मुख्य समाचार
केरामा ‘फलेकसीकाटोका’को संक्रमण देखिएपछि किसान चिन्तित
केरामा ‘फलेकसीकाटोका’को संक्रमण देखिएपछि किसान चिन्तित

। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् ।

फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए ।

जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ सय बिघा जग्गामा व्यावसायिक केराखेती हुँदै आएको बताउँदै सुस्ता र प्रतापपुरमा केरा जोन कार्यक्रम सञ्चालन भइरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्राविधिक, केरा विज्ञसहितको टोलीले अध्ययन गरी केरामा देखिएको सङ्क्रमण फलेकसीकाटोका नामक किराका कारण लागेको पुष्टि भएको केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले जानकारी दिए । सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण विकास परियोजनाले तीन किसिमका विषादी उपलब्ध गराएको अध्यक्ष यादवले जानकारी दिए ।



भारतको महाराष्ट्रबाट केरा उत्पादनसम्बन्धी तालिम लिएपछि यहाँका किसानले व्यावसायिक रुपमा केरा खेती गर्न थालेका बताउँदै अहिले बोटमा संक्रमण देखिन थालेपछि चिन्तित बनेका यादवले उल्लेख गरे ।

उनका अनुसार महाराष्ट्रका प्राविधिकको सुझाव र परियोजनामार्फत उपलब्ध औषधिको प्रयोग गरेपछि केही मात्रामा सङ्क्रमण नियन्त्रणमा आएको छ । यस क्षेत्रमा केराका बोटमा प्रत्येक वर्ष फलेकसीकाटोकाको सङ्क्रमण देखिने गरेको सङ्घका अध्यक्ष यादवले जानकारी दिए ।

केरा खेतीलाई रोगबाट बचाउन रोग पहिचान, उपचार विधि, व्यावसायिक उत्पादन तथा बजारीकरणमा सरकारले तालिम दिन जरुरी रहेको उनले उल्लेख गरे । केराको बिउ तथा औषधि बिक्री गर्ने एग्रोभेट क्षेत्रिय निर्देशनायल राख्न माग गर्दै आए पनि कार्यान्वयन नहुँदा किसानलाई सास्ती भएको यादवको भनाइ छ ।

स्थानीय सरकारसँग केरामा छर्ने औषधि तथा बिउ बिक्री गर्ने एग्रोभेट सञ्चालन लागि पटकपटक अनुरोध गरिएको बताउँदै सरोकार भएका निकायले चासो नदिँदा प्रत्येक वर्ष किसान पीडित हुने गरको उनको जिकिर छ ।

केही समय परीक्षणका रुपमा केराखेती गरेका किसानले अहिले व्यावसायिक खेती थालेका भन्दै केरा उत्पादन संघका अध्यक्ष यादवले किसानलाई सहजीकरण गर्न सङ्घ प्रयासरत रहेको बताए ।

फलेकसीकाटोकाको संक्रमणले केरा बगानमा क्षति पुर्‍याउँदा उत्पादनमा क्षति हुने सुस्ता‐४ का किसान लीला गुरुङले चिन्ता व्यक्त गरे । उनका अनुसार दुई सय बिघाबढी बगानमा किराको संक्रमण फैलिएको छ ।

केराखेती गर्ने किसानलाई सहजीकरण गरी समास्या समाधान गर्ने उद्देश्यले बिउ, विषादी बिक्री गर्न र प्राविधिक सहयोग उपलब्ध गराउन एग्रोभेट सञ्चालनका लागि योजनाबद्ध रुपमा पहल भइरहेको प्रतापपुर गाउँपालिका कृषि शाखा अधिकृत सृजना न्यौपानेले जानकारी दिए ।

कृषि ज्ञान केन्द्रमार्फत परियोजनाबाट उपलब्ध गराइएको विषादी तथा औषधिले संक्रमण नियन्त्रण हुँदै गएको केन्द्रका प्रमुख डा चौबेले बताए । उनले किसानलाई रोग पहिचान, उपचार विधिलगायत जानकारी दिने उद्देश्यले तालिमको आयोजना गर्ने योजना बनाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कन्टेनरको उचित व्यवस्थापन नहुँदा सिर्सिया सुक्खा बन्दरगाहमा फेरि कन्टेनरको चाङ लागेको छ । हाल बन्दरगाह परिसर खाली र मालवाहक कन्टेनरले भरिएको छ । बिहीबार बन्दरगाह परिसरमा १ हजार ७ सय ६५ खाली र ९ सय ९० मालबाहक समेत गरी २ हजार ७ सय ५५ कन्टेनर रहेका छन् । इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख ...
— एसियाली विकास बैंक (एडीबी) ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण ...
: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी ...
— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको ...
: विकास साझेदारबाट लगानीको प्रत्याभूति नहुँदा माथिल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित भएको छ। १०६३ मेगावाटको अर्धजलाशययुक्त आयोजनामा विश्व बैंकको नेतृत्वमा एसियाली विकास बैंक (एडीबी), जाइका लगायतका साझेदार निकायले लगानी गर्ने भन्ने थियो। तर, सन् २०२४ को अक्टोबरमा गर्ने भनेको वित्तीय व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन। आयोजनाको लगानी भूराजनीतिक कारणले अनीर्णित बनेको स्रोत बताउँछ। ...