मुख्य समाचार
बिदाको दिन ओपीडी सञ्चालन गर्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति
बिदाको दिन ओपीडी सञ्चालन गर्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति

। सार्वजनिक बिदाको दिनमा पनि सरकारी अस्पतालमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारले दिएको निर्देशनप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दैै सरकारले गरेको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको बताएका छन् । उक्त निर्णय तुरुन्तै फिर्ता लिन पनि माग गरेका छन् ।




सरकारी अस्पतालमा २०४८ सालदेखि दरबन्दी थप नभएको र अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक जनशक्ति तथा सेवा सुविधा न्यून रहेको डा. तिवारीले बताए ।

स्वास्थ्यकर्मीलाई आराम गर्नका लागि हप्ताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहेको तर नेपालमा सार्वजानिक बिदाको दिनमा पनि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गर्नु अवैज्ञानिक भएको संघको ठहर छ ।



‘स्वास्थ्यकर्मीलाई पर्याप्त आराम गर्न नदिई अन्तर्राष्ट्रिय अभ्यास विपरीत बिदाका दिनमा समेत बहिरंग सेवा सञ्चालन भएको खण्डमा स्वास्थ्यकर्मीहरुमा शारीरिक तथा मानसिक तनाव बढेर जाने हुँदा गुणस्तरीय सेवामा असर पर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘बिरामीको स्वास्थ्यमा थप प्रतिकुल असर पर्ने सम्भावना रहेको अनुसन्धानबाट पुष्टि भइसकेको छ ।’

कामको अत्यधिक बोझ र अरु तनावले गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको परिवारमा असमझदारी, वैवाहिक जीवनमा तनाव तथा सम्बन्ध विच्छेदका घटनासमेत भएको संघले जनाएको छ ।

कतिपय स्वास्थ्यकर्मीमा अत्यधिक तनावका कारण मानसिक समस्याको जोखिम बढिरहेको भन्दै चिकित्सक संघले बिदाको दिनमा समेत थप कार्यबोझ थप्ने निर्णयले स्वास्थ्यकर्मीलाई ठूलो अन्याय गरेको निष्कर्ष निकालेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यकर्मीहरुलाई पनि अन्य पेशाकर्मीलाई जस्तै आफ्नो कार्यकुशलताको पूर्ण प्रयोग गर्दै गुणस्तरीय सेवा प्रवाह गर्नका लागि बिदा अपरिहार्य रहेको कुरालाई नकार्न सकिँदैन ।’

७ भदौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्वास्थ्य मन्त्रालयमा पत्र लेखी सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्न आग्रह गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले सोमबार स्वास्थ्य संस्थालाई एक परिपत्र गर्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तत्कालीन नेकपा (माओवादी) आधार क्षेत्र रोल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनसँग प्रतिस्पर्धा गर्न कांग्रेसले अर्थविद्लाई अघि सारेको छ । विगतमा अर्थमन्त्री समेत बनेका नेकपाका नेता पुनसँग प्रतिस्पर्धा गर्न कांग्रेसले अर्थशास्त्रीलाई नै अघि सारेको छ । कांग्रेसबाट उम्मेदवार बनेका डा. सुदनकुमार वली मानवीय पुँजी निर्माण, स्थानीय अर्थतन्त्र लगायतमा दख्खलता राख्छन् । बेइजिङबाट पीएचडी ...
: राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर थाापा, नेकपा एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन्। तीन पदका लागि आइतबार भएको निर्वाचनमा पोर्तेल र मेचे निर्वाचित भएका हुन्। थापा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। कांग्रेस, एमाले र जनता समाजवादी पार्टी मिलेर बनेको गठबन्धनको तर्फबाट खुलामा उम्मेदवारी दिएका थापा ...
— काठमाडौंस्थित द्वारिका फाउण्डेसनले हेटौंडा सामुदायिक आँखा अस्पताललाई उपकरण खरिद गर्न ३७ लाख रुपैयाँ सहयोग गरेको छ। होटल व्यवसायी द्वारिका श्रेष्ठको स्मृतिमा स्थापना गरिएको द्वारिका फाउण्डेसनकोतर्फबाट उनकी छोरी संगिता श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेकी हुन् । श्रेष्ठले शुक्रबार तिलगंगा आँखा अस्पतालका निर्देशक एव हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धि श्रेष्ठ र हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रम्खु नेत्र ...
— दाङ सहयोगापेक्षी सडक मानवमुक्त घोषणा भएको छ। सडकमा अलपत्र मानिसहरुलाई आश्रम तथा परिवारमा पुनर्मिलन गराएर बुधबार दाङलाई सडक आश्रित मानवमुक्त जिल्ला घोषणा गरिएको हो । घोराहीमा कार्यक्रम आयोजना गरी जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले दाङलाई सडकमा आश्रित मानवमुक्त जिल्ला घोषणा गरेका छन्। सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकारको कार्यान्वयन गर्न स्थानीय सरकार रसामाजिक संघसंस्थाहरुको सहकार्यमा दाङलाई ...
— आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसीमा थप गर्नुपर्ने भन्दै निर्वाचन आयोगमाथि दबाब बढेको छ । माघ ६ मा तोकिएको मनोनयनका लागि समय अभाव हुनुका साथै नेपाली कांग्रेससमेत विवादमा रहेकाले सार्नुपर्ने भन्दै दबाब आएको निर्वाचन आयाेगका एक पदाधिकारीले बताए । आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेर म‌ंगलबार नै सुनुवाइको पहिलाे ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम