मुख्य समाचार
प्रिमियर लिगमा हालाण्डको गोल्डेन सुरुवात
प्रिमियर लिगमा हालाण्डको गोल्डेन सुरुवात

। म्यानचेस्टर सिटीका युवा फरवार्ड एर्लिङ हालाण्डले प्रिमियर लिग सिजन २०२४÷२५ मा उत्कृष्ट सुरुवात गरेका छन् ।

हालाण्डले सुरुवाती तीन खेलमा दुई ह्याट्रिकसहित ७ गोल गर्दै प्रिमियर लिगमा उत्कृष्ट सुरुवात गर्न सफल भएका हुन् । उनको उच्च प्रदर्शनमा म्यानचेस्टर सिटी तीन खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ ।


हालाण्डले यस सिजनको पहिलो खेल १८ अगष्टमा स्ट्यामफोर्ड ब्रिज लन्डनमा चेल्सीविरुद्ध १८ औं मिनेटमा बेर्नार्डो सिल्भाको असिस्टमा गोल गर्दै सुरुवात गरेका थिए । यो खेलमा म्यानचेस्टर सिटीले २–० को अन्तरले जित हात पारेको थियो । सिटीको थप एक गोल ८४ औं मिनेटमा मटेओ कोभासिकले गरेका थिए ।

दोस्रो खेलमा म्यानचेस्टर सिटीले २४ अगष्टमा घरेलु रंगशाला इत्तेहादमा इप्सविब टाउन फुटबल क्लबमाथि ४–१ को शानदार जित हात पारेको थियो । उक्त खेलमा हालाण्डले १२ औं, १६ औं र ८८ औं मिनेटमा गोल गरेका थिए ।



१२ मौं मिनेटमा हालाण्डले पेनाल्टीमा गोल गर्दैै १–१ को बराबरीमा पुर्‍याएका थिए । उक्तको गोलको दुई मिनेटपछि सिटीका केभिन डे ब्रुएनले गोल गर्दै २–१ को अग्रता दिलाएका थिए ।

१६ औं मिनेटमा ब्रुएनले दिएको असिस्टमा हालाण्डले गोल गर्दै खेल ३–१ को अवस्थामा पुर्‍याएका थिए । खेलको अन्तिम समय ८८ औं मिनेटमा हालाण्डले गोल गर्दै सिरिजमा आफ्नो पहिलो ह्याट्रिक पूरा गरे ।

त्यसको एक हप्तापछि ३१ अगष्टमा वेस्ट ह्यामलाई ३–१ ले हराउन हालाण्डले ह्याट्रिक गरेका थिए । हालाण्डले खेलको १० औं मिनेटमा बेर्नार्डो सिल्भाको असिस्ट, ३० औं रिको लेविसको असिस्ट र ८३ औं मिनेटमा म्याथ्युज नुनेसको असिस्टमा गोल गरेका थिए ।

‘मलाई राम्रो लागेको छ । यसले उर्जावान पनि गराएको छ । मसँग लामो छुट्टी र प्रिसिजन थियो । अव म थपका लागि तयार छ’, हालाण्डले भने । म्यानचेस्टर सिटीका म्यानेजर पेप गार्डिओलाले हालाण्डको प्रदर्शनलाई बताउने कुनै शब्द नभएको बताएका छन् ।

यस सिजनमा उनीपछि चेल्सीका नोनी माडुके र ब्रेन्टफोर्डका ब्रायनले ३–३ गोल गरेका छन् । प्रिमियर लिग इतिहासमा उनको यो समग्रमा आठौं ह्याट्रिक हो । सर्वाधिक ह्याट्रिक सर्जियो अगुएरोले १२ पटक गरेका छन् ।

सुरुवाती तीन खेलमा दुई ह्याट्रिकसँगै हालान्डले ३० वर्ष पुरानो कीर्तिमान बराबर गरेका छन् । उनी सन् १९९४/९५ को संस्करणमा ब्राडफोर्ड सिटीका पल जेवेलपछि सुरुवाती तीन खेलमा दुई ह्याट्रिक गर्ने खेलाडी बनेका छन् ।

प्रिमियर लिगमा हालाण्डको डेब्यू संस्करण २०२२/२३ देखि नै शानदार रेकर्ड छ । डेब्यू प्रिमियर लिग सिजनमा उनले ३५ खेलमा ३६ गोल गर्दा ८ असिस्ट दिएका थिए । गतवर्ष म्यानचेस्टर सिटीलाई च्याम्पियन बनाउन उनले ३१ खेलमा २७ गोल गर्दा ५ असिस्ट दिएका थिए ।

नर्वेली फरवार्डले म्यानचेस्टर सिटीबाट प्रिमियर लिगका पछिल्ला दुबै गोल्डेन बुट जितेका छन् । यस सिजनको सुरुवातमा गोल्डेन सुरुवात गर्दै बुटमा ह्याट्रिकको सम्भावना देखाएका छन् । त्यस्तै उनले २०२२/२३ को प्रिमियर लिगमा प्लेयर अफ द सिजन पनि चुनिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित