जेठ १४ गते ४ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो।

मन्त्रिपरिषद् बैठकले गत भदौ १३ गते सर्तसहित एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको थियो। एनसेलले नवीकरणबापत तिर्नुपर्ने रकम चार किस्तामा बुझाउनुपर्ने सरकारले शर्त राखेको छ। किस्ताहरू तिर्दा दस प्रतिशत ब्याज लिने निर्णयसमेत सरकारले गरेको छ। एनसेलले एकपटकमा झन्डै २५ करोड हाराहारी नवीकरण शुल्क तिर्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: टिकटकले आफ्नो अमेरिकी व्यवसायलाई निरन्तरता दिन ह्वाइट हाउससँग सम्झौता गरेको छ। यद्यपि, कम्पनीको अमेरिकी सञ्चालनको जिम्मेवारी कसले लिनेछ भन्ने कुरा अझै स्पष्ट भएको छैन। राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक सम्झौतालाई अनुमोदन गरेकोमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिएका छन्। यो सम्झौताले टिकटकको विश्वव्यापी सञ्चालनबाट अलग एउटा नयाँ अमेरिकी संस्था निर्माण गर्नेछ। यो हाल चीनबाट ...
— चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले अन्तत: टिकटकको अधिकांश अमेरिकी स्वामित्व अमेरिकी लगानीकर्तालाई बेचेको छ । झन्डै आधा दर्जन अमेरिकी लगानीकर्ताले टिकटकको कुल ८०.१ प्रतिशत स्वामित्व खरिद गरेका छन् । भिडियो सेयरिङ प्लाटफर्म, टिकटकमा अब बाइटडान्सको स्वामित्व १९.९ प्रतिशत मात्र छ । बाँकी स्वामित्व सिल्भर लेक, ओर्‍याकल र एमजीएक्स हरेकले १५ प्रतिशत र डेल फ्यामिली अफिस, युरी ...
काठमाडौं फिन्टेक र पीसीआई एसएससीको संयुक्त आयोजनामा माघ १४ गते काठमाडौंमा साइबर सुरक्षा तथा साइबर ठगी रोकथाम सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
— सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’ अवरुद्ध भएको छ । यो साता दोस्रोपटक भएको यस्तो समस्याले विश्वका हजारौं व्यक्ति प्रभावित भएको इकोनमिक टाइम्सले जनाएको छ । पछिल्लो एक घण्टायता नेपालसहित देशहरूमा एक्सका अपडेटहरू आएका छैनन् । इन्टरनेट प्लाटफर्महरूको आउटेज ट्रयाक गर्ने डाउन डिटेक्टर डटकमले शुक्रबार साँझ ७७ हजारभन्दा बढी प्रयोगकर्ताहरूले एक्समा समस्या आएको रिपोर्ट गरेको जनाएको छ । ...
फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो रियालिटी ल्याब्स विभागमा कार्यरत १ हजार भन्दा धेरै कर्मचारी हटाएको छ । मेटाले सन् २०२६ को सुरुवातमै उक्त बहुचर्चित विभागबाट १० प्रतिशतभन्दा बढी कर्मचारी हटाउने निर्णय गरेसँगै त्यसले चर्चा पाएको हो। रियालिटी ल्याब्स त्यही इकाइ हो, जसले भर्चुअल रियालिटी, मेटाभर्स र एक्सटेन्डेड रियालिटी जस्ता प्रविधिमा काम गर्दै आएको थियो। कम्पनीका संस्थापक तथा प्रमुख ...