मुख्य समाचार
यु-२० एसियन कप छनोटका लागि नेपाली टोली घोषणा
यु-२० एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

। एएफसी यु-२० एसियन कप फुटबलको छनोट खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले घरेलु मैदानमा साफ यु-२० च्याम्पियनसिप खेलेका टोलीमा ६ परिवर्तन गर्दै टोली घोषणा गरेका हुन् ।




साफ यु-२० च्याम्पियनसिपको टिममा रहेका १७ खेलाडी यथावत छन् भने विशाल केसी, मदन पौडेल, निनसाङ लिम्बु, जनप्रकाश बम, हरिशराजन भट्ट, रोहन खड्गी बाहिरिएका छन् । अमित टमाटा, निर्मल बल र दीपक थापा मगर, मिडफिल्डर प्रशान्त लक्सम तथा फरवार्ड धनसिंह विक र निमा वाङ्देल तामाङ टिममा परेका छन् ।

नेपाल एएफसी यु-२० एसियन कप छनोटको समूह बी मा छ । यस समूहमा नेपालसहित उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया छन् ।



नेपालले पहिलो खेल कम्बोडियासँग सेप्टेम्बर २१ मा खेल्नेछ । यस्तै चाइनिज ताइपेईसँग सेप्टेम्बर २३ मा, उज्वेकिसत्नसँग सेप्टेम्बर २५ र बहराइनसँग सेप्टेम्बर २७ मा खेल्नेछ ।

नेपाली टोली:

गोलकिपर : अमित टमाटा, जियारत सेख, कृशल मोक्तान

डिफेण्डर : आयुष तिम्सिना, अस्वीन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, राम थापा, सविन घिमेरे, सीमान्त थापा, दीपक थापा मगर

मिडफिल्डर : अविनाश स्याङ्तान, कुशल देउवा, लक्ष थापा, सरोज दर्लामी, प्रशान्त लक्सम

फरवार्ड : अनिल बम्जन, धन सिंह विक, धर्बेन्द्र कुँवर, निमा वाङ्देल तामाङ, निरज कार्की, समीर तामाङ, निराजन धामी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित