मुख्य समाचार
युनाइटेडको घरेलु मैदानमा लिभरपुलको ३ गोल
युनाइटेडको घरेलु मैदानमा लिभरपुलको ३ गोल

। प्रिमियर लिगमा आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेष्टर युनाइटेडलाई उसैको मैदानमा ३-० ले पराजित गरेको छ ।

लिभरपुलका लागि लुइस डियाजले दुई गोल गरे । यस्तै मोहमद सालाहले एक गोल र दुई असिस्ट गरे ।

युनाइटेड भने घरेलु मैदानमा लिभरपुलसँग निरिह बन्यो ।

खेलको सातौं मिनेटमै ट्रेन्ट अलेजान्डर बर्नोल्डले गोल गरेपछि भिएआरले मान्तया नदिँदा लिभरपुले अग्रता लिने अवसर गुमाएको थियो ।



तर, लुइस डियाजले ३५औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । डियाजले नै ४२औं मिने६मा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । दुवै गोलका लागि सालाहले असिस्ट गरेका थिए ।

सालाहले ५६औं मिनेटमा आफैं गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए । तीन गोलले पछि परेको युनाइटेडले गोल फर्काउने प्रयास गरेपनि सफल भएन ।

नयाँ सिजन लगातार तेस्रो जित हात पारेको लिभरपुलले ९ अंक जोडेको छ । शीर्ष स्थानको म्यानचेष्टर सिटी समान अंक जोडेपनि लिभरपुल गोल अन्तरमा पछि रहँदै दोस्रोमा छ ।

दोस्रो हार व्यहोरेको युनाइटेड भने ३ अंकसहित १४औं स्थानमा छ ।

लिगकै अन्य खेलमा न्यूक्यासल युनाइटेडले टोटनहमलाई २-१ ले पारजित गर्दा चेल्सी र क्रिस्टल प्यालेसले १-१ को बराबरी खेलेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित