मुख्य समाचार
कुकलाई पछि पार्दै रुटको कीर्तिमानी शतक
कुकलाई पछि पार्दै रुटको कीर्तिमानी शतक

। इंग्ल्यान्डका ब्याटर जो रुटले पूर्व महान् ब्याटर एलिस्टर कुकलाई पछि पार्दै दोस्रो टेस्ट खेलमा श्रीलंकाविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका छन् ।

शनिबार साँझ रुटले श्रीलंकाविरुद्ध दोस्रो इनिङमा १०३ रनको शतकीय इनिङ खेल्दै इंग्ल्यान्डबाट टेस्टमा सर्वाधिक ३४ शतक प्रहार गर्ने कीर्तिमान बनाएका हुन् । उनले एलिष्टर कुकको ३३ शतकलाई पछि पारेका हुन् ।




रुटले २६५ टेस्ट इनिङमा ३४ शतकसहित १२३७७ रन बनाएका छन् । एलिष्टर कुशलले २९१ इनिङमा ३३ शतकसहित १२४७२ रन बनाएका थिए । कुककै इंग्ल्यान्डबाट टेस्टमा सर्वाधिक रन बनाउने कीर्तिमान तोड्न उनी अब ९६ रनले पछि छन् ।

टेस्टमा भारतका सचिन तेन्दुलकले सर्वाधिक ५१ शतक बनाएका छन् । दक्षिण अफ्रिकाका ज्याक्स कालिसले ४५, अष्ट्रेलिया रिकी पोन्टिङ ४१, श्रीलंका कुमार संगाकारा ३८, भारतका राहुल द्रविड ३६, पाकिस्तानका युनिस खान, भारतका सुनिल गाभस्कार, वेस्टइन्डिजका ब्रायन लारा र श्रीलंका महेला जयवर्धनले ३४/३४ शतक प्रहार गरेका छन् ।



लर्ड्समा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो इनिङमा ४२७ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका जो रुट १४३ र तीव्र गतिका बलर गस एट्किन्सनले ११८ रनको शतकीय इनिङ खेल्दै बलियो योगफलमा पुर्‍याएका थिए । श्रीलंकाका तीव्र गतिका बलर असिथा फ्रेनान्डोले सर्वाधिक ५ विकेट लिएका थिए ।

श्रीलंका पहिलो इनिङमा १९६ रनमा अल आउट भएको थियो । कामिन्दु मेन्डिसले सर्वाधिक ७४ रन बनाएका थिए । रुटको कीर्तिमानी शतकको सहयोगमा इंग्ल्यान्ड २५१ रनमा अल आउट भएको थियो । ४८३ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका तेस्रो दिनको समाप्तिमा ५३-२ को अवस्थामा छ । पहिलो टेस्टमा इंग्ल्यान्ड ५ विकेटले विजयी भएको थियो । तेस्रो टेस्ट ६ सेप्टेम्बरदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित