मुख्य समाचार
अनुराग कश्यप र नवाजुद्दिन सिद्दिकी ‘शाम्बाला’ प्रिमियरका लागि काठमाडौं आउँदै
अनुराग कश्यप र नवाजुद्दिन सिद्दिकी ‘शाम्बाला’ प्रिमियरका लागि काठमाडौं आउँदै

। फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दिकी आउँदो शनिबार नेपाल आउने भएका छन् । आउँदो आइतबार फिल्मको प्रिमियर समारोह आयोजना गरिएको छ ।

निर्देशक तथा निर्माता मीनबहादुर भामका अनुसार यी दुई भारतीय कलाकारले फिल्म समेत हेर्नेछन् । अभिनेता सिद्दिकीले बर्लिनमै फिल्म हेरिसकेको र ठूलो पर्दामा हेर्ने इच्छा जनाएका निर्देशक भामले बताए ।




केही महिनाअघि नै कश्यप र सिद्दिकी नेपाल आउने बताइएपनि सोमबार मात्र आउने मिति तय भएको हो ।

‘शाम्बाला’ भदौ २८ देखि नेपालमा प्रदर्शन हुँदैछ । ‘शाम्बाला’ बर्लिन र लोकार्नो फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा गोरु जुधाइ प्रदर्शनी गरेर मनाउन लागिएको छ । माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ प्रदर्शनीका लागि यस वर्ष तारुका र वेत्रावतीमा पच्चीस हल गोरु दर्ता भएको आयोजक समितिले जनाएको छ । जिल्लाको ताकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा गोरु जुधाइ प्रदर्शनीका लागि १४ हल गोरु ...
। चलचित्र विकास बोर्डले नेपालमा छायांकन हुने विदेशी फिल्मका नेपाली व्यवस्थापकलाई सघाउने बताएको छ । चलचित्र विकास बोर्डमा आयोजित समारोहमा संचार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल र बोर्ड अध्यक्ष दिनेश डीसीले विदेशी फिल्म छायांकनका नेपाली व्यवस्थापकले राखेका गुनासा सुने । नेपालमा विदेशी फिल्मको छायांकनमा काम गरिरहेका झण्डै ३० जना सहजकर्ताले सम्बद्ध अधिकारीसँग गुनासा राखेका ...
। गत ४ डिसेम्बरमा भारतको हैदरावादस्थित सन्ध्या थिएटरमा भएको भागदौड घटनामा अभिनेता अल्लु अर्जुनलाई राहत मिलेको छ । उनले जमानतमा छुट पाएका छन् । भागदौड मामिलामा उनी डिसेम्बर १३ मा पक्राउ परेका थिए । भोलिपल्ट १४ डिसेम्बरमा उनी धरौटीमा रिहा भए । जमानतको शर्त अनुसार उनी हरेक आइतबार स्थानीय चिक्कडपल्ली प्रहरी चौकीमा हाजिर हुनुपर्ने थियो । साथै ...
: पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ सुरु गरेका छन्। विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरी अनुभव लिइसकेका युवाहरूले स्काई डाइभिङ थालेका हुन्। यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउँदै आएको भए पनि यसपटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराएका हुन्। सिम्रिक एयर र इन् स्काई डाइभ कम्पनीले पोखरामा स्काई डाइभिङ सुरु गरेका हुन्। शुक्रबारदेखि २१ जनवरीसम्म ...
: नेपाली साहसिक खेलकुदको इतिहासमा पहिलो पटक अनुभवी नेपाली प्रशिक्षकले पोखरामा स्काइडाइभिङ कार्यक्रम गर्ने भएका छन्। सिम्रिक एयरको आयोजनामा हजारौं सफल जम्प र दशकभन्दा बढी अनुभवी प्रशिक्षकहरूले नेपालको साहसिक पर्यटनमा नयाँ युगको सुरुवात गर्न लागेका हुन्। सिम्रिक एयर लिमिटेड विगत २२ वर्षदेखि नेपाली आकाशमा सुलभ र सुरक्षित हवाई सेवा प्रदान गर्दै आएको नेपालकै एक अग्रणी ...