मुख्य समाचार
टिकटक प्रतिबन्ध हटाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
टिकटक प्रतिबन्ध हटाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

: नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायकहरूलाई टिकटक चल्ने बनाउन निर्देशन दिएको छ। सरकारले भदौ ६ गतेको बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएकोले खोल्नका लागि प्राधिकरणले निर्देशन जारी गरेको हो।

‘नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवाप्रदायकहरूलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ’ सूचनामा भनिएको छ।

सरकारले राखेका चार सर्त राखेर तीन महिनाभित्र कार्यान्वयन गर्न टिकटक तयार भएपछि प्रतिबन्ध खोलेको हो। टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने सर्त तोकेको छ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०८० कात्तिक २७ गते टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको थियो। टिकटक बन्द भएपछि चिनियाँ पक्षले तत्कालीन र वर्तमान सरकारलाई समेत पटक-पटक खुलाउनका लागि दबाब दिँदै आएको थियो। दाहाल नेतृत्वको सरकारले सामाजिक सद‍्भाव बिथोल्ने गरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने गरी प्रचारप्रसार हुन थालेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको बताएको थियो। त्यसबेला अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्तिको मानमर्दन गर्नेजस्ता गतिविधि बढेको सरकारको निष्कर्ष थियो।

भीपीएनलगायतका अन्य विधिबाट टिकटक भने केहि प्रयोगकर्ताले चलाइरहेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। टिकटकले ‘इलेक्सन सेन्टर’ सुरु भएको जनाएको छ । एपभित्र उपलब्ध यो विशेष केन्द्रले आगामी आम निर्वाचनअघि प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको प्लाटफर्मले जनाएको छ । सन् २०२० देखि विश्वभर २०० भन्दा बढी निर्वाचनमा टिकटकले सञ्चालन गर्दै आएका निर्वाचनको निष्पक्षता र नैतिकता कायम गर्ने प्रयासको निरन्तरतास्वरूप यो पहल सुरु ...
। रुसको इन्टरनेट नियामक निकाय ‘रोस्कोमनाद्जोर’ ले टेलिग्राम म्यासेन्जर प्लेटफर्मको गति जानाजान सुस्त बनाएको छ। रुसी कानुनको उल्लङ्घन गरेको आरोप लगाउँदै मस्कोले आफ्ना नागरिकहरूलाई राज्यको कडा निगरानीमा रहने घरेलु अनलाइन सेवा ‘म्याक्स’प्रयोग गर्न बाध्य पार्ने प्रयास गरिरहेको छ। रोस्कोमनाद्जोरले, टेलिग्रामले प्रयोगकर्ताको डाटा रूसभित्रै भण्डारण गर्नुपर्ने र आपराधिक तथा आतङ्कवादी उद्देश्यका लागि हुने प्रयोगलाई रोक्नुपर्ने कानुनको पालना नगरेको ...
— युरोपियन यूनियन (इयू)ले समाजिक सञ्जाल टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’ लाग्ने खालका डिजाइन परिवर्तन गर्न वा इयूको डिजिटल सामग्री नियमहरूअन्तर्गत भारी जरिवानाको जोखिम लिन तयार रहन निर्देशन दिएको छ । दुई वर्षअघि खोलिएको अनुसन्धानको प्रारम्भिक निष्कर्षमा इयूले टिकटकले विशेष गरी नाबालिग र कमजोर वयस्कहरूमा एपको नकारात्मक प्रभावलाई सम्बोधन गर्न प्रभावकारी कदम नचालेको बताएको छ। लत लाग्ने खालका ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताएका छन् । बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २२ औं वार्षिकोत्सवमा उनले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म टेलिकमले सञ्चारको पहुँच विस्तार गर्दै आएको बताएका हुन् । प्राकृतिक विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थाहरूमा टेलिकमले खेलेको भूमिका स्मरणीय र प्रशंसनीय ...
— सन् २०२४ को सुरुमा एप्पललाई उछिन्दै विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी बनेको माइक्रोसफ्ट केही सातायता निरन्तर दबाबमा छ । गत बिहीबार कम्पनीले एकै दिन करिब ४ खर्ब अमेरिकी डलर गुमाएको थियो । मानव बेचबिखन तथा बाल यौन अपराधी ठहर भएका जेफ्री एप्स्टिनसँग जोडिएका फाइलमा माइक्रोसफ्टका संस्थापक बिल गेट्सको नाम रहेको खबरपछि कम्पनीको छविमा थप नकारात्मक प्रभाव परेको छ । पछिल्लो ...