मुख्य समाचार
साउदीमा एनआरएनको तीज कार्यक्रम सम्पन्न
साउदीमा एनआरएनको तीज कार्यक्रम सम्पन्न

: साउदी अरेबियामा एनआरएन साउदीले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। ६ सेप्टेम्बर २०२४ का दिन भएको कार्यक्रममा पानसमा बत्ती बाली राष्ट्रिय गानबाट सुचारु गरिएको थियो भने आयोजकले कार्यक्रममा उपस्थिति सबैलाई स्वागत मन्तव्यसहित हरितालिका तीजको शुभकामना दिएको थियो।


कार्यक्रममा अध्यक्ष रबिना अर्यालले नेपाली महिलाहरूको पर्व तीजलाई साउदीमा नेपालकै अनुभूति हुने गरि भव्य बनाउनका लागि उपस्थित सबैलाई धन्यवाद दिएकी थिइन् भने संस्थाका पूर्व अग्रजहरूको उपस्थितले थप हौसला मिलेको र आगामी दिनमा संस्थालाई सबैसँग सहकार्य गरि थप बलियो बनाउँदै लैजाने भन्दै तीजको शुभकामना व्यक्त गरिन।

कार्यक्रममा रियाद दूतावास ,तथा साउदीमा रहेका विभिन्न संस्थाका प्रतिनिधि तथा नेपाली दिदी बहिनी लगायत अन्यको बाक्लो उपस्थिति रहेको थियो भने रियाद दूतावासका श्रम सहचारी देवेन्द्र कार्की लगायत संस्थाका प्रतिनिधिले तीजको शुभकामना तथा कार्यक्रम ऐतिहासिक भएको भन्दै बधाई दिएका थिए।


कार्यक्रममा गायिका प्रीती आले ले तीजको लरि लै , सोल्टी राजाको तुम्लेट, नयाँ साथी ,नानीको कहाँ पर्यो घर, फुल्लो बाबरी, दुनियालाई,खरि झर्यो ,जस्ता गीतबाट दर्शकहरू लाई मनोरन्जन दिइएकी थिइन। तीजको रहर आयो बरि लै गीतमा सामूहिक रूपमा नृत्य गर्नुको साथै आइन आमा यो तीजमा, तीजको रहर आयो बरि लै, रमाइलो गरौं सँगी हो तीजको लहर, चिटिक्कै भाकी छौ रे, खाउँकी की नखाउँ दर कोसेली, कोही छैन सँग सँगै घुम्न, हङकङको साडीले हरिया हरिया जस्ता रिमिक्स तीजका विभिन्न गीतहरूमा उपस्थित दिदी बहिनीहरूले कम्मर मर्काएर नाच्दै रमाइलो गरेका थिए।

स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो भने कार्यक्रममा गायिका आलेलाई एनआरएन तथा विभिन्न संस्थाले स्वागत तथा सम्मान समेत गरेका थिए। कार्यक्रम तीजको उपलक्ष्यमा दर स्वरूप विभिन्न किसिमका परिकारहरूको व्यवस्था गराइएको थियो। कार्यक्रममा प्रवेश शुल्क समेत निःशुल्क रहेको थियो भने गायिका प्रीती आलेको सम्पूर्ण खर्च अध्यक्ष रबिना अर्यालको व्यक्तिगत रूपमा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको द न्यूज हिमाचलले उल्लेख गरेको छ। मृतकहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ का रहेको गाउँपालिका अध्यक्ष भरत गिरिले अन्नपूर्ण पोस्टसँग बताए। द न्यूज हिमाचलका ...
— उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ । एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको ...
: संयुक्त अरब इमिरेट्स ‘युएई’स्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेलको जिम्मेवारी खोसिएको छ। युएईमा बस्ने नेपालीहरू तथा श्रमिकहरूले दूतावासमा पठाएको उजुरीको विषयमा श्रम काउन्सिलर पौडेलले काम नै नगरी सिष्टममा पूरा गरिएको बनाएका थिए। परराष्ट मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दीपेन्द्र पौडेललाई फिर्ता बोलाइएको जानकारी दिए। उनी भन्छन्, 'उहाँलाई परराष्ट्र मन्त्रालयको सरुवा निर्देशिका बमोजिम सरुवा ...
— बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेका ...
: वुडसाइडका पुराना बासिन्दा एवं प्रतिष्ठित सामाजिक अभियन्ता सोमनाथ घिमिरेले न्यूयोर्क राज्य सभाको डिस्ट्रिक्ट ३० का लागि उम्मेदवारी घोषणा गरेका छन् । उनका मुख्य एजेन्डाहरूमा सुलभ आवास, गुणस्तरीय सार्वजनिक शिक्षा, श्रमिक हकहितको संरक्षण, र डिस्ट्रिक्ट ३० का सबै बासिन्दाहरूको समावेशी प्रतिनिधित्व रहेको उल्लेख छ। उम्मेदवारी घोषणा गर्दै घिमिरेले भने, "क्विन्स एउटा यस्तो ठाउँ हो जहाँ हरेक ...