मुख्य समाचार
यूएईमा आममाफी, अवैध बसेका नेपालीले लाभ लिन सक्ने
यूएईमा आममाफी, अवैध बसेका नेपालीले लाभ लिन सक्ने

। यूएई सरकारले दुई महिनाको भिसा आममाफी कार्यक्रम ल्याएको छ । यूएईले सुरु गरेको ‘आममाफी २०२४’ बाट त्यहाँ अवैध रुपमा बसेका नेपालीले लाभ लिन सक्नेछन् ।

गत १ सेप्टेम्बरदेखि लागु भएको यो कार्यक्रम ३० अक्टोबरसम्म चल्नेछ । भिसा अवधि पार गरेर अवैध रुपमा बसिरहेका विदेशी श्रमिक र पर्यटक (रन–वे/ओभरस्टे) लाई घर फर्किने अवसर दिन युएईले आममाफी घोषणा गरेको हो । भिसा पाएपनि यूएईको अध्यागमन नियम उल्लघंन गरेकाहरुले पनि आममाफी पाउनेछन् ।




उनीहरुको आवासीय स्थिति नियमित गर्न र दण्ड नदिई आफ्नो देश फर्कन अवसर दिइएको हो । कानुनी र सुरक्षित रूपमा उनीहरुको समस्या समाधान गर्ने र सम्भावित जरिवाना वा जेल सजायबाट बच्न मद्दत गर्ने यो कार्यक्रमको उद्देश्य छ ।

आममाफीले म्याद सकिएको कागजात लिएर बसेकाहरुलाई आफ्नो ‘स्टाटस’ परिवर्तन गरेर त्यहीँ रहन वा जरिवाना तिरेर स्वदेश फर्किन सहज हुनेछ । यूएईमा रहनका लागि भने ‘जब अफर लेटर’ आवश्यक पर्नेछ ।



भिसाको म्याद सकिएपछि गैरकानुनी रूपमा बसेका, भ्रमण भिसाको वैधताभन्दा बाहिर बसेका र आमाबाबुले रेसिडेन्सीको लागि आवेदन नदिई युएईमा जन्मेका बच्चाहरुले यो सुविधा पाउनेछन् ।

यसबाहेक, रोजगारदाताहरुबाट भागेर बसेकाहरुले पनि आममाफी पाउनेछन् । गैरकानुनी रूपमा युएई प्रवेश गरेका व्यक्तिहरूले यो माफीको लागि आवेदन दिन सक्ने छैनन् ।

‘नियम उल्लंघन गर्ने तोकिए अनुसारका व्यक्तिहरुका लागि देशमा आफ्नो स्थिति परिवर्तन गर्ने मौका हो’, संघीय प्राधिकरणको पहिचान, नागरिकता, भन्सार र बन्दरगाह सुरक्षाका प्रमुख मेजर जनरल सुहेल सइद अल खैलीले भनेका छन्, ‘यो पहलले देशभित्रको मानवअधिकारको अवस्थालाई सुध्रन सघाउनेछ ।’

यूएईमा बसेका मानिसहरुले उनीहरूको अधिकार पाउने, देशबाट सुरक्षित रुपमा बाहिर निस्कने वा काम गर्ने र स्टाटस फेरेर यूएईमा सभ्य रूपमा बस्न पाउने अवस्था बन्ने उनको तर्क छ ।

आममाफीका लागि यूएईमा आफ्नो भिसा भएको इमिरेट्सभित्रका अध्यागमन कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । आबुधाबी र दुबईको भिसा भएकाले तोकिएका कार्यालयहरुमा अन्य इमिरेट्सको हकमा आईसीपी सर्भिस सेन्टरहरुमा आवेदन दिन सक्नेछन् । यस्ता सेवा केन्द्रहरू माफी अवधिमा दैनिक विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछन् ।

एक्जिट पास प्राप्त गर्ने र देश छाड्नेहरुलाई भविष्यमा यूएई फर्किन अयोग्य नरहने गरी प्रतिबन्धको सूचीमा नराख्ने यूएई सरकारले बताएको छ । भिसा स्थिति परिवर्तन गर्न वा एक्जिट इजाजत प्राप्त गर्न कुनै शुल्क नलाग्ने व्यवस्थासमेत छ । गैरकानुनी रूपमा देशमा बस्दा पहिले लागेका जरिवाना समेत माफ गरिनेछ ।

देश फर्किनेहरुका लागि सरकारले १४ दिनको समय दिनेछ । सो अवधिमा देश नछाडेमा फेरि पुरानै नियमअनुसार सबै जरिवाना लाग्नेछ ।

यूएईस्थित नेपाली दूतावासले आममाफी प्रक्रियामा सहभागी हुन चाहनेहरुलाई पासपोर्ट नभएमा निःशुल्क रुपमा एकतर्फी यात्रा अनुमतिपत्र दिने व्यवस्था गरेको छ । यसरी नेपाल फर्किंदा हवाइ टिकट भने आफैंले किन्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका सदस्यहरूको हत्या गरिरहेका एक नेपालीको प्रहरीको गोली लागि मृत्यु भएको छ । सोमबार मान्टुआ नजिकैको एउटा अपार्टमेन्टभित्र आफ्ना तीन जना परिवारका सदस्यहरूलाई क्रुरतापूर्वक खुँडा प्रहार गर्ने एक व्यक्तिलाई फेयरफ्याक्स काउन्टीका प्रहरी अधिकारीले गोली हानी मारेका हुन् । नेपाली भाषाको समाचार पोर्टल खसोखास डट कमले परिवारका सदस्यहरूको हत्यामा संलग्न नेपाली छत्रबहादुर ...
: अमेरिकाले १२० भन्दा बढी नेपालीलाई निष्कासन गरेको छ। अमेरिकास्थित नेपाली राजदूतावास स्रोत अनुसार अध्यागमन कानुन विपरीत अमेरिका बस्दै आएका १२० जनाभन्दा बढी नेपालीलाई निष्कासन गरी विशेष चार्टर विमानमार्फत अमेरिकाले नेपाल फर्काएको हो। दूतावास स्रोतले अन्नपूर्णलाई दिएको जानकारी अनुसार डिपोर्ट गरिएका नेपालीहरू चार्टर विमानमार्फत आज अपरान्ह श्रीलंका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुग्दैछन्। दूतावासले केही दिन ...
— अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ देखि दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाबाट ५ सय ८५ नेपाली निष्कासित भएका छन् । राष्ट्रपति ट्रम्पले कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासित गर्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गरेसँगै त्यसको प्रभाव नेपालीमा पनि परेको हो । वर्षौंदेखि कागजातविना बसोबास गर्दै आइरहेका १ हजार ३ सय ६५ जना नेपालीलाई एक वर्षभित्र ...
। नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को पहिलो बैठक शुुक्रबार पोर्चुगलको विदेश मन्त्रालयमा सम्पन्न भएको छ । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगल गणतन्त्रका विदेश मन्त्रालयका विदेश मामिला तथा सहयोग राज्य सचिव डा. आना इसाबेल जेभियरले बैठकको नेतृत्व गरेका थिए । नेपाली प्रतिनिधिमण्डलका तर्फबाट बैठकमा पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेल, परराष्ट्र मन्त्रालय राजदूतावासका ...
। नेपाल प्रहरीबाट जारी चारित्रिक प्रमाणपत्रमा प्रयोग भएको पोर्चुगल र नेपाली दूतावासको छाप र हस्ताक्षर नक्कली भएको भन्दै उजुरी गर्नेहरुको संख्या दुई हजार भन्दा बढी भएको छ । यहाँस्थित नेपाली राजदूतावासमा सम्वन्धित व्यक्तिहरु नै आफ्नो प्रहरी चारित्रिक प्रमाणपत्रमा छाप र हस्ताक्षर नक्कली भएको भन्दै उजुरी दिइरहेका छन् । यसरी उजुरी दिनेहरुले नेपाल प्रहरीबाट जारी भएको आफ्नो ...