मुख्य समाचार
अनुशा बास्केटबल टिमको नयाँ कप्तान
अनुशा बास्केटबल टिमको नयाँ कप्तान

। नेपाली महिला बास्केटबलको नयाँ कप्तानमा अनुशा मल्ल ठकुरी नियुक्त भएकी छन् । नेपाल बास्केटबल संघ (नेबा) ले यही सेप्टेम्बरमा भुटानमा हुने ट्राई नेसन्स महिला बास्केटबल प्रतियोगिताको लागि अनुशालाई कप्तान चयन गरेको हो ।

नेबाले मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत अनुशालाई कप्तान नियुक्त गरिएको जनाएको छ । नेबाका अध्यक्ष भीमसिंह गुरुङले हाल टोलीमा रहेका खेलाडीमध्ये अनुभवी अनुशालाई नेतृत्वको जिम्मेवारी दिएको बताए ।

करिब एक दशकदेखि नेपाली टिममा रहेकी अनुशा मल्ल अहिले टिममा सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन् । सन्२०१२ देखि नेपालको लागि खेल्न थालेकी अनुशाले दुई पटक साबा बास्केटबलमा रजत जितेकी छन् ।

यस्तै २०१९ मा भएको १३औं सागमा नेपालले रजत जित्दा उनी टिमको सदस्य थिइन् । अनुशाले यसअघि सन् २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा नेपालको थ्री बाई थ्री टिमको कप्तानी गरेकी थिइन् ।



यसअघि उनी राष्ट्रिय टिमकी उपकप्तान समेत थिइन् । पहिलो पटक फुल कोर्टको टिमको कप्तानी सम्हान लागेकी अनुशाले त्यो जिम्मेवारी राम्रो पूरा गर्न प्रयास गर्ने बताइन् । ‘मेरो कप्तानीमा जिम्मेवारी धेरै छ । टिमलाई लिड गर्ने देखि अन दी कोर्ट र अफ द कोर्ट लिड गर्नुपर्छ’, उनले भनिन्, ‘राम्रो लिडर भएर देखाउन सक्दो प्रयास गर्नेछु र टिमवर्कको रुपमा राम्रो नतिजा ल्याउने आशा छ ।’

नेपाल, भुटान र बंगालदेश सम्मिलित ट्राई नेसन्स कप बास्केटबल यही सेप्टेम्बर २५ देखि सुरु हुनेछ । जहाँ नेपालले उपाधि जित्ने लष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित