मुख्य समाचार
बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

। चाडर्वको मुखमा कर्जाको माग सामान्य बढे पनि बैंकिङ प्रणालीमा रहेको तरलता अनुसार कर्जा बढ्न नसक्दा केन्द्रीय बैंकले बुधबार तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार ४० अर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

२१ दिनको लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४० अर्ब तरलता खिच्न लागिएको हो । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने केन्द्रीय बैंकले जनाएको छ । जसको साँवा र ब्याज भुक्तानी आगामी ९ असोजमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल राष्ट्र बैंकले क्यासिनोले अनुमति (इजाजत) लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा तीन अनुसार इजाजत लिएर मात्रै विदेशी विनिमयको कारोबार गनुपर्ने प्रावधान अनुसार नयाँ प्रबन्ध गरिएको जनाएको छ । विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावलीसमेत जारी भएको स्मरण गराउँदै केन्द्रीय बैंकले ...
— दुई महिनाअघि भएको प्रदर्शनका क्रममा जलाइएको रुपन्देहीको भैरहवास्थित भन्सार कार्यालयले राजस्व संकलनमा सुधार गरेको छ । आगजनीलगत्तै परिसरमा पाल टाँगेर सेवा सुरुवात गरेको कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को पछिल्लो तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । जुन भन्सार विभागले तोकेको लक्ष्यको ९७ दशमलब १५ प्रतिशत मात्रै ...
: कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति भएको जनाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारी वर्षाका कारण कृषि बाली, पशुपन्छी, पूर्वाधार र बिउ बिजनतर्फ भएको क्षतिको विवरण संकलन गरेको हो। मन्त्रालय मातहतका सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित स्थानीय ...
। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा दुई खर्ब १८ अर्ब १० करोड मूल्य पर्ने को सामान आयात भएका छन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात १९ प्रतिशत वृद्धि अर्थात् ३४ अर्ब २३ करोड बढीका सामान आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन महिनाको अवधिमा भने ...
— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा केही पनि हुँदैन भन्ने नकारात्मक भाष्य चिर्न आवश्यक रहेको बताएका छन् । आज महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० मा बोल्दै अध्यक्ष ढकालले अहिलेको समयमा मुलुकमा व्यप्त रहेको त्यो नकारात्मक भाष्य चिर्न जरुरी रहेको बताए । नेपालमा लगानी गर्न सकिन्छ । लगानीका धेरै अवसर छन् भनेरै महासंघको ...