मुख्य समाचार
पदभार सम्हाल्दै दिनेश डिसीले भने- जागिर खान हैन, काम गर्न आएको हुँ
पदभार सम्हाल्दै दिनेश डिसीले भने- जागिर खान हैन, काम गर्न आएको हुँ

। चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले सोमबार पदभार ग्रहण गरेका छन् । कार्यकक्षमा प्रवेश गर्ने बित्तिकै उनले श्रीमद् भागवत् गीतालाई ढोग्दै संस्कृतमा मन्त्रोच्चारण गरे ।

त्यसपछि पहिलो कार्यस्वरुप एक फिल्मको निर्माण इजाजत पत्रमा हस्ताक्षर गरे । मिडियालाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले आफू जागिर खान नभई काम गर्न आएको बताए ।

उनले भने, ‘बोल्ने काम जिन्दगीमा धेरै गरियो । बोलेरै चलचित्र निर्देशन, निर्माण गरेको हो । खेलेको हो । यो पटक चाहिं म काम गर्न आएको छु । यसपटक मेरो एउटै स्टेटमेन्ट, म जागिर खान हैन, काम गर्न आएको हो ।’


उक्त अवसरमा उनले कर्मचारीलाई केही निर्देशन समेत दिए ।

डिसी चलचित्र विकास बोर्डको चावहिलस्थित कार्यालयमा पुग्दा बोर्डका कर्मचारी र चलचित्रकर्मीले स्वागत गरेका थिए । उनको स्वागतको लागि बोर्डले बोर्डको हलमा समारोह समेत आयोजना गरेको छ ।

उक्त समारोहमा चलचित्र संघसंस्थाका प्रमुख र प्रतिनिधिले शुभकामना दिएका छन् । अध्यक्ष डिसीले आजको एक दिनमा मात्र शुभकामना लिने बताएका छन् । लामो समयदेखि सञ्चारकर्म सहित फिल्ममा सक्रिय डिसीलाई गत बिहीबार मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको थियो ।

‘बक्स अफिस र बजारीकरणका एजेण्डामा १०० दिनमा बोल्छु’

सात दिन म अध्ययन गर्छु । यो अवधिमा म पूर्वसञ्चारमन्त्री, सचिव, पूर्वसदस्यसचिव, पूर्वबोर्डका सदस्यसँग के हुन गयो त भन्नेबारेमा कुरा बुझ्छु । साथै, अहिले नियमित फिल्म बनाइरहेका निर्माता, वितरक र निर्देशकसँग पनि कुराकानी गर्छु । अन्तर्राष्ट्रियरुपमा फिल्म वितरण गरिरहेकालाई पनि भेट्छु ।

हामी व्यक्तिगत रुपमा काम त गरिरहेका छौं तर एक हुन सकेका छैनौं । एकता गराउने काम बोर्डको हो । बोर्डले गर्छ । जिरोबाट काम सुरु गर्ने हो । यो प्रक्रियामा मलाई नियुक्ति दिने संस्था र मलाई रिकमेन्ड गर्ने संस्थाको एजेण्डा कार्यान्वयन गर्ने प्रक्रियामा स्वदेशी फिल्मको हित र प्रवर्धनमा काम गर्ने क्रममा कहींकतै ढिलासुस्ती र असहयोग गरेको महसुस भएको दिन नियमानुसार उहाँहरुलाई पावरलेस गर्नुपर्ने हो कि सचेतना गराउनुपर्ने नियममा म तत्काल एक्सनमा जान्छु ।

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँछु । भ्रष्टाचार भएको थाहा पाएको ३० मिनेटमा उहाँलाई पावरलेस गरिनेछ । बक्स अफिस, बजार व्यवस्थापन, अन्तर्राष्ट्रियकरणका मुद्दा र वितरणका यी चार एजेण्डामा म १०० दिनमा मिडियासँग बोल्छु ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ग्लोबल युट्युब स्टार मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले तीन बलिउड खान सुपरस्टारहरू शाहरुख, सलमान र आमिरलाई भेटेका छन् । उनले इन्स्टाग्राम स्टोरीमा यो फोटो पोस्ट गरेसँगै इन्टरनेटमा आँधी ल्याएको छ । बलिउडले पनि यो फोटोमाथि प्रतिक्रिया दिएको छ । मिस्टरबिस्टले इन्स्टाग्राम स्टोरीमा सेयर गरेको भाइरल तस्वीर अक्टोबर १६ मा साउदी अरेबियाको रियादमा भएको जोय फोरम २०२५ मा ...
। टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो । बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ ...
। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् । नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित ...
। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ । फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर ...
: ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्। बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ। शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान ...