मुख्य समाचार
बार्सिलोनाको ७ गोल, राफिन्हाको ह्याट्रिक
बार्सिलोनाको ७ गोल, राफिन्हाको ह्याट्रिक

। स्पानिस ला लिगामा बार्सिलोनाले रियल भाल्लाडोलिडलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

जसमा राफिन्हाले ह्याट्रिक गर्दा रोवर्ट लेवान्डोस्की, जुल्स कुन्डे, डानी ओल्मो र फेरान टोरेसले एक/एक गोल गरे ।




घरेलु मैदानमा भएको खेलको २०औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि नै लेवान्डोस्कीले अग्रता दोब्बर पारे ।

जुल्स कोन्डे पहिलो हाफको इन्जुरी टाइममा गोल गरेपछि बार्सिलोनाले ३-० को अग्रता बनायो ।



६४औं मिनेटमा राफिन्हाले लेवान्डोस्कीको पासमा व्यक्तिगत दोस्रो गोल गरे । ७२औं मिनेटमा राफिन्हाले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले ५-० को अग्रता बनायो ।

त्यसपछि ओल्मोले ८२औं र फेरान टोरेसले ८५औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले फराकिलो अन्तरले जित निकालेको हो ।

नयाँ सिजनमा राम्रो सुरुवात गरेको बार्सिलोनाको यो लगातार चौथो जित हो । चार खेलबाट १२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमै आसिन छ ।

समान खेलबाट एट्लेटिको मड्रिड ८ अंकसहित दोस्रो स्थानमा छ । समान ८ अंक नै रहेको भियारियाल तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित