मुख्य समाचार
पलेशा गोवर्द्धनलाई ५ लाख रुपैयाँसहित कांग्रेसले गर्‍यो सम्मान
पलेशा गोवर्द्धनलाई ५ लाख रुपैयाँसहित कांग्रेसले गर्‍यो सम्मान

: नेपाली कांग्रेसले पेरिस पारालम्पिकमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई नगदसहित सम्मान गरेको छ। आइतबार कांग्रेसको खेलकुद विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवासहित पदाधिकारीले कास्य पदक विजेता पलेसासहित टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गरेका हुन्।

कांग्रेसले ऐतिहासिक पदक विजेता पलेशालाई नगद ५ लाख रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको छ भने प्रशिक्षक कविराज नेगि लामालाई १ लाख ५० हजार प्रदान गरिएको छ। यसैगरी, प्रतियोगितामा सहभागी भएका अर्का खेलाडी भरत सिंह महताले नगद ५० हजार प्रदान गरिएको थियो।

त्यस्तै टिम म्यानेजर रामप्रसाद श्रेष्ठ र तेक्वान्दो संघलाई कदरपत्र प्रदान गरिएको छ।


कार्यक्रममा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई स्वदेशमा टिकाउन र आत्मनिर्भर बनाउनका लागि सरकार गम्भीर रहेको बताए। उनले खेल क्षेत्रमा रहेका व्यक्तिहरुको परिवार समेत मध्यनजर गरि उनीहरुको रोजगारको उपयुक्त व्यवस्था हुनुपर्नेमा जोड दिए।

पलेशाले पारा पारालिम्पिकमा के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामो सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन्। पारालिम्पिकमा पदक जित्ने पलेशा पहिलो नेपाली खेलाडी हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...