मुख्य समाचार
सीमा क्षेत्रबाट १२० किलो गाँजा बरामद
सीमा क्षेत्रबाट १२० किलो गाँजा बरामद

: नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत धनपालथान गाउँपालिका–१ र जहदा गाउँपालिकाको सिमानाबाट सशस्त्र प्रहरीले ठूलो परिणाममा लागूऔषध गाँजा बरामद गरेको छ।


भारत लैजाँदै गर्दा सशस्त्रले शुक्रबार राति ८:३० बजेतिर लगभग सवा क्विन्टल गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्काका अनुसार १ सय २० किलोग्राम गाँजा बरामद भएको छ। को २ ह ४०४१ नम्बरको अटो टेम्पोमा राखेर भारत कटाउन लागिएको अवस्थामा गाँजा फेला परेको उनले बताए।

उनका अनुसार गाँजा प्लाष्टिकको ३ वटा बोरामा प्याक गरिएको थियो। सशस्त्र प्रहरीको बीओपी (बोर्डर आउट पोस्ट) नोचाबाट खटिएको टोलीले अटोलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो।


खानतलासी गर्दा गाँजा फेला परेसँगै अटो चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का २६ वर्षीय दिनेश राईलाई पक्राउ गरिएको एसपी खड्काले बताए। अटो चालक राई पक्राउ परे पनि अटोमा सवार रहेका अर्का १ जना फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

बरामद भएको गाँजा, नियन्त्रणमा लिएको अटो र पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीको जिम्मा लगाइएको सशस्त्रले जानकारी दिएको छ। रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले यस विषयमा थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले असल छिमेक सम्बन्ध कायम राख्न चाहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा उठाउने एजेण्डाबारे संसदलाई सोमबार जानकारी दिदै प्रधानमन्त्री ओलीले छिमेकी मुलुकहरुबाट असल सम्बन्ध चाहेको बताएका हुन् । ‘नेपाल असल छिमेकीको रुपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ । छुद्र, जाली छिमेकी होइन’, प्रधानमन्त्रीले भने, ‘छिमेकीको अहित चिताउने छिमेकीको रुपमा होइन, छिमेकीको ...
। संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रकम गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको छ । साथै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रलचित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा समिति सभापति सूर्य थापाले प्रतिवेदन पेश गरेका थिए । लगत्तै सभामुख देवराज घिमिरेले ...
: इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लमको १४९९ औँ जन्मोत्सव (मोहम्मद जयन्ती) मुलुकभरका साथै भैरहवा पनि हर्षोल्लासका साथ मनाइँदैछ। भैरहवा क्षेत्रवासीले मुलुकको सम्वृद्धिको कामना गर्दै मोहम्मद जयन्ती हर्षोल्लासका साथ मनाइरहेका छन्। जयन्तीको अवसरमा यस क्षेत्रमा सोमबार विशाल र्‍याली निकालिएको छ। मुस्लिम समुदायको विभिन्न संघसंस्था, मदरसा, मस्जिद लगायतको आयोजनामा मिलन चोकबाट सुरु भएको र्‍याली नारायण पथ, ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले स्याउ नबिकेर जुम्लाका किसान समस्यामा परेको बताए । जुम्लाको स्याउ ७० रुपैयाँ किलोमा पनि नबिक्ने गरेको बताए । आफूले सभामुख देवराज घिमिरेलाई दुई वटा स्याउ दिएको उनले सुनाए । दुई वटामध्ये एउटा ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको दावी गरेका छन्। सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रतिवेदनको पूर्णस्वरुप हेर्न नपाए पनि सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको छानविन समितिले स्पष्ट पारेको बताए। गोर्खा मिडियामा लगानीकर्ताले ल्याएको स्रोत हेर्ने काम आफ्नो नभएको भन्दै उनले संस्थामा ...