मुख्य समाचार
राहुल द्रविड राजस्थान रोयल्सको मुख्य प्रशिक्षक बन्ने
राहुल द्रविड राजस्थान रोयल्सको मुख्य प्रशिक्षक बन्ने

। भारतीय पूर्व टी-२० विश्वकप विजेता प्रशिक्षक राहुल द्रविड इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टोली राजस्थान रोयल्सको मुख्य प्रशिक्ष बन्ने भएका छन् । राहुल द्रविड र राजस्थानबीच सम्झौताई भइसकेको इएसपिएनक्रिकइन्फोले जनाएको छ ।

द्रविड सन् २०१२ र २०१३ मा राजस्थानको कप्तान थिए । सन् २०१४ र २०१५ मा उनी राजस्थानको निर्देशक तथा मेन्टरको रुपमा काम गरेका थिए । त्यसपछि सन् २०१६ मा दिल्ली डेयरडेभिल्स (दिल्ली क्यापिटल्स)मा पुगेका उनी त्यसैवर्षदेखि नेशनल क्रिकेट एकेडेमी (एनसिए) मा मुख्य प्रशिक्षकको रुपमा २०२१ सम्म काम गरेका थिए ।


उनको प्रशिक्षकमा भारतले २०१८ मा यू–१९ विश्वकप उपाधि जितेको थियो । २०२१ मा द्रविड भारतको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । गत जुनमा आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई हराउदै उपाधि जिताएसँगै उनी भारतीय क्रिकेटबाट विदा भएका थिए ।

उनको मुख्य प्रशिक्षकमा भारत सन् २०२२ को टी९२० विश्वकपमा सेमिफाइनल, २०२३ को विश्व टेस्ट च्याम्पियनसिप फाइनल र एकदिवसीय विश्वकप फाइनल खेलेको थियो । गत नोभेम्बरमा घरेलु मैदानमा एकदिवसीय विश्वकपमा लगातार १० खेल जिते पनि अन्तिममा फाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।



राजस्थानले २००८ को पहिलो संस्करणको फाइनलमा चेन्नई सुपर किंग्सलाई ३ विकेटले हराउँदै उपाधि जितेको थियो । त्यसपछि २०२२ मा फाइनल खेलेपनि राजस्थान गुजरात टाइटन्ससँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित