मुख्य समाचार
टेलरले रचेको इतिहास
टेलरले रचेको इतिहास

: टेलर फ्रिज १५ वर्षपछि ग्रान्डस्लामको एकल प्रतिस्पर्धामा फाइनलमा पुग्ने पहिलो अमेरिकी खेलाडी बनेका छन्। अमेरिकी (यूएस) ओपनको पुरुष एकलको सेमिफाइनलमा आफ्नै देशका फ्रान्सिस टियाफोलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।

निकै प्रतिस्पर्धात्मक खेलमा टेलरले ४–६, ७–५,४–६, ६–४, ६–१ को जित निकाल्दै इटालीका जानिक सिनरसँगको उपाधि भिडन्त पक्का गरेका हुन्। जानिक पछिल्लो समय विश्व नम्बर एक छन्। १२औं वरीयताका टेलर भने क्वार्टरफाइनलभन्दा अघि बढ्न सकेका छैनन्। सन् २००३ मा एन्डी रोडिकले उपाधि जितेयता यूएस ओपनको फाइनलमा पहिलो अमेरिकी खेलाडी पुगेका हुन्। सन् २००३ मा रोडिकले यूएस ओपनको उपाधि जितेका थिए। सन् २००६ को यूएस ओपन र २००९ को विम्बल्डनको फाइनलमा पुग्ने अमेरिकी खेलाडी पनि रोडिक नै हुन्। त्यसयता कोही पनि अमेरिकी खेलाडीले ग्रान्डस्लामको फाइनलमा स्थान बनाउन सकेका थिएनन्।

फ्रान्सिस टियाफोलाई पराजित गरेपछि टेलरले सेमिफाइनल भिडन्त निकै रोचक र प्रतिस्पर्धात्मक भएको बताए। ‘मैले सुरुदेखि नै उनको दबाब झेल्नु प¥यो। लगातारको दबाबले म केही समय विचलित पनि भएको थिएँ’, २६ वर्षीय टेलरले भने, ‘त्यसपछि आफ्नो उत्कृष्ट दिनुपर्छ भनेर लाग्यो र आफूले सकेको प्रयास गरें। मैले यस्तो नगरेको भए सदैव मनमा पश्चाताप रहिरहने थियो।’ फ्रान्सिस टियाफोको भने पछिल्लो दुई वर्षमा लगातार दोस्रो सेमिफाइनल हार हो। सन् २०२२ को यूएस ओपनको सेमिफाइनलमा उनी कार्लोस अल्कारेजसँग पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित