मुख्य समाचार
एन्फा महिला लिगमा कोशी प्रदेशको लगातार तेस्रो जित
एन्फा महिला लिगमा कोशी प्रदेशको लगातार तेस्रो जित

। एन्फा महिला लिग फुटबलमा कोक्की प्रदेशले आइतबार कर्णाली प्रदेशलाई ४-० ले पराजित गरेको छ । जारी लिगमा कोशी प्रदेशको यो लगातार तेस्रो जित हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा कोशीका लागि र्णिमा राईले दुई तथा समिक्षा मगर र प्रतिक्षा राईले एक-एक गोल गरे ।


पुर्णिमाले खेलको ३४औं मिनेटमा गोल गर्दै कोशीलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा एक गोल मात्र गरेको कोशीले दोस्रो हाफमा तीन गोल थप्यो ।

समीक्षाले ६६औं मिनेटमा गोल गर्दै कोशीको अग्रता दोब्बर पारिन् । पुर्णिमाले ७१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् भने प्रतिक्षाले ७४औं मिनेटमा गोल थपिन् ।



लगातार तेस्रो जितबाट ९ अंक जोडेको कोशी शीर्ष स्थानमा आसिन छ ।

कोशीले यसअघि पहिलो खेलमा वालिङ नगरपालिकालाई ४-० ले पराजित गरेको थियो भने दोस्रो बागमती युथ क्लबलाई २-१ ले पराजित गरेको थियो ।

कर्णालीको भने यो दोस्रो हार हो । तीन खेलबाट कर्णालीको १ अंक मात्र छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...