मुख्य समाचार
यूएईमा आममाफी, अवैध बसेका नेपालीले लाभ लिन सक्ने
यूएईमा आममाफी, अवैध बसेका नेपालीले लाभ लिन सक्ने

। यूएई सरकारले दुई महिनाको भिसा आममाफी कार्यक्रम ल्याएको छ । यूएईले सुरु गरेको ‘आममाफी २०२४’ बाट त्यहाँ अवैध रुपमा बसेका नेपालीले लाभ लिन सक्नेछन् ।

गत १ सेप्टेम्बरदेखि लागु भएको यो कार्यक्रम ३० अक्टोबरसम्म चल्नेछ । भिसा अवधि पार गरेर अवैध रुपमा बसिरहेका विदेशी श्रमिक र पर्यटक (रन–वे/ओभरस्टे) लाई घर फर्किने अवसर दिन युएईले आममाफी घोषणा गरेको हो । भिसा पाएपनि यूएईको अध्यागमन नियम उल्लघंन गरेकाहरुले पनि आममाफी पाउनेछन् ।




उनीहरुको आवासीय स्थिति नियमित गर्न र दण्ड नदिई आफ्नो देश फर्कन अवसर दिइएको हो । कानुनी र सुरक्षित रूपमा उनीहरुको समस्या समाधान गर्ने र सम्भावित जरिवाना वा जेल सजायबाट बच्न मद्दत गर्ने यो कार्यक्रमको उद्देश्य छ ।

आममाफीले म्याद सकिएको कागजात लिएर बसेकाहरुलाई आफ्नो ‘स्टाटस’ परिवर्तन गरेर त्यहीँ रहन वा जरिवाना तिरेर स्वदेश फर्किन सहज हुनेछ । यूएईमा रहनका लागि भने ‘जब अफर लेटर’ आवश्यक पर्नेछ ।



भिसाको म्याद सकिएपछि गैरकानुनी रूपमा बसेका, भ्रमण भिसाको वैधताभन्दा बाहिर बसेका र आमाबाबुले रेसिडेन्सीको लागि आवेदन नदिई युएईमा जन्मेका बच्चाहरुले यो सुविधा पाउनेछन् ।

यसबाहेक, रोजगारदाताहरुबाट भागेर बसेकाहरुले पनि आममाफी पाउनेछन् । गैरकानुनी रूपमा युएई प्रवेश गरेका व्यक्तिहरूले यो माफीको लागि आवेदन दिन सक्ने छैनन् ।

‘नियम उल्लंघन गर्ने तोकिए अनुसारका व्यक्तिहरुका लागि देशमा आफ्नो स्थिति परिवर्तन गर्ने मौका हो’, संघीय प्राधिकरणको पहिचान, नागरिकता, भन्सार र बन्दरगाह सुरक्षाका प्रमुख मेजर जनरल सुहेल सइद अल खैलीले भनेका छन्, ‘यो पहलले देशभित्रको मानवअधिकारको अवस्थालाई सुध्रन सघाउनेछ ।’

यूएईमा बसेका मानिसहरुले उनीहरूको अधिकार पाउने, देशबाट सुरक्षित रुपमा बाहिर निस्कने वा काम गर्ने र स्टाटस फेरेर यूएईमा सभ्य रूपमा बस्न पाउने अवस्था बन्ने उनको तर्क छ ।

आममाफीका लागि यूएईमा आफ्नो भिसा भएको इमिरेट्सभित्रका अध्यागमन कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । आबुधाबी र दुबईको भिसा भएकाले तोकिएका कार्यालयहरुमा अन्य इमिरेट्सको हकमा आईसीपी सर्भिस सेन्टरहरुमा आवेदन दिन सक्नेछन् । यस्ता सेवा केन्द्रहरू माफी अवधिमा दैनिक विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछन् ।

एक्जिट पास प्राप्त गर्ने र देश छाड्नेहरुलाई भविष्यमा यूएई फर्किन अयोग्य नरहने गरी प्रतिबन्धको सूचीमा नराख्ने यूएई सरकारले बताएको छ । भिसा स्थिति परिवर्तन गर्न वा एक्जिट इजाजत प्राप्त गर्न कुनै शुल्क नलाग्ने व्यवस्थासमेत छ । गैरकानुनी रूपमा देशमा बस्दा पहिले लागेका जरिवाना समेत माफ गरिनेछ ।

देश फर्किनेहरुका लागि सरकारले १४ दिनको समय दिनेछ । सो अवधिमा देश नछाडेमा फेरि पुरानै नियमअनुसार सबै जरिवाना लाग्नेछ ।

यूएईस्थित नेपाली दूतावासले आममाफी प्रक्रियामा सहभागी हुन चाहनेहरुलाई पासपोर्ट नभएमा निःशुल्क रुपमा एकतर्फी यात्रा अनुमतिपत्र दिने व्यवस्था गरेको छ । यसरी नेपाल फर्किंदा हवाइ टिकट भने आफैंले किन्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो । उनीहरुलाई जेलबाट 'डिपोर्टेसन सेन्टर'मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका ...
: कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन ...
: अमेरिकाले अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लोपटक अमेरिकाले ६ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा जिसी, भण्डारी, बुढा, कुसारी, बस्नेत र बानियाँ थरीका एक-एक जना रहेका छन्। एयर इन्डियाको विमानबाट उनीहरूलाई नेपाल फर्काइएको हो। स्रोतका अनुसार ...
। रुसी सेनामा भर्ती भई युद्धमा ज्यान गुमाएका र घाइते भएका नेपालीका परिवारहरु क्षतिपूर्ति लिन मस्को पुगेका छन् । क्षतिपूर्ति पाउने नेपाली परिवारहरु कति संख्यामा छन् भन्ने अहिले नै स्पष्ट भइसकेको छैन । तर क्षतिपूर्ति दाबी र बेपत्तालाई खोज्दै करिब एक दर्जन हाराहारी व्यक्तिका नातेदार मस्को पुगेको अनुमान छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले अनलाइनखबरसँग भने, ...
: वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका विभिन्न कारणले मृत्यु हुने नेपालीको संख्या १ सय ३६ पुगेको छ। साउदीस्थित नेपाली दूतावासका अनुसार गत साउनदेखि चैत १० सम्म मृत्यु हुने नेपालीको संख्या १ सय ३६ पुगेको हो। नौ महिनाभित्र विभिन्न कारणले मृत्यु भएका १ सय ३६ नेपालीको शवमध्ये १२१ वटा नेपाल पठाइएको छ। ...