मुख्य समाचार
नेपथ्य : नेपाली डायस्पोराको सांस्कृतिक दूत
नेपथ्य : नेपाली डायस्पोराको सांस्कृतिक दूत

ढिलो साँझ परेको डालसको आँगनमा सूर्यका किरण मधुरा हुन थालेका थिए । घाम पश्चिम क्षितिजमा पुग्नै लागेको बेला झकिझकाउ मञ्चमा देखिए अमृत गुरुङ । परिचयको कुनै फुर्को जोडिरहनु नपर्ने अमृतलाई सुन्न उनका फ्यानहरु आतुर थिए ।

उत्तर फर्किएको मञ्चमा उनी उभिनासाथ तालीको गडगडाहट सहित दर्शकले उत्तेजना र उमंग मिसिएको लवजमा उनको स्वागत गरे । दर्शकलाई नमस्ते गर्दै उनले ठूलो स्वरमा सञ्चो विसञ्चो सोधे । त्यसपछि निरन्तर गुञ्जिए करिब करिब हरेक नेपालीको ओठमा झुण्डिएका नेपथ्यका गीतहरु ।

यसपालिको नेपथ्यको अमेरिका यात्रा कोलोराडोको डेनवर, क्यालिफोर्नियाको सान फ्रान्सिस्को, ओहायोको कोलम्बस, टेक्सासको डालस, न्युयोर्क, मेरील्याण्ड र अन्तिममा ७ सेप्टेम्बरमा पेन्सिलभेनियाको ह्यारिसवर्ग सहरमा सातौं प्रस्तुति दिएर टुङ्गिनेछ ।



यस अन्तर्गतको पाँचौं श्रृंखला थियो, अमेरिकामै सबैभन्दा बढी नेपालीको बसोबास रहेको टेक्सास राज्यको डालस सहर नजिकैको अर्भिङ । यहाँ रहेको टोयोटा म्युजिक फ्याक्ट्रीमा २४ अगस्टको साँझ करिब साढे दुई घण्टा नेपथ्यका अमृत गुञ्जिए ।

अलिकति भासिएको झैं सुनिने स्वरमा आफ्ना प्रिय गायकलाई दशकपछि सुनेका नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारी विश्वभरि फैलिएका नेपालीलाई संगीतको माध्यमबाट जोड्न यसखाले प्रस्तुतिको ठूलो भूमिका रहने बताँउछन् ।

‘मलाई मात्र यस्तो महसुस भएको पक्कै पनि होइन । उहाँको प्रस्तुति सुनेका कैयौं दिनसम्म पनि कानमा उहाँ एकोहोरो गुञ्जिरहनुहुन्छ,’ उनी भन्छन् ।

अमृतले गाउञ्जेल हलमा ताली मात्रै सुनिएन, उनको स्वरमाथि आफ्नो स्वर खाप्दै दर्शकहरुले मनोरञ्जन लिए । शब्द, स्वर र संगीतको मुर्छनाले दर्शकलाई ध्यान अन्त मोड्नै दिएन । संगीतले लोलाएका दर्शकहरुले ध्यानमग्न भएर नाच्दै मजा लिए ।

प्रस्तुतिको बीचबीचमा अमृतले दर्शकहरुलाई गाउँघर सम्झाए । नरनाता, खेतखलियान, भीरपाखा, गामबेंसी, मेलापात, रोधी-मादल आदि अनेक थोक सम्झाँउदै र बेलाबेला मातृभुमि जान समेत आग्रह गरे । समग्रमा भनौं उनले देश सम्झाए ।



अमृत थप्थे, ‘पढ्न नपाएका बच्चा र उपचार पर्खिरहेका रोगीहरुलाई गच्छेअनुसार आफ्नो कमाइको थोरै भएपनि भाग छुट्याउनुहोस है ।’ आज्ञाकारी बच्चा झैं हरेक दर्शकले एकै स्वरमा भन्थे, ‘हुन्छ ।’

भीडमा नाचिरहेका एक दर्शक वेद बस्नेत नेपथ्यलाई नेपाली डायस्पोराका लागि अनौपचारिक सांस्कृतिक दूत ठान्छन् । पछिल्लो पाँच वर्षमा दोस्रोपटक नेपथ्यका कन्सर्ट हेरेका बस्नेत भन्छन्, ‘यो ब्यान्डले लामो भविष्यसम्म नेपाली मनोरञ्जन जगतमा प्रभाव कायम राख्नेछ ।’

तीन दशकअघि स्थापित नेपथ्य बितेको १८ वर्षमा संसारका १८ वटा देशमा पुगिसकेको छ । नेपथ्यको इभेन्ट म्यानेजमेन्ट गर्ने संस्था नेपालयका निर्देशक अर्पण शर्माका अनुसार यस बीचमा विश्वका ४४ सहरमा ८५ वटा कन्सर्ट नेपथ्यले गरिसकेको छ । पश्चिम एसियका खाडी मुलुकदेखि युरोप, अमेरिका र अस्ट्रेलियाका हरेकजसो नाम चलेका सहरमा नेपाली संगीत स्वाद लिएर पुगेको छ ।



नेपथ्यका गीतबारे अर्पण भन्छन्, ‘नेपथ्यका प्रस्तुतlमा ठेट नेपाली शब्द र संगीतमा थोरै आधुनिकता मिसाइएको हुनाले हजुरबुबादेखि नातिसम्मको पुस्ताले सुन्ने गरेको हो ।’

लोकरक बान्कीमा गाइएका गीतका कारण नेपथ्य नेपालभित्र र नेपाल बाहिरको नेपाली समाजमा सर्वाधिक रुचाइएको सांगीतिक ब्यान्ड बन्न सफल भएको हो । संगीतको माध्यमबाट लोकप्रियता हासिल गर्नु अलग कुरा भयो, नेपथ्यले त्यसका अतिरिक्त बलियो सामाजिक पहिचान समेत बनाएको छ ।

विशेषगरी द्वन्द्वले थिलथिलो बनाएको समाजलाई शान्ति र शीतलता महसुस गराउन नेपथ्यले चलाएको अभियानलाई मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ । ‘हामी प्रस्तुतिको गुणस्तर खस्किन दिंदैनौं,’ अर्पण भन्छन्, ‘दर्शकको नेपथ्यप्रतिको रुचि र माया बढिरहनुको खास कारण यही हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गदै पारित गरेको हो । चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन हुनेगरी सो सम्बन्धी कानुन परिमार्जन गर्न लागिएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री सिन्हाले चलचित्र सम्बन्धि प्रचलित कानुनलाई परिमार्जनका लागि सांसदहरूले गरेका विमर्शले सिंगै देशको चाहनालाई प्रतिबिम्बित ...
— साहसिक जलयात्राका लागि विश्वकै उत्कृष्ट नदीनालामध्ये सातौं स्थानमा सूचीकृत भोटेकोशी र सुनकोशी नदी क्षेत्रमा हिउँदयाममै पर्यटकको चहलपहल लागेको छ। सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाकाअनुसार यहाँ कठ्याग्रिदो चिसोका बाबजुद नदीमा र्‍याफ्टिङ गर्ने आन्तरिक तथा विदेशी पर्यटक तानिएका छन् । बिहानदेखि नदीको छालसँग लुकामारी खेल्दै अघि बढ्ने र्‍याफबोट र साँझ अरनिको राजमार्गसँगै देखिने टेन्ट ...
। ‘धुरन्धर’ का फ्यानका लागि खुसीको खबर छ ! यो फिल्मको दोस्रो भागको टिजर छिट्टै सार्वजनिक गरिने भएको छ । यससँगै फिल्मको शीर्षक पनि तय भएको बलिउड संचारमाध्यमले जनाएका छन् । सोमबार ‘धुरन्धर २’ को टिजर सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनमा पठाइएको थियो । यो टिजर १ मिनेटभन्दा लामो छ । बलिउड हंगामाको रिपोर्ट अनुसार, फिल्मको ...
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम