: राजधानीमा जारी एन्फा महिला लिगमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले बराबरी खेलेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा चन्द्रपुर र कर्णालीले १–१ गोलको बराबरी खेलेका हुन्। खेलको सातौ मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। तर पहिलो हाफको इन्जुरी समयमा चन्द्रपुरकी रजनी थोकरले गोल गर्दै बराबरी गर्न सफल भइन्।
दोस्रो हाफमा कुनै गोल गर्न नसकेपछि दुवै टोलीले समान १–१ अंक बाँडेका थिए। एन्फाको आयोजनामा जारी लिगमा लिगमा १० टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख नगद पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ।