मुख्य समाचार
निजामती सेवा विधेयक पारित गर्ने समय आएको छ : प्रधानमन्त्री ओली
निजामती सेवा विधेयक पारित गर्ने समय आएको छ : प्रधानमन्त्री ओली

। प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा ऐन चाँडै संसदबाट पारित गर्ने प्रतिवद्धता जनाएका छन् ।

शनिबार काठमाडौंमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजामती सेवा ऐन पारित गर्ने समय आएको बताए ।


‘हामी अब निजामती सेवा विधेयकलाई ऐनको रुप दिन्छौँ । विधेयक पारित गरेर अघि बढ्छौँ । त्यो संसदमा पेश गरेको अलिक समय भयो होला । तर अब समय आयो भन्ठान्छु म । थुप्रै कुराका लागि समय बलवान हुन्छ नि, अब समय आएको छ’, उनले भने ।

अहिले दुई ठूला पार्टी मिलेर सरकार बनाएकाले ऐन कानुन बनाउनका लागि संसदमा पनि सहज बहुमत रहेको प्रधानमन्त्री ओलीले बताए ।



‘अहिले सरकारलाई धेरै अफ्ठ्यारो छैन । किनभने सहज बहुमत सरकारसँग छ । यो धेरै तानतुनको होइन, दुई वटा पार्टीको सरकार छ । दुई वटा रेस्पोन्सिबल पार्टीहरुको सरकार छ । देशका लागि लडेका, लोकतन्त्रको लागि लडेका पार्टीहरुको नै सरकार छ । त्यसो भएर त्यति अफ्ठ्यारो छैन संख्याको हिसाबले’ उनले भने ।

तर आफूहरु बहुमतको बलमा मात्र पारित गर्ने नभई सकेसम्म सहमति गर्ने पक्षमा रहेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौं उपत्यकामा बसोबास गर्ने मगर समुदायले मंगलबार विशेष उत्सवका रूपमा माघे संक्रान्ति मनाएको छ । उनीहरूले टुँडिखेलमा सामूहिक रूपमा आफ्नो परम्परा एवं संस्कृतिलाई निरन्तरता दिँदै संक्रान्ति मनाएका हुन् । भृकुटीमण्डपमा भेला भई मगर पोसाकमा विभिन्न झाँकीसहित उनीहरू टुँडिखेल पुगेका थिए । मगरहरूले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । मगर समुदायले माघे संक्रान्ति पर्वलाई मरेका ...
— थारू समुदायले आज देशभर माघी पर्व मनाइरहेका छन् । काठमाडौंमा पनि माघीको रौनक देखिएको छ । काठमाडौंको वसन्तपुरमा जम्मा भएर नाचगानसहितको झाँकी टुँडिखेल पुगेको थियो । थारू समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाएका छन् । टुँडिखेलमा आयोजित माघी महोत्सवमा २०८१ मा यस वर्ष थारू खानपिन/परिकार, प्रदर्शनी एवं बिक्री, ...
। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घले जातिलाई आदिवासीमा सूचीकृत गर्न आवश्यक रहेको बताएकी छन् । लिःल फङ्ग (घले) समाज चितवनले ल्होसरको अवसरमा गरेको शुभकामना कार्यक्रममा उनले घले समुदायलाई सूचीकृत गर्न भरतपुर महानगरपालिका सकारात्मक रहेको बताएकी हुन् । भरतपुर महानगर सबै जात–जाति, समुदाय, क्षेत्र, वर्ग, संस्कृतिलाई समान व्यवहार गर्दै हातेमालो गर्दै अघि बढिरहेको उनको भनाइ थियो ...
। मधेश केन्द्रित राजनीतिक दलहरूको बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल अनुपस्थित भएको छ । मंगलबार धुम्बाराहीमा जारी बैठकमा जसपा नेपालका नेताहरु सहभागी नभएका हुन् । बैठकमा सहभागी एक नेताले जसपा नेपालको तर्फबाट कुनै पनि नेता उपस्थित नभएको जानकारी गराए । मधेश केन्द्रीत मोर्चा गठन गर्ने प्रयास स्वरुप कार्यदलको पहिलो बैठक आज बोलाइएको थियो । बैठकमा ...
: गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले मगर भाषा र गुरुङ भाषालाई पनि सरकारी कामकाजको भाषा बनाइने बताएका छन्। स्याङ्जा सदरमुकाममा आयोजित मगर तथा गुरुङ भाषालाई सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामाथि स्थानीय सरोकारवालाको सुझाव संकलनपछि बोल्दै मन्त्री थापाले संविधानको भावना र प्रदेशवासीका चाहना बमोजिम प्रक्रिया ...