: राजधानीमा जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले दोस्रो जित निकालेको छ।
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै वालिङले लगातार दोस्रो जित निकालेको हो।
वालिङलाई जित दिलाउनका लागि एकमात्र निर्णायक गोल सिसि नानटोङ्गोले खेलको ३९ औं मिनेटमा गरेकी थिइन्। जितसँगै वालिङले दुई खेलबाट ६ अंक जोडेको छ।
संकटा भने अंकविहीन छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ।