मुख्य समाचार
एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी
एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी

: राजधानीमा जारी एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी भएको छ।


एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा विभागीय टोली एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

एपीएफका लागि सविता राना मगरले पहिलो हाफको इन्जुरी समयमा र गीता रानाले खेलको ६७ औं मिनेटमा गोल गरेकी थिइन् भने आर्मीका लागि एकमात्र गोल विमला चौधरीले खेलको ५६ औं मिनेटमा गरेकी थिइन्।


जारी लिगमा एपीएफको यो पहिलो जित हो। पहिलो खेलमा एपीएफ पुलिस क्लबसँग बराबरीमा रोकिएको थियो। आर्मीले भने यसअघि संकटा क्लबलाई पराजित गरेको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...