मुख्य समाचार
क्यानडा सरकारलाई वामपन्थी दलको समर्थन फिर्ता
क्यानडा सरकारलाई वामपन्थी दलको समर्थन फिर्ता

। क्यानडाको वामपन्थी दल न्यु डेमोक्रेटिक पार्टी (एनडीपी)ले प्रधानमन्त्री जस्टिन ट्रुडो नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

एनडीपीका नेता जगमित सिंहले सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजाने बताएका छन् । उनले ट्रुडोको लिबरल पार्टी कमजोर र स्वार्थी भएकाले समर्थन फिर्ता लिएको जानकारी दिएका छन् ।


सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा उनले भनेका छन्, ‘हामीले प्रधानमन्त्रीलाई हाम्रो समर्थन फिर्ता लिने निर्णयबारे जानकारी दिइसकेका छौं । लिबरल पार्टीका नेताहरु यति कमजोर र स्वार्थी भए कि उनीहरु क्यानडाका जनताका लागि लड्न सकेनन् ।’

सन् २०२२ मा भएको एक सम्झौताका आधारमा लिबरल पार्टीलाई एनडीपीले साथ दिएको थियो । तर सत्ता साझेदारी भने गरेको थिएन ।



ट्रुडोलाई अढाइ वर्षदेखि एनडीपीले समर्थन गरेको थियो । सोही समर्थनका कारण उनी सरकारको नेतृत्वमा टिकिरहेका थिए । अहिले समर्थन फिर्ता लिएका कारण उनी संकटमा परेको बीबीसीले जनाएको छ ।


क्यानडामा आगामी सन् २०२५ को अक्टुबरमा निर्वाचन हुँदै छ । एनडीपीले समर्थन फिर्ता लिएकाले अब ट्रुडो नेतृत्वको सरकारले संसदमा विश्वासको मत हासिल गर्नुपर्ने छ । यदि विश्वासको मत हासिल गर्न नसके उनी पदमुक्त हुनेछन् । यस्तो अवस्थामा क्यानडामा निर्धारित मिति अगावै आम निर्वाचन हुने सक्ने अनुमान पनि भइरहेको छ ।

प्रधानमन्त्री ट्रुडोले क्यानडामा सकेसम्म छिटो चुनाव गर्ने बताएका छन् ताकि सरकारले आफ्ना एजेण्डामा काम गर्न पाओस् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमलाई शान्ति पुरस्कार प्रदान गरिएको छ । फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिकका लागि आयोजित समारोहमा उनलाई शान्ति पुरस्कार प्रदान गरिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्प फिफाको शान्ति पुरस्कारका लागि पहिलेबाट नै मजबुत दाबेदार मानिन्थे । न्युज एजेन्सी पीटीआईका आुनसार ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फेन्टिनोबीच निकट सम्बन्ध छ । इन्फेन्टिनोले ...
। क्यानडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानडाले जनाएको छ । मासिक विवरण अनुसार, रोजगार दर ०.१ प्रतिशत बिन्दुले बढेर ६०.९ प्रतिशत पुगेको छ भने बेरोजगारी दर ०.४ प्रतिशत बिन्दुले घटेर ६.५ प्रतिशतमा आएको छ । स्वास्थ्य सेवा तथा सामाजिक सहयोग, आवास तथा खाना–पानी सेवा ...
। पाकिस्तान र अफगानिस्तानको तालिबान फोर्सेजबीच फेरि झडप भएको छ । झडपपछि दुवै देशहरूले एक–अर्कामाथि संघर्ष–विराम उल्लंघनको आरोप लगाएका छन् । बढ्दो तनावका कारण सीमा क्षेत्रमा पर्ने अफगान शहर स्पिन बोल्दकबाट स्थानीय नागरिकहरूले राति आ–आफ्नो घर छोड्नु परेको बीबीसीले जनाएको छ । कन्धार शहरका एक अस्पताल स्रोतले बीबीसीलाई स्थानीय अस्पतालमा चार जनाको शव ल्याइएको जानकारी दिएको समाचारमा ...
। अफगानिस्तानले पाकिस्तानी सेनाको आक्रमणमा परी चार अफगान नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । सीमा क्षेत्रमा पर्ने अफगान शहर स्पिन बोल्दकका चार नागरिकको पाकिस्तानी सेनाको आक्रमणमा परी मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका हुन् । यसअघि कन्धार शहरको एक अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले स्थानीय अस्पतालमा चार जनाको शव ल्याइएको समाचारमा उल्लेख गरेको थियो । अफगान र पाकिस्तान ...
। ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुङ्गामा १८ आप्रवासी मृत भेटिएका छन् भने दुई जना उद्धार भएका छन् । ग्रीसको सार्वजनिक प्रसारक ईआरटीका अनुसार, डुङ्गा इरापेट्रा शहरदेखि करिब (४८ किलोमिटर) दक्षिणमा फेला परेको थियो । मृतक १८ जनाको शव डुङ्गाभित्रै भेटिएको छ । प्रारम्भिक जानकारी अनुसार, लामो समयसम्म खराब मौसममा डुङ्गामा खुला रहँदा, खाना ...