मुख्य समाचार
जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?
जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?

डेंगु संक्रमण फैलिरहेको बेला जापानीज इन्सेफलाइटिसको संक्रमणले पनि ठूलो चुनौती थपेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार देशभर २८ जनामा जापानीज इन्सेफलाइटिसको संक्रमण देखिसकेको छ । जसमध्ये तीन जनाको मृत्यु समेत भइसकेको छ ।

विश्वभर प्रत्येक वर्ष ५० हजार भन्दा बढी जापानीज इन्सेफलाइटिसबाट संक्रमित हुने तथ्याङ्कले देखाउँछ । जसमध्ये १० देखि १५ हजार संक्रमितको ज्यान समेत जाने गरेको छ ।




संक्रमणबाट संक्रमित लगभग ७० प्रतिशत मानिसमा स्नायु सम्बन्धी समस्या विकास गर्ने जोखिममा हुन सक्छन् । तथ्याङ्कमा आएको भन्दा बढी यसको वास्तविक संख्या दोब्बर हुनसक्ने अनुमान विज्ञहरुको छ । नेपालमा त यो रोगले बेलाबेलामा महामारीकै रुप लिने गरेको छ ।

उक्त रोगको डरलाग्दो पक्ष हो- लक्षण देखिएपछि निको नहुन सक्छ र निको भएपनि बिरामी शारीरिक र मानिसिक रुपले अशक्त हुनसक्छ ।



के हो जापानीज इन्सेफलाइटिस ?

जापानीज इन्सेफलाइटिस भन्ने भाइरसबाट मानिसमा लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । जुन सुँगुर जस्ता जनावरलाई टोकेको लामखुट्टेले मानिसमा सार्छ ।

कुन–कुन क्षेत्रमा संक्रमण फैलियो ?

गत महिनादेखि अहिलेसम्म कोशी प्रदेशमा ५, मधेश प्रदेशमा ७, बाग्मतीमा ४, गण्डकीमा १, लुम्बिनीमा १ र सुदूरपश्चिम प्रदेशमा ६ जनामा इन्सेफलाइटिस संक्रमण पुष्टि भइसकेको छ । जसमा सुदूरपश्चिमको कैलालीका तीन जनाको मृत्यु भएको छ ।

मनसुनको समयमा सबैभन्दा जोखिम

वर्षायाममा संक्रामक रोगहरु बढी देखिन्छन् । यो समय बढी जीवाणुहरु आर्द्रताले सक्रिय हुन्छन् । बाढी र निरन्तर वर्षाका कारण सरसफाइमा कमी हुन्छ ।

पानीको बहाव बढेपछि ढल निकास हुन पाउँदैनन् । ठाउँठाउँमा फोहोर पानीको आहाल बन्छ । जसले लामखुट्टेलाई बढाउँछ । संक्रमण भएको जनावरलाई टोकेको लामखुट्टेले मानिसमा सार्ने जोखिम हुन्छ ।



यसले कसरी असर पार्छ ?

सुँगुर र चराहरुमा जापानीज इन्सेफलाइटिसका भाइरस हुन्छन् । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमण गराउँछ । यो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्छ । मस्तिष्कलाई असर गरेपछि ज्वरो आउने, घाँटी बस्ने, टाउको दुख्ने, जीउ काम्ने र छारेरोग लागेको जस्तो लक्षण देखापर्ने हुन्छ । गम्भीर रुपमा असर पारेमा कोमा (बेहोस अवस्था) मा पुर्‍याउन सक्ने हुन्छ ।

उपचार

जापानीज इन्सेफलाइटिसको निश्चित कुनै उपचार छैन । यसको लक्षण अनुसारको उपचार गरिन्छ । जस्तै- ज्वरो आएमा त्यसको उपचार, कम्पन छुटिरहेको भए सम्बन्धित उपचार, टाउको दुखिरहेको भए त्यसलाई कम गर्ने उपचार हुन्छ ।

यस्तोमा शरीरको प्रतिरोधात्मक क्षमता बलियो हुनेहरुमा लाक्षणिक उपचारपछि बिस्तारै ठीक हुन्छन् । तर जसको प्रतिरोधात्मक क्षमता कम छ । एचआईभी संक्रमित, मधुमेह जस्ता रोग र प्रतिरक्षा प्रणालीलाई हमला गर्ने रोग भएकाहरुमा भने आईसीयुदेखि भेन्टिलेसनमै जाने सम्भावना हुन्छ । प्रतिरोध क्षमताले लड्न सक्ने र समयमै उपचार पाइएन भने ज्यानै जाने जोखिम समेत रहन्छ ।

जापानीज इन्सेफलाइटिस विरुद्ध खोप यसको मुख्य उपचार

यो भाइरस विरुद्ध लड्ने एउटै बलियो संयन्त्र हो, जापानी इन्सेफलाइटिस विरुद्धको खोप । त्यसैले यसको संक्रमण हुन नदिन शिशुलाई जन्मिएको १२ महिनामा अनिवार्य खोप लगाउने गरिन्छ ।

जापानी इन्सेफलाइटिसबाट कसरी बच्ने ?

जापानीज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाएर यो रोगको जोखिम कम गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

यसका लागि खोपहरू पनि उपलब्ध छन्, जसले संक्रमणको जोखिम कम गर्न वा संक्रमण भएमा गम्भीर रोगको जोखिमबाट जोगाउन मद्दत गर्न सक्छ ।

यस बाहेक लामो बाहुलाको सर्ट र प्यान्ट लगाउने, घर वरपर सरसफाइ गरी लामखुट्टेको प्रजनन् वृद्धि रोक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसीमा थप गर्नुपर्ने भन्दै निर्वाचन आयोगमाथि दबाब बढेको छ । माघ ६ मा तोकिएको मनोनयनका लागि समय अभाव हुनुका साथै नेपाली कांग्रेससमेत विवादमा रहेकाले सार्नुपर्ने भन्दै दबाब आएको निर्वाचन आयाेगका एक पदाधिकारीले बताए । आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेर म‌ंगलबार नै सुनुवाइको पहिलाे ...
— गर्भावस्थामा पारासिटामोलको प्रयोग सुरक्षित रहेको नयाँ अध्ययनले देखाएको छ । यसको प्रयोग गर्दा बच्चामा अटिजम वा विकास अवरोधजस्ता समस्या देखिने कुनै आधार पनि नरहेको यसले जनाएको छ । यसअघि गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारा सिटामोल स्वास्थ्यका लागि प्रतिकुल रहेकाले यसको प्रयोग गर्न आग्रह गरेका थिए । तत्कालै स्वास्थ्य संस्थाहरुदले उनको अभिव्यक्तीको आलोचना ...
— कांग्रेस सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा रहेको बताएका छन् । सभापति थापाले शनिबार बोलाइएको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीमा देखिएका विमति तत्काल अन्त्य गर्नुपर्ने बताए । 'पार्टीका सबै साथीहरू एक ठाउँमा जम्मा ...
— नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमले आइतबार राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने भएका छन् । बर्दिया क्षेत्र नम्बर १ मा नेकपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुने भएपछि उनले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिन लागेका हुन् । गुलरियामा शनिबार बिहान राष्ट्रियसभा सदस्य भएर प्रतिनिधिसभाको उम्मेदवार हुन नपाउने भएकाले राजीनामा दिन लागेको बताए। बर्दिया क्षेत्र नम्बर १ बाट २०४८ ...
— मधुवन नगरपालिका–४ स्थित सडक खण्डमा ओरालीबाट ढोढरीतर्फ आउँदै गरेको ईभी गाडी र विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । बा प्र ०१–०३२च ७५५३ नम्बरको इभी गाडी विपरीत दिशातर्फ जाँदै गरेको भे ११ प १९२३ नम्बरको मोटरसाइकल शुक्रबार राति करिब ९ बजे एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । मोटरसाइकल ...