मुख्य समाचार
जापनिज इन्सेफ्लाइटिस रोगको जोखिममा पर्सा जिल्ला
जापनिज इन्सेफ्लाइटिस रोगको जोखिममा पर्सा जिल्ला

: पर्सामा जापनिज इन्सेफ्लाइटिस रोगबाट एक जना युवकको मृत्यु भएको छ। पर्सामा यस वर्ष हालसम्म २ जनामा यो रोगका बिरामी भेटिएकोमा तीमध्ये १ जनाको उपचारका क्रममा मृत्यु भएको र १ जना उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए।


मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपाालिका-१ बजार छपकैयाका ३० वर्षीय युवक रहेका छन्। गत भदौ ८ गते जापनिज इन्सेफ्लाइटिस रोगको संक्रमण पुष्टि भएका ती युवकको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा ५ दिन पहिले मृत्यु भएको ठाकुरले जानकारी दिए।

गत भदौ ५ गते संक्रमण पुष्टि भएकी पर्साकै पटेर्वासुगौली गाँउपालिका-३ की तीन वर्षिया बालिकाको भने हाल वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको ठाकुरले बताए।


पर्सा जिल्लामा गत वर्ष पनि जापनिज इन्सेफ्लाइटिसका २ जना बिरामी भेटिएका थिए। ठाकुरका अनुसार गत वर्ष पर्साको वीरगन्ज महानगरपालिका-२८ र जिराभवानी गाउँपालिका वडा नम्बर ५ मा गरी २ जनामा पनि जापनिज इन्सेफ्लाइटिसको संक्रमण भेटिएको थियो। उनीहरू दुवै जना उपचारपश्चात निको भएका थिए।

देशभरि यस वर्ष हालसम्म पनि जापनिज इन्सेफ्लाइटिसका ३३ जना बिरामी भेटिएका छन्। तीमध्ये सबैभन्दा बढी कैलाली जिल्लामा ६ जना छन्। त्यस्तै झापा जिल्लामा ३ जना उक्त रोगको बिरामी भेटिएको ठाकुरले बताए।

यस वर्ष देशभर हालसम्म पर्सासहित २२ जिल्लामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिएको पनि उनले बताए। दुई वर्षदेखि लगातार बिरामी भेटिइरहेकाले यो रोगको जोखिममा पर्सा जिल्ला पनि रहेको उनले बताए।

जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार जापनिज इन्सेफ्लाइटिस रोग मुख्य गरेर धान खेती बढी हुने ठाउँ तथा सुंगुर, बंगुर र हाँस पालन गर्ने समुदायमा बढी देखिन्छ। यो रोग जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्छ। तर, १५ वर्षमुनिका बालबालिकामा बढी लाग्ने सम्भावना हुन्छ।

जापनिज इन्सेफ्लाइटिस क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट हुने किटजन्य रोग हो। यो रोग भाइरसको संक्रमणबाट हुन्छ। यो रोगको भाइरसबाट संक्रमित सुंगुर,बंगुर र हाँसलाई टोकेपछि उक्त लामखुट्टे संक्रमित हुने र संक्रमित उक्त लामखुट्टेले मानिसलाई टोकेपछि उक्त मानिस संक्रमित हुन्छ। यो रोग मानिसबाट मानिसमा भने सर्दैन।

जापनिज इन्सेफ्लाइटिस रोगका लक्षणहरू एक्कासी उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, वाकवाकी लाग्ने, घाँटी अर्रो हुने, शरीर काम्ने, बेहोस हुने, पक्षघात हुने लगायतका रहेको ठाकुरले बताए। लक्षण देखिएका बिरामीको समयमै उचित उपचार नपाएमा मृत्यु हुने गरेको उनले बताए। ठाकुरका अनुसार जापनिज इन्सेफ्लाइटिस रोगको संक्रमण भएका १०० बिरामीमध्ये २५ देखि ३० जनाको मृत्यु हुने गरेको छ।

यो रोग लाग्नुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा प्रभावकारी उपाय रहेको ठाकुरले बताए। त्यसका लागि सुंगुर, बंगुर र हाँस घरभन्दा टाढाको स्थानमा खोर बनाएर पाल्ने, सुत्दा झुल टाँगेर सुत्ने, साँझ र बिहान सकेसम्म खेतबारीमा नजानेजस्ता उपाय अपनाउनु पर्ने ठाकुरले बताए। यो रोगको जोखिममा पर्सा जिल्ला पनि रहेकाले त्यसैलाई मध्यनजर गरेर स्वास्थ्य कार्यालय पर्साले जिल्लाका १४ वटै पालिकामा पालिकासँग समन्वय गरी सर्च एण्ड डिस्ट्रोय अभियान चलाइरहेको पनि जनस्वास्थ्य अधिकृत ठाकुरले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसीमा थप गर्नुपर्ने भन्दै निर्वाचन आयोगमाथि दबाब बढेको छ । माघ ६ मा तोकिएको मनोनयनका लागि समय अभाव हुनुका साथै नेपाली कांग्रेससमेत विवादमा रहेकाले सार्नुपर्ने भन्दै दबाब आएको निर्वाचन आयाेगका एक पदाधिकारीले बताए । आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेर म‌ंगलबार नै सुनुवाइको पहिलाे ...
— गर्भावस्थामा पारासिटामोलको प्रयोग सुरक्षित रहेको नयाँ अध्ययनले देखाएको छ । यसको प्रयोग गर्दा बच्चामा अटिजम वा विकास अवरोधजस्ता समस्या देखिने कुनै आधार पनि नरहेको यसले जनाएको छ । यसअघि गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारा सिटामोल स्वास्थ्यका लागि प्रतिकुल रहेकाले यसको प्रयोग गर्न आग्रह गरेका थिए । तत्कालै स्वास्थ्य संस्थाहरुदले उनको अभिव्यक्तीको आलोचना ...
— कांग्रेस सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा रहेको बताएका छन् । सभापति थापाले शनिबार बोलाइएको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीमा देखिएका विमति तत्काल अन्त्य गर्नुपर्ने बताए । 'पार्टीका सबै साथीहरू एक ठाउँमा जम्मा ...
— नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमले आइतबार राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने भएका छन् । बर्दिया क्षेत्र नम्बर १ मा नेकपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुने भएपछि उनले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिन लागेका हुन् । गुलरियामा शनिबार बिहान राष्ट्रियसभा सदस्य भएर प्रतिनिधिसभाको उम्मेदवार हुन नपाउने भएकाले राजीनामा दिन लागेको बताए। बर्दिया क्षेत्र नम्बर १ बाट २०४८ ...
— मधुवन नगरपालिका–४ स्थित सडक खण्डमा ओरालीबाट ढोढरीतर्फ आउँदै गरेको ईभी गाडी र विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । बा प्र ०१–०३२च ७५५३ नम्बरको इभी गाडी विपरीत दिशातर्फ जाँदै गरेको भे ११ प १९२३ नम्बरको मोटरसाइकल शुक्रबार राति करिब ९ बजे एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । मोटरसाइकल ...