मुख्य समाचार
मुना पाण्डे प्रकरण: आरोपी पक्राउ पर्दा लगाएको कपडामा रगत र गाडीमा हतियार भेटियो
मुना पाण्डे प्रकरण: आरोपी पक्राउ पर्दा लगाएको कपडामा रगत र गाडीमा हतियार भेटियो

। अमेरिकाको ह्युस्टनमा २१ वर्षीया नेपाली किशोरी मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका बबी सिंह शाहको साथबाट प्रहरीले हतियार पनि बरामद गरेको खुलेको छ ।

अघिल्लो साता सोमबार अमेरिकी समयअनुसार बेलुकी साढे ५ बजे पाण्डेलाई उनको अपार्टमेन्टमै गोली हानी हत्या गरिएको थियो । प्रहरीले हत्यामा सर्भिलेन्स क्यामराको फुटेजका आधारमा एक जना संदिग्ध व्यक्तिको तस्वीर सार्वजनिक गर्दै उनीबारे सूचना मागेको थियो ।




त्यसक्रममा प्रहरीले बबी सिंह शाह नामक व्यक्तिलाई पक्राउ गरेको छ । ह्युस्टन प्रहरी प्रवक्ताका अनुसार सीसी टीभीमा मुनाको अपार्टमेन्टबाट निस्किंदै गरेको देखिएका व्यक्ति शाह नै थिए ।

प्रहरीले शाहलाई बुधबार अपराह्न ह्युटनको उत्तरपश्चिम क्षेत्रमा रहेको ट्राफिक स्टपबाट नियन्त्रणमा लिइएको प्रहरीले भनेको छ । सीसी टीभीमा देखिएकै कपडा लगाएको अवस्थामा उनी पक्राउ परेको अदालतमा भएको सुनवाइका क्रममा अभियोजनकर्ता पक्षका वकिलहरुले जिकिर गरेका छन् ।



प्रहरीलाई उद्धृत गर्दै वकिलहरुले भनेका छन्, ‘दुई दिनपछि पक्राउ पर्दा पनि उनी रगतका छिटाहरु भएको कपडामै थिए, जुन पाण्डेको अपार्टमेन्टको सीसी टीभीमा पनि देखिएको थियो ।’

प्रहरी अधिकारीहरुले उनको कारमा पाण्डेको हत्यामा प्रयोग भएको पेस्तोल पनि बरामद गरेको अभियोजक पक्षका वकिलहरुले अदालतमा बताएका छन् । ‘उनलाई तीन राउण्ड गोली हानिएको थियो, त्यसमध्ये एउटा पछाडिबाट टाउकोमा लागेको थियो’, अदालतमा भएको बहसमा वकिलहरुले भनेका छन् ।

अभियोजक पक्षका वकिलहरुले गरेको बहस सुनेपछि न्यायाधीशले बबीलाई जमानतमा छाड्न अस्वीकार गरेका थिए । बबी पक्षका वकिलहरुले भने शाह अदालतमा उच्च मनोबलका साथ उभिएको भन्दै उनी शतप्रतिशत निर्दोष रहेको दाबी गरेका थिए ।

‘उनी भारतीय मूलका हुन् र बाल्यकालमै अमेरिका आएका थिए, उनी एउटा कम्पनीमा भाइस प्रेसिडेन्ट छन्’, बबी पक्षका वकिलको जिकिर छ, ‘मलाई त्यो कम्पनीको नाम भन्ने स्वतन्त्रता त छ, उनी एकदमै स्मार्ट, शिक्षित र बहुत स्पष्ट वक्ता हुन् ।’

तर, अभियोजक पक्षका वकिलहरुले पाण्डेको घरमा रहेको सर्भिलेन्स क्यामराको फुटेज पनि देखाए । जसमा उनी जुत्ताको बक्स, सपिङ गर्ने झोला, कालो ज्याकेट र पर्स बोकेर उभिएकी छन् ।

त्यसक्रममा शाहले पटक पटक उनलाई ढोका खोल्न भनेका छन् । त्यसबेला पाण्डेले ‘ह्वाट आर यु गोइङ टु डु ? (के गर्न लागेको ?)’ भन्दै प्रश्न गरेको सुनिने भनिएको छ ।

तर, पाण्डे बाहिर निस्किनेबित्तिकै शाह उनलाई धकेल्दै भित्र प्रवेश गरेर ढोका बन्द गरेका थिए । यहीबीच मुनाकी आमा अनिता पाण्डे अमेरिका जाँदैछिन् । उनले आफ्नो छोरीको हत्यामा संलग्न शाहलाई अधिकतम सजाय हुनुपर्ने माग गरेकी छन् । अमेरिका नेपाली समुदायका व्यक्तिहरु अदालतमा बहस हुँदा भित्रै पुगेका थिए ।

‘म कल्पना मात्र गर्न सक्छु, मुनाकी आमालाई के बितिरहेको छ, त्यसैले म के चाहन्छु भने उहाँ यही आउनुहोस् र के भइरहेको छ भन्ने सबै थाहा पाउनुहोस्’, अभियोजन पक्षकी वकिल रेबेका मार्सलले सुनुवाइपछि पत्रकारहरुसँग भनेकी छन् ।

मुना सन् २०१२ मा स्नातक तह अध्ययनका लागि अमेरिका गएकी थिइन् । विद्यार्थी भिसामा अमेरिका गएकी उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । स्थानीय एक स्टोरमा समेत उनी काम गर्दै आएकी थिइन् ।

त्यसअघि उनले काम गरेको रष्टुरेन्टमा बबी पनि नियमित जाने गर्थे । मुनाकी साथी आरुसा निरौलाले आफ्नो साथीमाथि सोच्नै नसकिने घटना भएको भन्दै न्यायको माग गरेकी छन् ।

उनले फेसबुकमा पोष्ट गर्दै लेखेकी छन्, ‘मेरो प्रिय साथी, पूर्वरुममेट दुखद् रुपमा हामीबाट खोसिएकी छन्, यस्तो बीभत्स रुपमा भएको साथीको हत्या सहन सक्ने किसिमको छैन ।’

उनकी आमा अनिताका अनुसार, दुई दिनदेखि मुनाको मोबाइलमा सम्पर्क भइरहेको थिएन । मुनाको स्थायी थलो भोजपुर हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मलेसियामा हाल १ लाखभन्दा बढी नेपाली सुरक्षा गार्ड कार्यरत छन् । महिनाको ३० दिन नै हरेक दिन १२ घण्टा ड्युटीमा खटिएर, ठुल्ठुलो भवनदेखि स–साना क्षेत्रको सुरक्षामा अहोरात्र खटिएका हुन्छन् । तर, मलेसियाको सुरक्षामा अहोरात्र खटिने नेपाली सुरक्षा गार्डहरू भने नारकीय जीवन भोग्न बाध्य छन् । महिनामा ३० दिन नै काम गर्नुपर्ने बाध्यता एकातिर छ भने ...
। बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी रहेको भन्दै भोक हड्ताल नगर्न आग्रह गरेको छ । ब्रिटिश गोर्खा संयुक्त संघर्ष समिति यूके–नेपालका तर्फबाट बेलायती प्रधानमन्त्री किअर स्टारमर तथा रक्षा मन्त्रालय अन्तर्गत भेट्रान्स मन्त्री लुइस स्यान्डर–जोन्सलाई पठाइएको एक अल्टिमेटम पत्रको जवाफ दिंदै जोन्सले सो कुरा बताएकी हुन् । भूतपूर्व गोर्खाहरुले उठाउँदै आएको समान ...
। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन(इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी भएकामा रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई इन्टरपोलको समन्वयमा विभिन्न देशबाट पक्राउ गरी स्वदेश ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी ...
। भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा परेर ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ । बेपत्ता भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएको हो । यससँगै मृतकको संख्या चार पुगेको छ । यही माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विष्फोट हुँदा खोटाङकै बराहपोखरी गाउँपालिका-१ ...
: अस्ट्रेलियामा गाडी दुर्घटना हुँदा एक नेपाली महिलाको मृत्यु भएको छ। अष्ट्रेलियाको पर्थमा शुक्रबार राति अनियन्त्रित भएर कार घरभित्र पस्दा नेपाली महिलाको मृत्यु भएको हो। अस्ट्रेलियाको सञ्चारमाध्यमका अनुसार दुर्घटनामा ५३ वर्षीया नेपाली महिला विष्णुकुमारी गुरूङको मृत्यु भएको हो। विष्णुकुमारी नेपालबाट घुम्न तिन दिन पहिलेमात्रै अष्ट्रेलिया पुगेकी थिइन्। उनी छोरी ज्वाइँको घरमा बस्दै आएकी थिइन्। उनी ...