मुख्य समाचार
कस्तो रह्यो ब्राजिलमा एक्स बिनाको पहिलो दिन ?
कस्तो रह्यो ब्राजिलमा एक्स बिनाको पहिलो दिन ?

। सामाजिक सञ्जाल एक्समाथि लगाएको प्रतिबन्धलाई लिएर प्रयोगकर्तासँगै राजनीतिकर्मीहरु विभाजित भएका छन् । आइतबार कयौं ब्राजिलियनहरुले एक्सको अभावमा विश्वबाट अलग भएको प्रतिक्रिया अरु सञ्जालमा व्यक्त गरेका छन् ।

ब्रालिलमा शनिबार विहानदेखि एक्स बन्द छ । वेबसाइट मात्र होइन, मोबाइल एप पनि चल्दैन । किनकी सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्डर डी मोरेसले दिएको समयसीमा अर्बपति मालिक एलन मस्कले कानुनी प्रतिनिधि राखेनन् ।




एक्सका लागि ब्राजिल ठूलो बजार हो । किनकी यहाँ लाखौं प्रयोगकर्ता छन् । एक अध्ययनका अनुसार ४० मिलियन ब्राजिलियन कम्तीमा महिनामा एक पटक एक्स चलाउँछन् । त्यही एक्समाथि प्रतिबन्ध लागेपछि चिको बार्नीले थ्रेड्समा लेखेका छन्, ‘यस्तो लागेको छ कि मलाई दुनियामा के भइरहेको छ, थाहा छैन ।’

अरु सञ्जालतिर आकर्षित भए प्रयोगकर्ता



पछिल्लो केही दिनमा अरु सामाजिक सञ्जालमा ब्राजिलियनहरुको उपस्थिति उल्लेख्य बढेको छ । एक्सको विकल्पका रुपमा गत वर्ष सञ्चालनमा आएको ब्लू स्काईमा लगभग २ लाख नयाँ प्रयोगकर्ता थपिएका छन् र, यो हरेक मिनेटमा बढ्दो छ ।

कम्पनीले शुक्रबार बताएअनुसार ब्राजिलका प्रयोगकर्ताहरुले फलो, लाइन जस्ता गतिविधिमा समेत रेकर्ड बनाएका छन् ।

सञ्जाल फेर्नु ब्राजिलका मानिसहरुका लागि असामान्य पनि होइन । कुनै समय ओरकुट प्रयोगकर्ता धेरै थिए, यो बन्द भएपछि सहजै अरु प्लाटफर्ममा गए । एक्स पनि फेसबुक, इन्टाग्राम, युट्युब र टिकटक जति लोकप्रिय छैन । तर राजनीतिक बहसका लागि एक्स महत्वपूर्ण प्लाटफर्म थियो, जहाँ राजनीतिकर्मी, पत्रकार र ओपेनियन मेकरहरु प्रभावशाली छन् ।

हास्य व्यग्यका लागि पनि एक्स नै रोजिन्थ्यो । ब्राजिलमा निकै भाइरल भएका मिमहरु अरु सञ्जालमा भन्दा पहिला एक्समा पोष्ट हुन्थे ।

के हो मस्क र मोरेसको विवाद ?

यो विवाद अप्रिलमा सुरु भएको थियो, जब न्यायाधीशले गलत सूचना फैलाएको भन्दै दर्जनौं एक्स एकाउन्ट बन्द गर्न आदेश दिए । यसको जवाफमा मस्कले भने, ‘स्वतन्त्र अभिव्यक्ति लाकेतन्त्रको आधारशीला हो । ब्राजिलमा अनिर्वाचित छद्म न्यायाधीशले राजनीतिक दबाबमा यसलाई नष्ट गर्दैछन् ।’

२०२२ को राष्ट्रपति चुनावताका गलत सूचनाको बाढी नै आयो, ब्राजिलको सर्वोच्च अदालतले इन्टरनेटमा फैलिएका त्यस्ता सामाग्री हटाउन आदेश दिने अधिकार न्यायाधीश मोरेसलाई दिएको थियो । उनले आक्रामक अभियान चलाए, जसका कारण सामाजिक सञ्जालहरु हजारौं पोष्ट हटाउन बाध्य भएका छन् ।

हालैका महिनाहरुमा एलन मस्कले न्यायाधीश मोरेसको चर्को आलोचना गरे । जवाफमा मोरेसले मस्कलाई संघीय जाँचमा सहभागी हुन दबाब बढाए । दबाब बढ्दै गएपछि एक्सले गत महिना ब्राजिलका लागि कानुनी प्रतिनिधिलाई हटायो ।

बुधबार राति स्थानीय समयअनुसार ८ः०७ मा न्यायाधीश मोरेसले २४ घन्टाभित्र नयाँ कानुनी प्रतिनिधि नियुक्त गर्न आदेश दियो । त्यसो नगरे आगामी अक्टोबरमा हुने नगर चुनावमा समस्या आउने स्थानीय अधिकारीहरुको बुझाइ थियो ।

साथै १८.५ मिलियन जरिवाना तोकियो । तर एक्सले कानुनी प्रतिनिधि नियुक्त गरेन, बरु ब्राजिलमा रहेको कार्यालय बन्द गर्‍यो ।

त्यसको प्रतिउत्तरमा न्यायाधीश मोरेसले शुक्रबार एक्समाथि पूर्ण प्रतिबन्ध लगाए ।

अब ब्राजिलमा कसैले भीपीएन प्रयोग गरेर एक्स चलाउँछ वा चलाउने कोसिस गर्छ भने प्रतिदिन ९ हजार डलर जरिवाना तिर्नुपर्ने पर्छ । यो रकम औषत ब्राजिलियनको एक वर्षको कमाई बराबर हुन्छ । त्यहाँको बार एशोसिएसनले वक्तव्य जारी गर्दै जरिवाना पुनरावलोकन गर्न अपील गरेको छ ।

साथै ब्राजिलमा मस्कको स्याटलाइट इन्टरनेट फर्म स्टारलिंकको बैंक खाता समेत रोक्का गरिएको छ ।

स्टारलिंकमा मस्कको ४० प्रतिशत लगानी छ, जसलाई तत्कालीन राष्ट्रपति बोल्सेनारोले सञ्चालन अनुमति दिएका थिए ।

२०२२ को चुनावमा बोल्सेनारोलाई हराएका राष्ट्रपति लुइस इनासियो लूला दा सिल्भाले भने अदालतको आदेशको समर्थन गरेका छन् । ‘धेरै पैसाले ब्राजिलको कानुनको अनादर गर्ने अनुमति दिँदैन’ उनले एक रेडियोसँग भनेका छन्, ‘एलन मस्क अमेरिकी नागरिक हुन्, दुनियाँका होइनन् ।’

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। टिकटकले ‘इलेक्सन सेन्टर’ सुरु भएको जनाएको छ । एपभित्र उपलब्ध यो विशेष केन्द्रले आगामी आम निर्वाचनअघि प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको प्लाटफर्मले जनाएको छ । सन् २०२० देखि विश्वभर २०० भन्दा बढी निर्वाचनमा टिकटकले सञ्चालन गर्दै आएका निर्वाचनको निष्पक्षता र नैतिकता कायम गर्ने प्रयासको निरन्तरतास्वरूप यो पहल सुरु ...
। रुसको इन्टरनेट नियामक निकाय ‘रोस्कोमनाद्जोर’ ले टेलिग्राम म्यासेन्जर प्लेटफर्मको गति जानाजान सुस्त बनाएको छ। रुसी कानुनको उल्लङ्घन गरेको आरोप लगाउँदै मस्कोले आफ्ना नागरिकहरूलाई राज्यको कडा निगरानीमा रहने घरेलु अनलाइन सेवा ‘म्याक्स’प्रयोग गर्न बाध्य पार्ने प्रयास गरिरहेको छ। रोस्कोमनाद्जोरले, टेलिग्रामले प्रयोगकर्ताको डाटा रूसभित्रै भण्डारण गर्नुपर्ने र आपराधिक तथा आतङ्कवादी उद्देश्यका लागि हुने प्रयोगलाई रोक्नुपर्ने कानुनको पालना नगरेको ...
— युरोपियन यूनियन (इयू)ले समाजिक सञ्जाल टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’ लाग्ने खालका डिजाइन परिवर्तन गर्न वा इयूको डिजिटल सामग्री नियमहरूअन्तर्गत भारी जरिवानाको जोखिम लिन तयार रहन निर्देशन दिएको छ । दुई वर्षअघि खोलिएको अनुसन्धानको प्रारम्भिक निष्कर्षमा इयूले टिकटकले विशेष गरी नाबालिग र कमजोर वयस्कहरूमा एपको नकारात्मक प्रभावलाई सम्बोधन गर्न प्रभावकारी कदम नचालेको बताएको छ। लत लाग्ने खालका ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताएका छन् । बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २२ औं वार्षिकोत्सवमा उनले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म टेलिकमले सञ्चारको पहुँच विस्तार गर्दै आएको बताएका हुन् । प्राकृतिक विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थाहरूमा टेलिकमले खेलेको भूमिका स्मरणीय र प्रशंसनीय ...
— सन् २०२४ को सुरुमा एप्पललाई उछिन्दै विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी बनेको माइक्रोसफ्ट केही सातायता निरन्तर दबाबमा छ । गत बिहीबार कम्पनीले एकै दिन करिब ४ खर्ब अमेरिकी डलर गुमाएको थियो । मानव बेचबिखन तथा बाल यौन अपराधी ठहर भएका जेफ्री एप्स्टिनसँग जोडिएका फाइलमा माइक्रोसफ्टका संस्थापक बिल गेट्सको नाम रहेको खबरपछि कम्पनीको छविमा थप नकारात्मक प्रभाव परेको छ । पछिल्लो ...