मुख्य समाचार
भारतसँगको समस्या सहजै समाधान गर्न सकिन्छ, सत्ता टिकाउनका लागि मुख बन्द राख्दैनौं : प्रधानमन्त्री
भारतसँगको समस्या सहजै समाधान गर्न सकिन्छ, सत्ता टिकाउनका लागि मुख बन्द राख्दैनौं : प्रधानमन्त्री

: प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल-भारतबीचका समस्या सहजै समाधान गर्न सकिने बताएका छन्।

जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल-भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल-भारतबीचमा धेरै नभए पनि केही समस्याहरू रहेको र तिनको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबीचको सहमतिमा प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) गठन गरिएको स्मरण गरे।

'इपिजीको प्रतिवेदन बुझ्ने-बुझाउने मौका अहिलेसम्म मिलेको छैन। नेपाली पक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन। भारतीय पक्षको पनि प्रतिवेदन बुझ्न अब समय मिल्ला भन्ने लागेको छ। प्रतिवेदन बुझेपछि दुवै मुलुकका बीचमा थाँती रहेका विषयमा छलफल गर्न सहज हुन्छ,' प्रधानमन्त्री ओलीले भने, 'भारत लामो संस्कृति भएको छिमेकी मित्र हो। हामीले खुलारूपमा छिमेकीसँग कुरा गर्नुपर्छ। खुला कुरा राख्न नसकेर भूराजनीतिको टाउकामा दोष थोपर्न मिल्दैन। सत्ता प्राप्त गर्न र टिकाउन जे पनि गर्ने र मुख बन्द गर्ने वा टाउको हल्लाउने काम हामीले गर्नु हुँदैन।'


भूराजनीति शब्दलाई आफ्ना स्वार्थी कामको ढाकछोप गर्न वा कायरपन प्रदर्शनका लागि प्रयोग गर्न नहुने तर्क राख्दै प्रधानमन्त्री ओलीले विदेशमा बसेर आफ्नो देशका प्रमुखलाई विरोध संस्कृति नेपाली संस्कृति नभएको स्पष्ट गरे। 'पहिला पहिलाका वैदेशिक सम्बन्धहरू बल हुनेले जसरी मिच्न सक्छ, त्यसैका आधारमा हुन्थ्यो। दोस्रो विश्वयुद्धपछि अनेक अन्तर्राष्ट्रिय सन्धि सम्झौताअनुसार रहेर कुनै पनि देशले आफ्ना राष्ट्रिय हितलाई तर्कपूर्ण र न्यायोचितरूपमा प्रस्तुत गर्नुपर्छ। साझा स्रोतमा काम गर्दा एकपक्षीयरूपमा काम गर्नु हुँदैन। दुवै पक्षको सहमति र छलफलका आधरमा गरिनुपर्छ।' सरकारले सुशासन, देश र जनतालाई केन्द्रमा राखेर सोचिरहेको बताउँदै उनले लोकतन्त्रका नाममा अराजकता हुन नहुने भनाइ राखे।

संयुक्त राष्ट्रसंघको मर्म र विभिन्न देशमा भएका अभ्यासको अध्ययनका आधारमा उपाध्यायले पुस्तक तयार गरेर बौद्धिक योगदान दिएको बताउँदै प्रधाामन्त्री ओलीले पुस्तकमा अन्तर्राष्ट्रिय मान्यतासहितको न्यायोचित राष्ट्रवाद प्रकट भएको र यसका आधारमा थप बहस गर्न सकिने बताए।

पुस्तकमाथि समीक्षा गर्दै संविधानविद् डा. विपिन अधिकारीले नेपालको जलसम्पदाको सही उपयोग गर्ने गरी छिमेकी मुलुकसँग संवाद गर्न सक्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले असल छिमेक सम्बन्ध कायम राख्न चाहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा उठाउने एजेण्डाबारे संसदलाई सोमबार जानकारी दिदै प्रधानमन्त्री ओलीले छिमेकी मुलुकहरुबाट असल सम्बन्ध चाहेको बताएका हुन् । ‘नेपाल असल छिमेकीको रुपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ । छुद्र, जाली छिमेकी होइन’, प्रधानमन्त्रीले भने, ‘छिमेकीको अहित चिताउने छिमेकीको रुपमा होइन, छिमेकीको ...
। संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रकम गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको छ । साथै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रलचित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा समिति सभापति सूर्य थापाले प्रतिवेदन पेश गरेका थिए । लगत्तै सभामुख देवराज घिमिरेले ...
: इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लमको १४९९ औँ जन्मोत्सव (मोहम्मद जयन्ती) मुलुकभरका साथै भैरहवा पनि हर्षोल्लासका साथ मनाइँदैछ। भैरहवा क्षेत्रवासीले मुलुकको सम्वृद्धिको कामना गर्दै मोहम्मद जयन्ती हर्षोल्लासका साथ मनाइरहेका छन्। जयन्तीको अवसरमा यस क्षेत्रमा सोमबार विशाल र्‍याली निकालिएको छ। मुस्लिम समुदायको विभिन्न संघसंस्था, मदरसा, मस्जिद लगायतको आयोजनामा मिलन चोकबाट सुरु भएको र्‍याली नारायण पथ, ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले स्याउ नबिकेर जुम्लाका किसान समस्यामा परेको बताए । जुम्लाको स्याउ ७० रुपैयाँ किलोमा पनि नबिक्ने गरेको बताए । आफूले सभामुख देवराज घिमिरेलाई दुई वटा स्याउ दिएको उनले सुनाए । दुई वटामध्ये एउटा ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको दावी गरेका छन्। सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रतिवेदनको पूर्णस्वरुप हेर्न नपाए पनि सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको छानविन समितिले स्पष्ट पारेको बताए। गोर्खा मिडियामा लगानीकर्ताले ल्याएको स्रोत हेर्ने काम आफ्नो नभएको भन्दै उनले संस्थामा ...