मुख्य समाचार
एन्फा महिला लिगमा वालिङ नगरपालिकाले सहज जित
एन्फा महिला लिगमा वालिङ नगरपालिकाले सहज जित

: राजधानीमा जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले सहज जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा कर्णाली प्रदेशलाई ४-० गोल अन्तरले पराजित गर्दै वालिङले सहज जित हासिल गरेको हो।

वालिङका लागि ज्याक्लीन नास्सालीले १०, ४१ र ७२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् भने चौथो गोल सुक्रिया मियाले ९० औं मिनेटमा गरिन्।


त्यसअघि बिहीबार नै भएको पहिलो खेलमा कोशी प्रदेशले बागमती युथ क्लबलाई पराजित गर्‍यो। खेलमा कोशीले बागमती युथ क्लबलाई २-१ ले पराजित गरेको हो। जितसँगै कोशीले दुई खेलबाट ६ अंक जोडेको छ। समान खेल खेलेको बागमतीको भने तीन अंक छ।

कोशीकी समीक्षा मगरले एक गोल गरिन्। यस्तै बागमतीकी विष्णुमाया बलले एक गोल गर्दा दिव्या मगरले आत्मघाती गोल गर्न पुगिन्। एन्फाको आयोजनामा जारी लिगमा लिगमा १० टिमको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित