मुख्य समाचार
मलेसिया र कुवेत टी–२० विश्वकप एसिया इएपी फाइनलमा, हङकङ बाहिरियो
मलेसिया र कुवेत टी–२० विश्वकप एसिया इएपी फाइनलमा, हङकङ बाहिरियो

। मलेसिया र कुवेतले आइसीसी टी–२० विश्वकप एसिया इएपी फाइनल छनोटमा स्थान बनाएका छन् । आइसीसी टी–२० विश्वकप सब रिजनल एसिया क्वालिफायर ए बाट घरेलु टोली मलेसिया शीर्ष र कुवेत दोस्रो स्थानमा रहँदै २०२६ को विश्वकप खेल्नबाट एक कदम टाढा पुगेका हुन् ।

मलेसिया ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ शीर्ष स्थानमा रह्यो । कुवेत ६ खेलमा ४ मा जित, १ मा र १ खेल नतिजा विहीन हुँदा ९ अंकका साथ दोस्रो स्थानमा रह्यो ।




फाइनल छनोटमा पुग्न निर्णायक मानिएको हङकङ र कुवेतबीचको खेल सोमबार खराब मौसमका कारण पूरा हुन सकेन । १४० रनको लक्ष्य पछ्याएको कुवेत ४ ओभरमा ११–२ को अवस्थामा रहँदा खराब मौसमको कारण पुन खेल हुन सकेन । दुबै टोलीले १–१ अंक बाड्दा नेटरनरेटका कारण कुवेत दोस्रो स्थानमा रहँदै छनोट भयो ।

हङकङ ६ खेलमा ४ मा जित र १ मा हार र १ खेलमा नतिजा विहीन बन्दै ९ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । कुवेतको नेटरनरेट ५.०५३ र हङकङको ४.९४५ रह्यो ।



आईसीसी टी–२० विश्वकप एसिया इएपी फाइनल छनोट २०२५ मा हुनेछ । आयोजक देशको टुङ्गो लाग्न बाँकी छ । नेपाल, ओमान र पपुवा न्युगिनी टी–२० विश्वकप २०२४ सहभागी हुँदा सोझै फाइनल छनोटमा स्थान बनाएका थिए ।

ईएपी क्वालिफायर ए बाट समोआ छनोट भएको छ । अव एसिया क्वालिफायर बी बाट दुई र इएपी क्वालिफायर बी बाट १ टोलीले अन्तिम फाइनल छनोटमा स्थान बनाउनेछन् ।

एसिया ईएपी फाइनल छनोटमा नेपालसहित ९ टोलीको सहभागीता रहनेछ । शीर्ष तीन टोलीले २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । इएपी छनोट यस पटक देखि एसिया क्षेत्रमा गाभिएको हो । यसअघि इएपी क्षेत्रबाट पपुवा न्युगिनी छनोट हुँदै विश्वकप खेल्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित