मुख्य समाचार
भारतमा छत्रपति शिवाजी महाराजको प्रतिमा ढलेपछि मूर्तिकार पक्राउ
भारतमा छत्रपति शिवाजी महाराजको प्रतिमा ढलेपछि मूर्तिकार पक्राउ

। भारत महाराष्ट्रमा निर्मित छत्रपति शिवाजी महाराजको प्रतिमा ढलेपछि प्रतिमा बनाउने व्यक्ति पक्राउ परेका छन् ।

भारतको सरकारी समाचार एजेन्सी पीटीआईका अनुसार सिन्धुदुर्ग प्रहरीले मूर्तिकार जयदीप आप्टेलाई पक्राउ गरेको हो । उनलाई विहीबार नै अदालत पेश गर्ने तयारी छ ।


भारत महाराष्ट्रको सिन्धुदुर्ग जिल्लामा पर्ने राजकोट गढीमा नौ महिना अघि मात्र स्थापित छत्रपति शिवाजी महाराजको ३५ फिट अग्लो प्रतिमा हावाका कारण ढलेर टुक्राटुक्रा भएको थियो । उक्त प्रतिमाको अनावरण प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२३ को डिसेम्बर ४ मा गरेका थिए । आलोचकले प्रतिमाको गुणस्तर र प्रतिमा अनावरण गर्ने सरकारको हतारोमा प्रश्न उठाउँदै आएका थिए ।

त्यसपछि प्रधानमन्त्री मोदी, महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्धे, उपमुख्यमन्त्री अजित पवार लगायतले माफी मागेका थिए । यद्यपि विपक्षीले सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेका थिए ।



को हुन् छत्रपति शिवाजी महाराज ?

छत्रपति शिवाजी महाराज महाराष्ट्र राज्यको संस्थापक मानिन्छन् । उनले मुगल शासक र औरंगजेब विरुद्ध कयौं युद्ध जितेर मराठा साम्राज्य स्थापित गरेका थिए ।

उनको गुरिल्ला युद्ध शैली, सैन्य योजना र शक्तिशाली सेनाका सफलताका गाथा इतिहासमा पढ्न पाइन्छ ।

औरंगजेबले शिवाजीलाई धोका दिंदै कैद गरे पनि चतुर्‍याइँपूर्वक कैद मुक्त भएको र औरंगजेबका सेनाविरुद्ध लडेर २४ किल्ला फिर्ता लिन सफल भएको ऐतिहासिक कथाहरु छन् । उनका सफलताका कथामा फिल्महरु पनि बनेका छन् ।

१९ फेब्रुअरी सन् १६३० मा महाराष्ट्रको पुणे, दुर्ग शिवनेरीमा जन्मिएका उनको वास्तविक नाम भने शिवाजी राज भोसले थियो । पछि उनलाई छत्रपतिको उपाधि प्रदान गरिएको थियो । ३ अप्रिल १६८० मा उनको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमलाई शान्ति पुरस्कार प्रदान गरिएको छ । फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिकका लागि आयोजित समारोहमा उनलाई शान्ति पुरस्कार प्रदान गरिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्प फिफाको शान्ति पुरस्कारका लागि पहिलेबाट नै मजबुत दाबेदार मानिन्थे । न्युज एजेन्सी पीटीआईका आुनसार ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फेन्टिनोबीच निकट सम्बन्ध छ । इन्फेन्टिनोले ...
। क्यानडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानडाले जनाएको छ । मासिक विवरण अनुसार, रोजगार दर ०.१ प्रतिशत बिन्दुले बढेर ६०.९ प्रतिशत पुगेको छ भने बेरोजगारी दर ०.४ प्रतिशत बिन्दुले घटेर ६.५ प्रतिशतमा आएको छ । स्वास्थ्य सेवा तथा सामाजिक सहयोग, आवास तथा खाना–पानी सेवा ...
। पाकिस्तान र अफगानिस्तानको तालिबान फोर्सेजबीच फेरि झडप भएको छ । झडपपछि दुवै देशहरूले एक–अर्कामाथि संघर्ष–विराम उल्लंघनको आरोप लगाएका छन् । बढ्दो तनावका कारण सीमा क्षेत्रमा पर्ने अफगान शहर स्पिन बोल्दकबाट स्थानीय नागरिकहरूले राति आ–आफ्नो घर छोड्नु परेको बीबीसीले जनाएको छ । कन्धार शहरका एक अस्पताल स्रोतले बीबीसीलाई स्थानीय अस्पतालमा चार जनाको शव ल्याइएको जानकारी दिएको समाचारमा ...
। अफगानिस्तानले पाकिस्तानी सेनाको आक्रमणमा परी चार अफगान नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । सीमा क्षेत्रमा पर्ने अफगान शहर स्पिन बोल्दकका चार नागरिकको पाकिस्तानी सेनाको आक्रमणमा परी मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका हुन् । यसअघि कन्धार शहरको एक अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले स्थानीय अस्पतालमा चार जनाको शव ल्याइएको समाचारमा उल्लेख गरेको थियो । अफगान र पाकिस्तान ...
। ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुङ्गामा १८ आप्रवासी मृत भेटिएका छन् भने दुई जना उद्धार भएका छन् । ग्रीसको सार्वजनिक प्रसारक ईआरटीका अनुसार, डुङ्गा इरापेट्रा शहरदेखि करिब (४८ किलोमिटर) दक्षिणमा फेला परेको थियो । मृतक १८ जनाको शव डुङ्गाभित्रै भेटिएको छ । प्रारम्भिक जानकारी अनुसार, लामो समयसम्म खराब मौसममा डुङ्गामा खुला रहँदा, खाना ...