मुख्य समाचार
स्पेनले यूईएफए नेसन्स लिगअन्तर्गत लिग ए को समूह चारमा स्विट्जरल्याण्डलाई ४-१ ले पराजित
स्पेनले यूईएफए नेसन्स लिगअन्तर्गत लिग ए को समूह चारमा स्विट्जरल्याण्डलाई ४-१ ले पराजित

। फिबयन रुइजले दुई गोल गरेपछि दश खेलाडीमा समेटिएको स्पेनले यूईएफए नेसन्स लिगअन्तर्गत लिग ए को समूह चारमा स्विट्जरल्याण्डलाई ४-१ ले पराजित गरेको छ ।

स्पेनको जितमा जोसेलु र फेरान टोरेसले पनि एक/एक गोल गरे । नेसन्स लिगमा स्पेनको पहिलो जित हो ।

यसअघि पहिलो खेलमा स्पेनले सर्वियासँग गोलरहित बराबरी खेलेको थियो ।

स्पेनको जितमा खेलको चौथो मिनेटमै जोसेलुले गोल गर्दै अग्तरा दिलाए भने १३औं मिनेटमा रुइजले अग्रता दोब्बर पारे ।

२०औं मिनेटमा स्पेनका डिफेन्डर रोबिन लो नोर्मान्डले रातो कार्ड सामना गर्दै मैदान बाहिरिएपछि दश खेलाडीमा समेटियो ।

त्यसको फाइदा उठाउँदै स्विट्जरल्यान्डका जेकी अमडोनीले ४१औं मिनेटमा गोल गरेर गोल अन्तर कम पारे ।

तर, स्पेनले एक खेलाडी कम हुँदा पनि खासै असर परेन । ७७औं मिनेटमा फाबियन रुइजले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले ३-१ को अग्रता बनायो । त्यसपछि फेरान टोरेसले ८०औं मिनेटमा गोल गर्दै स्पेनको जित सुनिश्चित गरे ।

जितपछि स्पेन दुई खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा छ । अर्को खेलमा सर्वियालाई २-० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको डेनमार्क ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित